पश्चिम नेपालका व्यवसायीले एक वर्षमा ७५ करोड ४६ लाख ५० हजार रुपियाँको जडीबुटी निकासी गर्न सफल ।
नेपालगन्ज, साउन १० गते । गत आर्थिक वर्ष २०८०/०८१ मा ७५ करोड भन्दा बढी मूल्यको जडीबुटी नेपालगन्ज नाकाबाट निकासी भएको छ । नेपाल जडीबुटी व्यवसायी सङ्घले विभिन्न प्रकारका समस्या र अवरोधका बाबजुद पनि गत आर्थिक वर्षमा यो नाकाबाट ७५करोडको जडीबुटी निकासी गरेको हो। नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्क प्रसाद शर्माले निकासीमा आन्तरिक तथा बाह्य क्षेत्रबाट विभिन्न प्रकारका समस्या र चुनौतीहरू रहेपनि पश्चिम नेपालका व्यवसायीले एक वर्षमा ७५ करोड ४६ लाख ५० हजार रुपियाँको जडीबुटी निकासी गर्न सफल भएको बताउनुभयो । उहाँले गत केही वर्षयता नेपाली जडीबुटीप्रति भारतको कडा रवैया र नेपाल सरकारकै अस्पष्ट नीतिका कारण जडीबुटी निकासीमा समस्या हुँदै…