जन बिहानी

1713 Posts
पार्टी एकता कायम राख्न र विचारधारात्मक संघर्षबाट नभाग्न कञ्चनलाई किरणकाे अनुरोध

पार्टी एकता कायम राख्न र विचारधारात्मक संघर्षबाट नभाग्न कञ्चनलाई किरणकाे अनुरोध

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको एकता महाधिवेशन आयोजक समितिका संयोजक मोहन वैद्य किरणले पार्टीलाई एकताबद्ध राख्न समग्र पार्टी पंक्ति, जवस मोर्चालाई अनुुरोध गर्नु भएको छ । संयोजक किरणले गुटवाद र फुटवादका विरुद्ध लड्दै पार्टीलाई एकताबद्ध राख्न र क्रान्तिकारी कार्यदिशाको रक्षा, प्रयोग र विकासका लागि आगामी महाधिवेशन सफल पार्न विशेष अनुरोध गर्नु भएको छ । २०८१ श्रावण १ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका सहसंयोजक धर्मेन्द्र बास्तोला (कञ्चन) ले एकता प्रक्रिया असफल भएको घोषणा गरेपछि संयोजक किरणको उक्त अनुरोध सहितको वक्तव्य प्रकाशित भएको हो । २०८१ श्रावण २ गते पार्टीका संयोजक किरणले जारी गरेको वक्तव्यको पूर्ण पाठ यस प्रकार छ ः“अनुकूल…
Read More
जनगणतान्त्रिक संविधान निर्माणका लागि आवाज बुलन्द गर्न मोहन वैद्य किरणको आव्हान

जनगणतान्त्रिक संविधान निर्माणका लागि आवाज बुलन्द गर्न मोहन वैद्य किरणको आव्हान

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका संयोजक मोहन वैद्य किरणले प्राकृतिक प्रकोपबाट पीडित जनताले सरकारबाट अभिभावकत्वको अुनुभूति गर्न नपाएको उल्लेख गर्दै पछिल्लो विकसित राजनीतिक परिस्थितिबारे पार्टीको धारणा सार्वजनिक गर्नुभएको छ । प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै प्रेस वक्तव्यमा घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । साथै, घर पहिरोमा पुरिएपछि त्यसबाट बचेकाहरुको बसोबास तथा खानपानको अविलम्ब व्यवस्था गर्न र घाइतेहरुको निशुल्क उपचार गर्न नेपाल सरकारसँग जोडदार माग गर्नुभएको छ । वक्तव्यमा भनिएको छ, “हिजो असार ३० गतेसम्म बाढी–पहिरो लगायतका विपदमा परी देशभरिबाट १०८ जना नेपालीले आफ्नो ज्यान गुमाएका छन् र घाइते हुनेको कुनै लेखाजोखा छैन । सिमलताल…
Read More
एनजीओ–आईएनजीओबारे माक्र्स–एङ्गेल्स

एनजीओ–आईएनजीओबारे माक्र्स–एङ्गेल्स

कार्ल माक्र्स–फ्रेडरिक एङ्गेल्सले विश्वप्रसिद्ध घोषणापत्र (सन् १८४८) मा लेख्नुभएको छ, “बुर्जुवावर्गको एउटा हिस्सा यसकारण सामाजिक व्यथाहरूलाई हटाउन चाहन्छ ता कि बुर्जुवा समाजलाई यथास्थितिमा राख्न सकियोस् ।” माक्र्स– एङ्गेल्सले आजभन्दा करिब १७६ वर्ष पहिले भनेको एनजीओ, आईएनजीओबारेको यो यथार्थ नेपालमा अहिले बुर्जुवावर्ग मात्रै नभई, वामपन्थको खोलभित्रको अर्को ठूलो हिस्सा ‘कम्युनिस्ट’ पनि नेपालबाट सामाजिक व्यथाहरूलाई हटाउन ‘कम्मर कसेर’ यसकारणले लागेका छन् ता कि त्यसबाट आउने ठूलो धनराशीलाई आफ्नो व्यक्तिगत पद–प्रतिष्ठा तथा पारिवारिक हितमा उपयोग गर्न सकियोस् । साथै, बुर्जुवा समाजमा क्रान्तिकारी परिवर्तन ल्याउन खोज्ने अन्य क्रान्तिकारी कम्युस्टिहरूलाई सुस्तसुस्त सुधारवाद र विकासवादमा ढाल्न सकियोस् ।माक्र्स–एङ्गेल्सको समयका एनजीओ, आईएनजीओहरूको उद्देश्य र अहिलेका एनजीओ–आईएनजीओहरूको उद्देश्यमा…
Read More
प्रधानमन्त्री ओलीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

