जन बिहानी

1497 Posts
पुष्पलाल जन्मशताब्दी ग्रन्थ सम्पादन समितिको बैठक

पुष्पलाल जन्मशताब्दी ग्रन्थ सम्पादन समितिको बैठक

काठमाडाैँ : पुष्पलाल जन्मशताब्दी ग्रन्थ सम्पादन समितिको बैठक समितिका संयोजक गोपीरमण उपाध्यायको अध्यक्षतामा शुक्रबार सम्पन्न भएकाे छ ।समितिका सदस्यहरुमा हिरण्यलाल श्रेष्ठ, नारायण शर्मा, एकराज भण्डारी, राधा ज्ञवाली, हुकुम बहादुर सिंह र हेमराज पौडेल हुनुहुन्छ । बैठकमा संयोजक गोपीरमण उपाध्याय र सदस्यहरु हिरण्यलाल श्रेष्ठ, राधा ज्ञवाली, हुकुम बहादुर सिंहको उपस्थिति थियो । नारायण शर्मा, एकराज भण्डारी र हेमराज पौडेल विशेष कारणवस उपस्थित हुन सक्नु भएन । उक्त वैठकमा पुष्पलाल जन्मशताब्दी समारोह समितिका संयोजक लोककृष्ण भटराई, समितिका सदस्यहरु रामबहादुर भण्डारी,मुकुन्द आचार्य, हरीहर खरेल र सुरेश कार्कीको पनि उपस्थिति थियो ।बैठकले समितिका संयोजक गोपीरमण उपाध्यायव्दारा प्रस्तुत गरिएको ग्रन्थको प्रारुपमाथि छलफल गरी सामान्य संशोधनसहीत…
Read More
चोरहाँगे मनोबृती हावी भएको ठोकुवा गर्न सकिन्छ

चोरहाँगे मनोबृती हावी भएको ठोकुवा गर्न सकिन्छ

शनिबारीय साहित्य : निबन्ध लेखक : मोदनाथ मरहट्टा प्रकृतिमा हुने बनस्पतिमा पनि केही अस्वाभाविक गुणहरू हुने गर्छन् । खासगरी काँडा हुने अमिलो जातको बनस्पति सुन्तला, कागती र निबुवा जातका फलबृक्षका मूल हाँगाको पेटबाट मसिना मुना निस्कन्छन् र बढ्न थाल्छन् । त्यस्ता मुना यति छिटो बढ्छन् कि रुखका अरू हाँगाबिँगा भन्दा सग्ला सल्काइला र चिल्ला पात भएर हलक्कै हुन्छन् । त्यस्ता हाँगालाइ चोरहाँगा वा सोसाह हाँगा भनिन्छ । ती हाँगामा दाना त लाग्दैनन् तर त्यस्तो हाँगाहरू पलाएपछि रुखको उत्पादन शक्ति पनि खस्कँदै जान्छ । बाहिरबाट हेर्दा रुखको सौन्दर्य त देखिन्छ तर गुणमा भने आफ्नै कारणले कमजोर हुँदै जान्छ । केही समयपछि…
Read More
एकटा ललौन

एकटा ललौन

शनिबारीय साहित्य : कविता लेखक : राेशन जनकपुरी १)एकटा ललौन, खूब ललौन सुरुजदिन भइर लड़ैतसँझुका असमंजसमेथकित, क्लान्तमुदा गौरवमय लालिमा नेनेढइल गेल ।देखबै अहाँकाइल्ह भोढ़ढियामेराइतके छाती चीर क’उगत फेरसुरुज (२)मृत्यु सत्य नइँ अइ महाेदय,मृत्य बस सत्यके अंशमात्र अइछ,सत्य त जीवन अइछसमयके छातीमे गहीँरबहुत गहीँर जइर छाेडैतआ बढैतहरेक बेर मृत्युके पार करैत ।आउ, एहि आसक एकटा दीप बारीमन मनमे एकटा दीप बारीआसकविश्वासकआ जीवनक जीतक । (३)ओना ई अखन तकपुराने सन बुझाइत अइछ ,आउ , सब केओ मिलिक’एकरा , साँचेकेनवका बनाबी ।नववर्षके शुभकामना ।
Read More
क्यालेण्डर

