काठमाडाैँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काठमाडाैँ महानगरको ‘क’ को सम्मेलन २०८१ /४ महिना २२ गते सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता सागर , प्रमुख अतिथि जिल्ला इन्चार्ज पुस्कर श्रेष्ठ रहेका थिए । भने अतिथिहरुमा जिल्ला संयोजक प्रकाश ,महिला संगठन जिल्ला अध्यक्ष सपना राजथला रहेका थिए ।ज्ञात अज्ञात शहिदहरुप्रति १ मिनेट मौनधारण पछि शूरु भएको कार्यक्रममा स्वागत माधव तिवारीको रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथिले मन्तव्य सहित कार्यक्रमको उद्घाटन गरेका थिए ।अतिथि तथा अन्य अतिथिहरुले पार्टी महाधिवेशन लगायत सम्मेलनको सफलताको शुभकामना मन्तव्यपछि पहिलो सेसनको समापन भएको थियो । हेमन्त , जय दाहाल र एच एश लामा तीनजनाको अध्यक्षमण्डल गठन भएपछि एक स्थान रिक्त सहित सात सदस्सीय समिति गठन गरेको छ । जसमा सेक्रेटरी सागर रहेका छन् ।
नव निर्वाचित समितिलाई बधाई तथा शुभकामना दिनेहरुमा महानगर ‘ग’ का गोपाल श्रेष्ठ र जय दाहालले रहेका थिए । र सेक्रेटरी सागरले नयाँ समितिको तर्फबाट प्रतिबद्धता व्यक्त गरेका थिए ।