फार्मेसी नै नपढी अनधिकृत औषधि विक्री गर्ने दुईजना पक्राउ
भैरहवा :फार्मेसीमा बसेर अनधिकृत रुपमा औषधि विक्री गर्ने दुईजनालाई जिल्ला अनुगमन समितिले नियन्त्रणमा लिएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३, रानिगाउँबाट बिहीबार संयुक्त जिल्ला अनुगमन समितिले दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा आयशा फार्मेसीमा बसरे औषधि विक्रीवितरण गरिरहेका दीपु केवट र विनायक फार्मेसीमा बसेर औषधी विक्री गर्दै आएका रामहरि आचार्य छन् । दीपुले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कुनै पनि विषय अध्ययन नगरेको र आचार्यले कमर्श पढेर पनि औषधि विक्री गरिरहेको पाइएपछि नियन्त्रणमा लिइएको जिल्ला अनुगमन समिति, रुपन्देहीका संयोजक समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए । आयशा रामनरेश प्रसाद मल्लाह र विनायक तारा भण्डारीको नाममा दर्ता रहेका फार्मेसी…