क्यालेण्डर

शनिबारीय साहित्य : कविता लेखक : हिरामणि दु:खी सालिन्दा फेरिएको क्यालेण्डरफेरियो यसचोटी उसैगरीसिंहदरबार र बालुवाटारशितलनिवास र बल्खु दरबारसानेपा र प्यारीडाँडाकाग्यालरी बैठकहरूमापरन्तु, फेरिएन क्यालेण्डरखण्डहर जस्तै नेपाली भित्ताहरूमा । लोकसेवाको टिकेट बोकेरसिंहदरबार छिरेका मेरा दौँतरीहरूगृहमन्त्रालयको नोटिस पढ्दैचिनो लगाउँछन् विदाका दिनहरूकोक्यालेण्डरको पाताहरूमासाइत जुराउँछन् विदेश यात्राकोर, डायरीका पानाहरूमाभर्छन्, ‘सपिङ’ सामानहरूको सूची । फेरिएको क्यालेण्डरमा देखिँदैनभुइँचालोले नङ्ग्याएका छालाहरूमाएकसरो टालो फेर्ने मितिआकाश ओढेर रात काटिरहेकाउदास अनुहार लुकाउनएउटा झुपडीको शिलान्यास गर्ने साइतर, भेटिँदैन कतै पनिरोजाना ठूलो गौचरबाटमालचरीका ताँती जस्तै उड्नेकर्मठ पाखुरा रोक्ने योजनाअहँ, कतै भेटिँदैन नयाँ क्यालेण्डरमायस्ता कुनै पनि कुराहरू । युग बदल्ने रणमैदानमाचढाइएका जोवनहरूको मूल्यभेटिँदैन नयाँ क्यालेण्डरमाबरू भेटिन्छन् उनीहरूकाफौजदारी अभियोगका मिसिल‘न्यायालय’का पेशी फाइलहरूमार, पनि फेरिइरहन्छ उसैगरीजसरी…
Read More
नयाँ बर्ष

नयाँ बर्ष

नयाँ सोच नयाँ दृष्टिकोणप्रेरणा सफलताको श्रोतआशाको प्रकाशले जगाएरनयाँ सम्भावनाहरुको दीप लेखक : इन्दिरा अधिकारी स्नेह , स्मरण र सम्माननबिर्सौ माटोको गरिमास्वतन्त्रताको आधारजीवनको गहिरो रहस्य लागौ नयाँ खोज नयाँ मार्गसमानताको परिचयस्वाभिमानको आवाजसार्वभौम संघर्षमाएक जुट हौं सत्य ,निष्ठा, इमानदारिता रन्यायको जग बसालौंस्वाधीनता,स्वतन्त्रता र स्वाभिमानकोरक्षा गरौंनयाँ समाज निर्माणमा अघि बढौं। देश भित्र र बाहिर रहनुभएका सम्पूर्णआदरणीय एवं प्रियजनहरुमानयाँ बर्ष २०८१ सालको हार्दिक शुभकामना !
Read More
नयाँ बर्ष 2081 को शुभकामना

नयाँ बर्ष 2081 को शुभकामना

नेपाली दिदि बहिनी तथा दाजुभाईहरु बिक्रम संवत् 2080 लाई अतीत र इतिहासको पानामा पल्टाउदै हामी नयाँ बर्ष 2081को वर्तमानमा आई पुगेका छौं नयाँ बर्षको प्रारम्भमा हामी हाम्रा देशबासी र वाध्ताबश विदेशी भूमिमा रहनुभएका नेपाली दाजभाइ दिदी बहिनी हरूलाई संझेर सुख शान्ति तथा समुन्नतिको कामना गर्दछु। वर्ष बदलिँदा हाम्रो हर्ष पनि बढ्नु भित्ताको पात्रो फेरिएपछि जनजिवनमा स्तर बृद्धि पनि हुनु पर्दछ । तर चर्को नारा गहकिला आशा आश्वासन तथा अर्थहीन परिवर्तन वा रपान्तरणको प्रकृयाले नेपाली जनमानसलाई शान्त र सन्तुष्ट पानं सकेको छैन । चिन्ताको विषय हाम्रो यो हो प्यारो मातृभूमि नेपाल त्रिपक्षीय महाशक्तिहरुवीचको शिखर आभूषण को रुपमा रहेतापनि आफ्नै भू बनोट…
Read More
नयाँ जनवादी क्रान्तिका विरोधी र मित्र शक्तिहरू