प्रधानमन्त्री ओलीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं : संविधानको धारा ७६ (२) अनुसार आइतबार एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री नियुक्त भएको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ । प्रधानमन्त्रीमा ओलीको नियुक्ति कानुनसम्मत नभएको दाबी गर्दै कानुन व्यवसायीहरु सर्वोच्च पुगेका हुन् । अधिवक्ताहरु दीपक अधिकारी, खगेन्द्रप्रसाद चापागाईं र शैलेन्द्रकुमार गुप्ता रिट दायर गर्न सर्वोच्च पुगेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ ९२० अनुसार आइतबार एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।
Read More
तोकिएको समयमा फर्किएका श्रमिक पुनः जान पाउने ।

तोकिएको समयमा फर्किएका श्रमिक पुनः जान पाउने ।

काठमाडौँ, असार ३१ गते ।इपिएस मार्फत दक्षिण कोरिया गई तोकिएको समयमा फर्किएका श्रमिक पुनः जान पाउने भएका छन् । वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले सूचना प्रकाशित गरेर कोरिया गएर फर्केका श्रमिकलाई पुनः काममा पठाउनका लागि आवेदन आह्वान गरेको हो । इपिएसमार्फत कोरिया गएको र सन् २०१० जनवरी १ पछि भिसा अवधिभित्रै स्वैच्छिक रूपमा नेपाल फर्केकाले मात्रै आवेदन दिन पाउने छन् । त्यस्ता श्रमिकले कोरियाको उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रमा जान पाउने छन् । उत्पादनमूलक क्षेत्रमा फाराम भर्न चाहनेले फाराममा उल्लेख भएका आठ वटा समूहमध्ये जुन उपसमूहमा फाराम भर्ने हो सोही उपसमूहसँग सम्बन्धित आठ वटा प्रश्नको उत्तर दिनुपर्ने…
Read More
केपीओलीको मन्त्रिपरिषद्मा नयाँ अनुहारका मन्त्री ।

केपीओलीको मन्त्रिपरिषद्मा नयाँ अनुहारका मन्त्री ।

चाैथाे पटक प्रधानमन्त्री बनेका केपी शर्माओलीको मन्त्रिपरिषद्मा अनुभवी तथा नयाँ अनुहारका मन्त्रीहरूले स्थान पाएका छन् । कांग्रेसले पठाएका १० जना मध्ये ५ जना पुराना र ५ जना नयाँ मन्त्री पठाएको छ । कांग्रेसको तर्फबाट सरकारको नेतृत्व गरेका प्रकाशमान सिंह पहिले पनि उपप्रधानमन्त्री बनिसकेका व्यक्ति हुन उनी उपप्रधानमन्त्री सहित शहरी विकासमन्त्री बनेका छन् । अहिलेको कांग्रेस-एमाले गठबन्धन बनाउन कांग्रेसको तर्फबाट भूमिका खेलेका पात्र हुन गृहमन्त्री बनेका रमेश लेखक । सो भूमिका खेलेपछि उनी मन्त्री बन्ने निश्चितप्राय: थियो । उनी यसअघि राज्यमन्त्री र मन्त्री भइसकेका थिए ।    देउवापत्नी आरजु राणाले परराष्ट्रमन्त्रालयको जिम्मेवारी पाएकी छिन् । ऊर्जा मन्त्री दीपक खड्का राज्यमन्त्री बनीसकेका व्यक्ति हुन् ।…
Read More
पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई लाग्यो गोली, गोली चलाउने व्यक्ति मारिए

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई लाग्यो गोली, गोली चलाउने व्यक्ति मारिए

