नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन समिति नवलपरासीले जिल्लास्तरका नेता कार्यकर्ताका लागि राजनैतिक बैचारिक प्रशिक्षण शुरु गरेको छ ।
पार्टी केन्द्रबाट धर्मेन्द्र बाँस्तोला समुहको बर्हिगमन पछि पार्टीले पार्टी सदस्य सम्म राजनैतिक बैचारिक रुपले प्रस्ट पार्ने योजना अनुसार जिल्ला पार्टीकोे बैठक प्रशिक्षणात्मक रुपले सम्पन्न गरिएको केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रवि पाण्डेयले जानकारी दिनुभयो ।
पार्टी केन्द्र र प्रदेश समितिको निर्णय बमोजिम जिल्ला संगठन समितिका सदस्य तथा सल्लाहकारहरुलाई मंगलवार प्रशिक्षित गरिएको उहाँले बताउनुभयो । बर्दघाटमा भएको बैठकमा पार्टी केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश ईन्चार्ज कृष्णराज पौडेल, सचिवालय सदस्य तथा प्रदेश सहसंयोजक निरज केसी, केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्रबहादुर थापाले प्रशिक्षण मन्तब्य राख्नुभयो ।
त्यस्तै बैठकमा सचिवालय सदस्य तथा प्रदेश संयोजक श्याम बहादुर बोहोरा , प्रदेश सल्लाहकार गुणनिधि पोखरेल लगायतको समेत आतिथ्यता थियो । बैठकमा पार्टीका जिल्ला सहसंयोजकद्वय गणेश बहादुर ढकाल, भिम छन्तेल, कार्यालय सदस्य दुर्गा नारायण चौधरी लगायतले अनुभुति, रिर्पोटिङ र मन्तब्य राख्नुभएको थियो ।