जन बिहानी

1716 Posts
दक्षिणपन्थी शक्तिहरूकै उपज: नवफासीवाद/टेक्नोफासिज्म

दक्षिणपन्थी शक्तिहरूकै उपज: नवफासीवाद/टेक्नोफासिज्म

लेखक : जगदिश चन्द्र ऐतिहासिक जनयुद्ध र जनआन्दोलन पश्चात् पुँजीवादी/संसदीय गणतन्त्र स्थापित भएको हो । कथित लोकतान्त्रिक गणतन्त्र स्थापनाका पृष्ठभूमिमा पहिलो संविधान सभा असफल गराउने तत्वहरू (देशीविदेशी कुलीन, संभ्रान्त, दलाल पुँजीवादी, साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरू)को सक्रियता सफल रह्यो र दोस्रोपटक तिनै शक्तिको स्वार्थमा खलल नपुग्ने गरी संविधान निर्माण गरियो । तत्कालीन मुख्य शक्तिको रूपमा स्थापित नेकपा (माओवादी)को मूल नेतृत्व/प्रचण्ड र बाबुरामको सैद्धान्तिक, दार्शनिक, वैचारिक र राजनीतिकत: बुर्जुवापरस्त भयो । उनीहरूले जनताका महान् लक्ष्यप्रति गद्दारी गरेर सो संविधानसँगै उत्पीडित, शोषित, दलित तथा राष्ट्रियताबाट उपेक्षित जाति जनजातिका सयौं वर्षका समस्यामाथि आँखा चिम्लेर दक्षिणपन्थीसँग अँगालो मार्न पुगेको देखिन्छ । संसदीय लोकतान्त्रिक पद्धतिको स्थापनापश्चात्…
Read More
क्रान्तिकारी प्रेस संगठनद्वारा बेपत्ता पत्रकारको खोजी र कल्याणकारी विज्ञापन कटौती फिर्ता लिन माग

क्रान्तिकारी प्रेस संगठनद्वारा बेपत्ता पत्रकारको खोजी र कल्याणकारी विज्ञापन कटौती फिर्ता लिन माग

काठमाडौँ : क्रान्तिकारी प्रेस संगठन नेपालले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण बेपत्ता भएका पत्रकारहरूको तत्काल खोजी गर्न र सरकारले हालै लोककल्याणकारी विज्ञापनमा गरेको बजेट कटौती निर्णय सच्याउन जोडदार माग गरेको छ। संगठनका अध्यक्ष नारायण पंगेनीद्वारा भदौ २० गते जारी प्रेस विज्ञप्तिमा उक्त विषयमा सरकारको ध्यानाकर्षण गराइएको हो। गत भदौ १० गते भोटेकोशी नदीमा आएको आकस्मिक तथा भयावह बाढीले ठूलो धनजनको क्षति पुर्‍याएको जनाउँदै विज्ञप्तिमा बाढीपछि नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य टेकराज थामी, महासंघ भक्तपुर शाखाका पूर्व सल्लाहकार शेखर ढुंगाना, महासंघ नुवाकोट जिल्ला शाखाका पूर्व सदस्य राजकुमार नेपाली, र शिलापत्र डटकमका प्रकाशक सुरेश सिम्खडा हालसम्म पनि सम्पर्कविहीन रहेको उल्लेख…
Read More
छापा माध्यम कडा आन्दोलनको तयारीमा

छापा माध्यम कडा आन्दोलनको तयारीमा

काठमाडौँ : सरकारी निर्णयबाट घटाइएको लोककल्याणकारी विज्ञापनको रकम साविककै कायम गर्नुपर्ने माग गर्दै छापा माध्यम कडा आन्दोलनको तयारीमा जुटेका छन्। नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ सुझाव कार्यदलले एक साताभित्र माग सम्बोधन नभए देशभरका प्रिन्ट मिडियालाई समेटेर भौतिक आन्दोलनमा उत्रिन प्रस्ताव गरेको हो।शनिबार बिहान बसेको कार्यदलको बैठकले दामोदरप्रसाद दवाडीलाई संयोजक चयन गर्दै महासंघलाई सातबुँदे सुझाव बुझाएको छ। नयाँ संशोधित कार्यविधिअनुसार घटाइएको रकममा लोककल्याणकारी विज्ञापनको बिल विज्ञापन बोर्ड वा सम्बन्धित हुलाक कार्यालयमा पेस नगर्न देशभरका छापा माध्यमलाई आह्वान गर्ने निर्णय बैठकले गरेको छ।सरकारी विज्ञापन वितरणमा भइरहेको विभेद, लोककल्याणकारी विज्ञापनको रकममा गरिएको कटौती र राष्ट्रिय समाचार समिति (रासस) को…
Read More
क्रान्तिकारी युवा संघ नेपालद्वारा जलवायु न्यायको माग गर्दै प्रदर्शन