नयाँ जनवादी क्रान्तिका विरोधी र मित्र शक्तिहरू

दस्तावेज लेख हाम्रो समाजमा आज विभिन्न अन्तर्विरोधहरू छन् । जस्तै सामन्त र किसानबिचको अन्तरविरोध, पुँजीपतिवर्ग र सामन्ती वर्गबिचको अन्तरविरोध, पुँजीपतिवर्ग र मजदुर–किसान वर्गबिचको अन्तर्विरोध, धनी किसान र मध्यमवर्गीय किसानबिचको अन्तरविरोध आदि । तर यी सम्पूर्ण अन्तरविरोधहरू समान किसिमका छैनन् । खास ऐतिहासिक स्थितिमा विभिन्नखालका अन्तर्विरोधहरूमध्ये कुनै एकले मूल अन्तरर्विरोधको रूप लिएको हुन्छ र यसले गर्दा समाजमा देखिने अन्य अन्तरर्विरोधहरू सामान्य अर्थात् गौण भएर गएका हुन्छन् । नेपालमा आज देखा परेको वर्गस्थिति र यिनीहरूको पारस्परिक सम्बन्धलाई हेर्दा २००७ सालअघि रहेको मूल अन्तरविरोध नै आजको नेपालमा पनि देखिन्छ । २००७ सालको क्रान्तिले सामन्तवाद, विदेशी एकाधिकार पुँजीवाद तथा साम्राज्यवाद र आम जनसमुदायको अन्तरद्वन्द्वमा…
Read More
आजकाे माैसम : मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

आजकाे माैसम : मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। कोशी, बागमती, गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको भैरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरू साथै बाँकी पहाडी भू-भागको एक दुई…
Read More
रामेछापकाे हिमगंगाका कलेजो पीडित खिल बहादुर खत्रीद्वारा सहयोगको अपिल

रामेछापकाे हिमगंगाका कलेजो पीडित खिल बहादुर खत्रीद्वारा सहयोगको अपिल

रामेछाप : रामेछापको रामेछाप नगरपालिका वडा नं ४ हिमगंगाका खिल बहादुर खत्रीले उपचारका लागि सहयोगको अपिल गर्नुभएको छ । कलेजो रोगबाट पीडित खत्रीलाई उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगको अपिल गरिएको हो । पारिवारिक स्रोतका अनुसार खत्रीको टिचिङ अस्पतालको सुरेश वाग्ले भवनको दोश्रो तल्लाको २३ नम्बर वेडमा उपचार भइरहेको छ । आर्थिक अवस्था निकै कमजोर रहेको ५१ वर्षिय खत्रीको उपचारका लागि आर्थिक अभाव भएकाले सहयोग गरिदिन उहाँको परिवारले सहयोगी मनहरुलाई अपिल गरेका हुन । बिरामीका भाई कपिल खत्रीले दाईको उपचारमा निक्कै समस्या भएको भन्दै सहयोगका लागि सबैसँग आग्रह गर्नुभयो । सहयोग गर्न चाहने सहयोगी मनहरुले तुलाराम खत्रीको राष्ट्रिय वाणिज्य बैँक…
Read More
राष्ट्रिय उद्योग तथा व्यापार महासंघ ७ नं. प्रदेशको संयोजकमा रामचन्द्र पाठक

राष्ट्रिय उद्योग तथा व्यापार महासंघ ७ नं. प्रदेशको संयोजकमा रामचन्द्र पाठक

धनगढी : माेहन वैद्य 'किरण' नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सम्वद्ध राष्ट्रिय उद्योग तथा व्यापार महासंघ ७ नम्बर प्रदेश समितिको प्रथम प्रदेश भेला बुधबार सम्पन्न भएको छ । राष्ट्रिय उद्योग तथा व्यापार महासंघका केन्द्रीय कार्यालय सदस्य कैलाश जैशीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको प्रदेश सह—सयोजक डाइमण्ड्को बिषेश आतिथ्यता थियोे । उक्त भेलाले रामचन्द्र पाठकको संयोजकत्वमा ७ सदस्यीय प्रदेश कमिटी निर्माण गरेको छ ।
Read More