
एक वोटको
बाह्र हागाहरु
एक बल्ट्याङ
चार चार
बल्ट्याङ खाएको
हागाहरुमा
झुम्रे किरा
झाङिन थाल्यो
रगत बिना
मुतु हुदैन
प्राण बिना
शरीर हुदैन
फुल बिना
वसन्त हुदैन
गृष्म ऋतुमा
पालुवा पलाउदा
विरुवामा
चिरा चिरा पर्न थाल्यो
समग्र इतिहासका
एक आँखा
गुडाउदा
अर्को आँखा
कुडाउदा
हागाहरुले
तन्त्र
मन्त्र
जन्त्र जपि
दु-धन थुपार्ने
घटना
परिघटनाहरुको
वेस कहाँ हो
थाहा छैन
जराको केन्द्र देखि
विरुवाको टुप्पोसम्मले
र्याल चुहाउन
पशुवल निकाली रहन्छ
जरा राम्रो छैन
बिरुवा
हागा
कहाँ राम्रो हुन्छ
जराको केन्द्र देखि
वोटको टुप्पोसम्मले
र्याल चुहाउने
बानी परेपछि
साउजुमाथि
काउजुको
हेर्ने दृष्टिकोण
फरक भइ हाल्छ
चर्चा
परि चर्चा छ
बोटलाइ हान्दा
आफैतिर
बन्चरो फर्केला भनि
थाहा छैन
बोट नै
त्यस्तै
हागा पनि
त्यस्तै
सुल्टोलाइ
उल्टो बनाउने
उल्टोलाइ
सुल्टो बनाउने
गणतन्त्रमा
लेन्दुप दोर्जेहरु
भुँडी ढड्याइ रहेछ ….