क्रान्तिकारी युवा संघ नेपालद्वारा जलवायु न्यायको माग गर्दै प्रदर्शन

काठमाडाैँ : क्रान्तिकारी युवा संघ नेपालको आयोजनामा जनवायु न्यायको माग गर्दै माइतीघर मण्डलामा २० भदौ २०८३ मा प्रदर्शन गरेको छ । क्रान्तिकारी युवा संघ नेपाल राष्ट्रिय सम्मेलन आयोजक समितिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । “हिमालको पीडा बुझौं, भोटेकोशीको चित्कार सुनौं, जलवायु न्याय लागू गरौं ।” भन्ने मूल नाराका साथ जलवायु संकट समाधानका लागि जनचेतना तथा सन्देश मूलक कार्यक्रम सम्पन्न गरिएको हो । प्रदर्शन मार्फत क्रान्तिकारी युवा संघ नेपालले जलवायु संकट विरुद्ध विश्वभरका युवा एकजुट हुन संसारभरका युवाहरुलाई आह्वान गरेको छ ।हिमाल बचाऔं, प्राकृतिक प्रकोप घटाऔं, जीवन बचाऔं, सेभ द अर्थ, जलवायुको क्षतिपूर्ति दे लगायतका नारासहित गरिएको प्रदर्शनमा सयौं युवाहरु…
Read More
जलवायु संकट : प्रकृतिको प्रहार कि व्यवस्थाको असफलता ?

जलवायु संकट : प्रकृतिको प्रहार कि व्यवस्थाको असफलता ?

लेखक: फडिन्द्र कार्की आज नेपालले भोगिरहेको बाढी, पहिरो, डुबान र अन्य प्राकृतिक विपत्तिलाई केवल प्रकृतिको क्रूरता भनेर बुझ्नु पर्याप्त हुँदैन। निश्चय नै विश्वव्यापी जलवायु परिवर्तनले यसको तीव्रता बढाएको छ, तर प्रश्न के हो भने एउटै वर्षा किन कतै सामान्य प्राकृतिक घटना हुन्छ र कतै मानवीय त्रासदीमा रूपान्तरण हुन्छ? यसको उत्तर प्रकृतिमा मात्र होइन, राज्य, राजनीति र विकासको चरित्रभित्र पनि खोज्नुपर्छ। विश्वका ठूला औद्योगिक शक्तिहरूले दुई शताब्दीदेखि नाफाकेन्द्रित उत्पादन प्रणालीमार्फत वातावरणमाथि निर्मम दोहन गरे। कार्बन उत्सर्जनको मुख्य जिम्मेवार उनीहरू हुन्, तर त्यसको मूल्य नेपालजस्ता कमजोर अर्थतन्त्र भएका मुलुकले चुकाइरहेका छन्। यो आफैंमा जलवायु अन्यायको उदाहरण हो। तर नेपालको सन्दर्भमा बाह्य कारण…
Read More
एकताका लागि विचार, सिद्धान्त मिल्नुपर्छ : नेता रामबहादुर बुढा

एकताका लागि विचार, सिद्धान्त मिल्नुपर्छ : नेता रामबहादुर बुढा

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य रामबहादुर बुढाले संसदीय प्रणालीबाट प्रतिक्रियावादी सत्तामा जाने मनसाय भए ती शक्तिहरूलाई एकजुट हुन सुझाव दिएका छन् । आइतबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै बुढाले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि हो भने विचार मिल्ने क्रान्तिकारी कम्युनिस्ट शक्तिहरूबिच एकता र मोर्चा बन्दी हुनसक्ने स्पष्ट पारे । ‘राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सम्पूर्ण कम्युनिस्ट पार्टीहरूबिच सहकार्य र एकताको आवश्यकता छ । मोर्चाबन्दी गर्न सक्ने भयो । तर एकता केका लागि ? प्रतिक्रियावादी सत्ताको विकल्पमा जनवादी सत्ता ल्याउन एकता गर्न सकिन्छ । संसदीय प्रणालीबाट प्रतिक्रियावादी सत्तामा जाने हो भने उहाँहरू छिट्टै एकजुट भए हुन्छ । दुई अलग–अलग चुल्हो बनाए…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा राष्ट्रिय स्वाधीनताको लागि संयुक्त मोर्चा निर्माण गर्न आधारहरु प्रस्तुत

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा राष्ट्रिय स्वाधीनताको लागि संयुक्त मोर्चा निर्माण गर्न आधारहरु प्रस्तुत

