जन बिहानी

1495 Posts
राष्ट्रिय उद्योग तथा व्यापार महासङ्घ ५ नं. प्रदेशकाे भेला सम्पन्न

राष्ट्रिय उद्योग तथा व्यापार महासङ्घ ५ नं. प्रदेशकाे भेला सम्पन्न

काठमाडौँ : राष्ट्रिय उद्योग तथा व्यापार महासङ्घ ५ नं. प्रदेशको भएको भेलाले विष्णु रिजाललाई संयोजकमा चयन गरेको छ । राष्ट्रिय उद्योग तथा व्यापार महासङ्घका कार्यालय सदस्य तथा ५ नं. (लुम्बिनी प्रदेश) का इन्चार्ज पिताम्बर पुनको प्रमुख आतिथ्य र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य एवम् ५ नम्बर प्रदेश इन्चार्ज प्रेम सुवेदीको विशेष आतिथ्यमा २६ फागुनमा सम्पन्न भेलाले १५ सदस्यीय प्रदेश भेला आयोजक समिति गठन गरेको हो । प्रदेश समितिका सदस्यहरूमा अशोक थापा, खिलराज खाती, रामकुमारी चौधरी, भक्तबहादुर श्रीस, खुमानन्द भुसाल, कृष्ण राना, गणेश ढकाल, प्रेमबहादुर वली, सरोज राना, टुकलाल पुनलगायत रहेको महासङ्घ केन्द्रीय कार्यालयले जनाएको छ ।
Read More
क्रान्तिकारी महिला संगठन मकवानपुरले मनाए ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

क्रान्तिकारी महिला संगठन मकवानपुरले मनाए ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

मकवानपुर : माेहन वैद्य 'किरण'ले नेतृत्व गरेकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी महिला संगठन नेपालले ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा मनाएको छ । संगठनको जिल्ला संगठन समितिको आयोजनामा शुक्रबार मकवानपुरकाे बकैयामा नारा जुलुस प्रदर्शनसहित विशेष कार्यक्रमको आयोजना गरी ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा सम्पन्न गरेको हो । क्रान्तिकारी महिला संगठन नेपालका केन्द्रीय सहसयोजक अन्जना तामाङको प्रमुख आतिथ्यता र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज गगन खड्कीको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता जिल्ला समिति उपाध्यक्ष खुसी लामा, सञ्चालक विनिताले गर्नुभएको थियो भने स्वागत मन्तव्य संगठनकी जिल्ला सहसचिव सुमित्रा गुरुङले गर्नुभएको थियो…
Read More
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अवसरमा क्रान्तिकारी महिला सङ्गठन प्रदेश ६ को भेला

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अवसरमा क्रान्तिकारी महिला सङ्गठन प्रदेश ६ को भेला

सुर्खेत : मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी महिला सङ्गठन, नेपालले ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ पारेर प्रदेश ६ को एकता भेला सम्पन्न गरेको छ । शुक्रबार सम्पन्न भेलाले लक्ष्मी चौलागाईंको संयोजकत्वमा १९ सदस्यीय प्रदेश समिति निर्वाचित गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रदेश संयोजक हिमालको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले संयोजकमा लक्ष्मी चौलागाई, सहसंयोजकमा कोहिला बिस्ट र सदस्यहरूमा जानकी चन्द, सुमित्रा बस्याल, मिना बिक, हनिफा बेगम, गङ्गा न्यौपाने, बिमला सुनार, शुस्मा लामिछाने, ममता नेपाली, निर्मला धमला, झरना सेर्पाली, लिला ज्ञावाली, रैमाया गुरुङ, ममता गौतम, चन्द्रा रोकाय मगरलगायतलाई निर्वाचित गरेको हो । कार्यक्रममा प्रमुख…
Read More
क्रान्तिकारी महिला संगठन ७ नं.प्रदेशले ११४औं अन्तर्राष्ट्रिय महिला दिवस मनाए भव्य रुपमा

क्रान्तिकारी महिला संगठन ७ नं.प्रदेशले ११४औं अन्तर्राष्ट्रिय महिला दिवस मनाए भव्य रुपमा

