पुर्बी पहाडमा बन्दुकहरुसँग लुकामारी खेल्दा
हिँडदा हिँडदा लखतरान भइसकेको जिन्दगिलाइ जबरजस्ती घिसार्दै त कँहि कतै ओरालोमा हुत्याउदै,जसो तसो तामाकोशीको नँयापुलसम्म झार्यौ । हुन त तौँथलिबाट कालिन्चोक आसपास कुरिदेउराली हुँदै लापिलाङ्ग तिरबाट लामिडाँडाहुदै सम्पर्कमा पुग्न छिटो र सुरक्षित पनि हुन्थ्यो । तर काटाकुटीमा महत्वपुर्ण भेटघाटको काम अनि कमरेड दिपक लाईपनि सँगै लिएर जानुपर्ने पनि भएकोले त्यतैको रुट तय गरियो । सिन्धुपाल्चोकको तौँथली देखि मुढे, दोलखाको लाँकुरि भन्ज्याङ्ग, काटाकुटी, चरङ्गे खोला हुदै नयाँपुल, नाम्दु हुदै क्षेत्रपा अनि जुगु सम्मकोलागी दिवा यात्रा यानेकी दिउसै डे मूभ थियो त्यो यात्रा । ओ हो ! हिँडेर आइपुग्न त्यो कोच्याङ्ग खाँद ! कत्ति धेरै बाटो छ भन्नेकुरा हिड्नेहरुलाइ मात्र थाहा हुन्छ…