काठमाडौं : अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । गोली लागे पनि उनी सुरक्षित रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । घटनास्थलको तस्वीरहरुमा ट्रम्पको काननेरबाट गालासम्म रगत बगेको देखिन्छ । उनलाई सुरक्षा टोलीले त्यहाँबाट अस्पताल पुर्‍याएका थिए ।पेन्सिलभेनियाको ग्रेटर पिट्सबर्ग क्षेत्रको बटलर काउन्टीमा चुनावी र्‍याली गरिरहेका बेला ट्रम्पमाथि गोली प्रहार भएको थियो । प्रत्यक्षदर्शीका अनुसार उनीमाथि करिब ३०० यार्ड परबाट राइफलबाट गोली हानिएको थियो । त्यसक्रममा गोली चलेका थुप्रै आवाजहरु सुनिएको थियो । गोली चलाउने व्यक्ति मारिए बीबीसीका अनुसार ट्रम्पमाथि गोली चलाउने व्यक्तिलाई सुरक्षाकर्मीले गोली हानेर मारेका छन् । सो घटनामा अर्का एक सर्वसाधारण व्यक्तिको पनि मृत्यु…
Read More
हुण्डीको कारोबार गर्ने चार जना प्रहरी नियन्त्रणमा ।

हुण्डीको कारोबार गर्ने चार जना प्रहरी नियन्त्रणमा ।

बरामद सामानसहित काराेबारी बाँके । २४ लाख रुपियाँ नगदसहित अबैध हुण्डीको कारोबार गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेले नियन्त्रणमा लिएको छ ।  बाँकेका प्रहरी प्रवक्ता, डिएसपी नारायण डाँगीका अनुसार नेपालगन्ज उपमहानगरपालिका-१२ बाट नगद र हुण्डीमा संलग्नलाई नियन्त्रणमा लिइएको हाे ।  नेपालगन्ज –१२ बेलासपुरमा हुण्डी कारोबार हुँदैछ भन्ने सूचनाका आधारमा प्रहरीले कारवाही गर्दा २४ लाख ६२ हजार ३१५ रूपियाँ नगद र हुण्डि कारोबारको हिसाब राखेको कपी र नोटबुकसहित पक्राउ गरेको हाे । प्रहरीले त्यस क्रममा हिसाव राखेको कपी थान १, सानो नोट बुक थान १, बिभिन्न व्यक्तिको नाममा विभिन्न बैंकमा पैसा जम्मा गरेको भौचरसहित हुण्डी कारोबारमा संलग्न नेपालगन्ज १८ का…
Read More
चुलोबाट खरानी निकाल्ने क्रममा सर्पले डस्दा एक महिलाकाे मृत्यु ।

चुलोबाट खरानी निकाल्ने क्रममा सर्पले डस्दा एक महिलाकाे मृत्यु ।

सिरहा ।  सर्पको डसाइबाट सर्लाहीको पर्सा गाउँपालिका, सङग्रामपुर निवासी एक महिलाको मृत्यु भएको छ। सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वामा बस्दै आएकी ३० वर्षीया रोशिना खातुनको शुक्रबार मृत्यु भएको हो। खातुनलाई चुलोबाट खरानी निकाल्ने क्रममा सर्पले डसेको थियो। उनलाई तत्कालै जयकाली सर्पदंश उपचार केन्द्र, चोहर्वा सैनिक गण परिसरमा लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा पुर्‍याइएको थियो। उपचारकै क्रममा साेही अस्पतालमा खातुनको मृत्यु भएको हो।
Read More
सिमलतालमा पहिरो, दुइटा बसका ६५ यात्रु बेपत्ता

सिमलतालमा पहिरो, दुइटा बसका ६५ यात्रु बेपत्ता

चितवन : नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गतको सिमतालमा पहिरो खस्दा २ बस बगाएको छ । लेदो सहितको पहिरोका कारण बसलाई बगाएर त्रिशूलीमा मिसाएको इलाका प्रहरी कार्यालय मुग्लिङकी प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन् । नारायणगढबाट १७ किलोमिटर उत्तर पश्चिममा पर्ने उक्त स्थानमा बिहान ३ः३० बजेको समयमा सडकको माथिल्लो भागबाट लेदोसहितको पहिरो खस्दा बस बगाएको उनले बताइन् । दुवै बस पहिरो खसेको स्थान पार गर्ने क्रममा माथिबाट लेदो सहितको ठुलो पहिरो खसेको उनले बताइन् । पहिरोका कारण सडक अवरुद्ध भएको र हाल पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालनमा ल्याएको उनको भनाई छ । घटनास्थलमा उद्धार कार्य सुरु हुन नसकेको उनले बताइन् ।…
Read More