लक्ष्मी भट्ट/कैलाली : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी महिला संगठन नेपालले ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस भव्य रुपमा मनाएको छ । संगठनको ७ नं. समितिको आयोजनामा शुक्रबार गोदावरीको अत्तरियामा नारा जुलुस प्रदर्शन सहीत विशेष कार्यक्रमको आयोजना गरी ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस भव्य रुपमा सम्पन्न गरेको हो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सचिवालय सदस्य ७ नं.प्रदेश संयोजक महानको विशेष आतिथ्यता र संगठनको पूर्व केन्द्रीय उपाध्यक्ष पार्वती सिंहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता संगठनकी केन्द्रीय सदस्य मिनाले गर्नुभएको थियो भने स्वागत मन्तव्य संगठनकी प्रदेश सदस्य हरूवाले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन संगठनकी महिला नेतृ जानकीले गर्नु भएको थियो । कार्यक्रममा…
Read More
क्रान्तिकारी महिला संगठनले भव्य रुपमा मनायो ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

क्रान्तिकारी महिला संगठनले भव्य रुपमा मनायो ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

जय दाहाल/काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी महिला संगठन नेपालले ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस भव्य रुपमा मनाएको छ । संगठनको केन्द्रीय समितिको आयोजनामा शुक्रबार पार्टी कार्यालय कुपण्डोलमा विशेष कार्यक्रमको आयोजना गरी ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस भव्य रुपमा सम्पन्न गरेको हो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बरिष्ठ कार्यालय सदस्य सीपी गजुरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता संगठनकी केन्द्रीय संयोजक अम्बिका मुडभरीले गर्नुभएको थियो भने स्वागत मन्तव्य संगठनकी केन्द्रीय सहसंयोजक शारदा महतले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन संगठनकी केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश ३ की संयोजक अनु निरौलाले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि सीपी गजुरेल, अतिथिहरु पार्टीका कार्यालय…
Read More
‘वर्गीय श्रमिक महिलाहरुको एक्यवद्धता आजको आवस्यकता हो’

‘वर्गीय श्रमिक महिलाहरुको एक्यवद्धता आजको आवस्यकता हो’

1857 March 8 मा अमेरिकाको सुती कपडा उधोग कामगर्ने श्रमिक महिलाहरु कामगर्ने घण्टा कम गराउँने समान कामको समान पारिश्रमिकको माग सहित आन्दोलनमा उत्रिए त्यसपश्चात श्रमिकहरु एकताबद्ध हुनथाले र श्रमिकवर्गका हकहित र अधिकार सुनिस्चितताको मागसहित आन्दोलन सुरुगर्न थाले । लेखक : इन्दिरा अधिकारी १९१० मा फिल्याण्डमा पहिलोपटक निर्वाचित तीन महिलासहित १७ देशका प्रतिनिधिहरु लगभग सयजना क्रान्तिकारी समाजवादी महिलाहरु विच अन्तरास्ट्रिय महिला सम्मेलन आयोजना गरियो । त्यही सम्मेलनमा समानताका पक्षपाती विच एक्यवद्धता दिवसको रुपमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक दिवशको रुपमा मनाउन विश्व क्रान्तिकारी आन्दोलनका नेता क्लारा जेट्किन र रोजा लग्जेम्बर्गद्वारा राखिएको प्रस्ताव एकमतले पारित भयो र १९११ देखि विश्वभर महिला हकहित र…
Read More
‘महापतन’ सारमा विप्लवको पनि पतन

‘महापतन’ सारमा विप्लवको पनि पतन

विषयप्रवेश ‘महापतन’ नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लिखित पुस्तकको नाम हो । नेपालीमा प्रायः सकारात्मक कुराका लागि मात्रै ‘महान्’ को प्रयोग गर्ने गरिन्छ, तर, यहाँ यसको प्रयोग नकारात्मक अर्थमा गरिएको छ । अङ्ग्रेजीमा भने ‘ग्रेट’ लाई सकारात्मक नकारात्मक दुवैमा प्रयोग गरिएको पाइन्छ । शीर्षकले पनि पुस्तकप्रति जिज्ञासा उत्पन्न गरेको छ र पुस्तक विचारकेन्द्रित रहेको हुनुपर्छ भनेर बुझ्न सकिन्छ । यो पुस्तकको प्रचारमा जुटेका पत्रपत्रिका तथा अनलाइनहरूले चाहिं वैचारिक पक्षलाई भन्दा रामबहादुर थापा ‘बादल’ र पम्फा भुसाल ‘विद्युत’ को सन्दर्भलाई बढी महत्त्व दिएका छन् । हिजो प्रचण्ड-बाबुरामले क्रान्ति गर्छौँ भनेर जनयुद्धको थालनी गरे, त्यत्रो बलिदान गराए, जसका विरुद्ध लडे…
Read More
११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस आज भव्य रुपमा मनाउँदै, पर्चाको पूर्णपाठसहित

११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस आज भव्य रुपमा मनाउँदै, पर्चाको पूर्णपाठसहित

काठमाडौं : “महिला मुक्ति र जनगणतन्त्र प्राप्तिका लागि संघर्ष गरौं ! क्रान्तिकारी ध्रुवीकरण निम्ति ११४ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा मनाऔं !!” भन्ने मूल नाराका साथ क्रान्तिकारी महिला संगठनले ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस आज भव्य रुपमा मनाउदै छ । संगठनको केन्द्रीय समितिको आयोजनामा संगठनले पार्टी कार्यालय कुपण्डोल कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरेको छ । ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको तयारीकै लागि संगठनले एक पर्चा समेत तयार पारेको छ । संगठनको केन्द्रीय समितिले तयार पारेको पर्चामा ‘महिलामाथि हुने सबैखाले हिंसा : अन्त्य गर !, पैतृक सम्पत्तिमा समान अधिकार : लागू गर !, समान कामको समान ज्याला :…
Read More
किन, कसले र कसरी मनाउन थालिएको थियो अन्तर्राष्ट्रिय महिला दिवस ?

किन, कसले र कसरी मनाउन थालिएको थियो अन्तर्राष्ट्रिय महिला दिवस ?

क्लारा जेट्किन जसले अन्तर्राष्ट्रिय महिला दिवसको जग बसालिन् !क्लारा जेटकिनको संक्षिप्त जीवनकाल र उनका कार्य क्लारा जेट्किन मार्क्सवादी चिन्तक, सिद्धान्तकार र समाजवादी अग्रणी महिला नेतृ थिइन्। उनले सदैव महिला अधिकारको वकालत गरिन्। क्लारा जर्मन र अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनकी र त्यसमा पनि संघर्षशील महिला श्रमिक आन्दोलनकी एक प्रमुख व्यक्तित्व थिइन्। उनी अन्तर्राष्ट्रिय महिला दिवसको शुरूवात गराउने विश्वप्रसिद्ध महिला नेतृ हुन्। क्लाराको जन्म १५ जुलाई १८५७ मा जर्मनीको सेक्सोनी प्रान्तमा भएको थियो। उनका पिता गोटफ्राइड आइजनर स्कूलका शिक्षक थिए। उनकी आमा जोसफिन विटाले शिक्षित महिला थिइन्। क्लाराले आफ्नो पढाइ सन् १८७२ बाट 'लीपजिंग टीचर्स कलेज फर वोमिन्स' बाट शुरू गरेकी थिइन्। स्कूलकै…
Read More
भ्यागुतो, सर्प र प्रचण्ड

भ्यागुतो, सर्प र प्रचण्ड

भेषराज भुसाल प्रचण्ड एउटा चतुर खेलाडी अवश्य हुन् । उनले आँट नगरेको भए त्यतिबेलै त्यही समयमा जनयुद्धको सुरुआत हुन्थ्यो वा हुँदैनथ्यो यो पनि विचारणीय प्रश्न छ । जब महान् जनयुद्धले उच्चता प्राप्त गर्दै गयो देशको करिब ८० प्रतिशत भूभागमा जनसत्ताको नियन्त्रण हुँदै गयो । नेपालको इतिहासमा जनता सत्ता सञ्चालक बन्न पुगे तब तत्कालीन शाहीसत्ता राज्यको सम्पूर्ण शक्तिसहित विदेशी साम्राज्यवादी शक्तिलाई समेत साथमा लिएर दमनमा उत्रियो र क्रान्तिकारीहरूलाई आतङ्ककारीको बिल्ला लगायो । जनता, कार्यकर्ता, जनमुक्ति सेनाले बलिदानका उच्च कीर्तिमान कायम गरिसकेका थिए । केही केन्द्रीय सदस्यहरूले समेत बलिदानका कोटा चुक्ता गरिसकेका थिए । प्रचण्डलगायत सबै नेताहरूको टाउकाको मूल्य तोकिएको थियो ।…
Read More