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले राष्ट्रिय स्वाधीनताको लागि संयुक्त मोर्चा निर्माण गर्न आधारहरु प्रस्तुत गरेको छ । २०८३ श्रावण २६ र २७ गते सम्पन्न क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय समिति अन्तर्गतको राजनीतिक परिषदको चौथो बैठकले अन्य देशभक्त ,जनतान्त्रिक तथा वामपन्थी शक्ति ,समूह र व्यक्तिहरुसित मिलेर संयुक्त मोर्चा निर्माण गर्न आधारहरु प्रस्तावित गर्ने निर्णय गरेको हो । तत् सम्बन्धमा जानकारी गराउन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले २०८३ साउन २९ गते एक प्रेस –विज्ञप्ति जारी गर्नु भएको हो । वक्तव्यको पूर्ण पाठ यस प्रकार छ – “यही श्रावण २६ र २७ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय समिति अन्तर्गत राजनीतिक…
Read More
विचार–सिद्धान्त र व्यवहारबीचको असन्तुलन : नेपाली राजनीतिमा देखिएको संकट र समाधानको मार्ग

विचार–सिद्धान्त र व्यवहारबीचको असन्तुलन : नेपाली राजनीतिमा देखिएको संकट र समाधानको मार्ग

लेखक : फडिन्द्र कार्की नेपाली राजनीतिमा आज देखिएको अन्योल, अस्थिरता, अविश्वास र निराशाको मूल जरा केवल सत्ता संघर्षमा मात्र होइन, बरु राजनीति कुन आधारमा सञ्चालन भइरहेको छ भन्ने गहिरो प्रश्नसँग जोडिएको छ। राजनीति विचार–सिद्धान्तबाट निर्देशित छ कि व्यवहारवाद र अवसरवादबाट? यही प्रश्नको उत्तरभित्र वर्तमान संकटको वास्तविक कारण र समाधान दुवै लुकेका छन्। विचार–सिद्धान्तमा आधारित राजनीति दीर्घकालीन सामाजिक परिवर्तनको लक्ष्यमा केन्द्रित हुन्छ। यसले व्यक्तिगत स्वार्थ वा क्षणिक लाभभन्दा माथि उठेर समाजको ऐतिहासिक आवश्यकता र वस्तुगत अवस्थाको आधारमा आफ्नो दिशा निर्धारण गर्छ। यस्तो राजनीतिमा विचारले मार्गदर्शन गर्छ भने सिद्धान्तले त्यसलाई निरन्तरता, स्थायित्व र स्पष्टता प्रदान गर्छ। सिद्धान्तमा आधारित राजनीतिक दृष्टिकोणले समाजभित्र रहेका…
Read More
रगत (कविता)

रगत (कविता)

टेकहरि न्यौपाने मिलेर बसेकोलाई लडाउँछदंगा फसाद जसले मन पराउँछकहिले धर्मको नाममा लडाउँछकहिले जातजातिको नाममा लडाउँछ । मान्छे मान्छेमा काटाकाट गराउँछउसले सधै दंगा फसाद नै मन पराउँछमिलेर बसेकोसँग डराउँछकहिले चोकचोकमा कराउँछ । धर्मको नाममा जातको नाममाविष वमन गर्ने खेती गराउँछबृद्धि, विवेकलाई खाली गराउँछखोक्रो दिमागमा गोबर भराउँछ । मिलेर बसेको देखि सहन्नसमाजमा उसले रक्तपात गराउँछत कालो त गोरो भनेर लडाउँछत चुच्चो त थेप्चो भनेर लडाउँछ । त चुच्चो त थेप्चो भनेर लडाउँछअग्लो र पुडको भनेर लडाउँछखाने र लगाउने बाहनामा लडाउँछसीमा पारीबाट डलर मगाउँछ । समाजसेवी बनेर लफडा गराउँछमिलेको समाजमा दंगा गराउँछमिलेको समाजमा दंगा गराउँछजात र धर्मको खेती गराउँछ । पारीबाट भाडाका टटुहरु…
Read More
वर्गीय मुद्दालाई ओझेलमा पार्न धार्मिक द्वन्द्व उछाल्ने काम भएको छ : गणेशबहादुर खड्गी

वर्गीय मुद्दालाई ओझेलमा पार्न धार्मिक द्वन्द्व उछाल्ने काम भएको छ : गणेशबहादुर खड्गी

–गणेशबहादुर खड्गी,वैकल्पिक पोलिटव्यूरो सदस्य, १४ नं. व्यूरो इन्चार्ज एवं सेक्रेटरी, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ० गत श्रावण १० गते सुनसरीमाभएको हिन्दु मुस्लिम विवाद र त्यहाँ भएको हिंसात्मक घटनाले जनजीवन अझै तनावपूर्ण छ । त्यस घटनालाई कसरी हेर्नु भएको छ ?–बालेन सरकारले सुकुम्बासीहरु माथि दमन गरेपछि विस्तारै वर्गीय आन्दोलन उठ्दै गएको थियो । जनताहरु विस्तारै वर्गसंघर्षमा केन्द्रित हुन थालेका थिए । जस्तैः वस्तीबाट विस्थापित सुकुम्बासीहरुको आन्दोलन,मिटरव्याज पीडितहरुको आन्दोलन, लघुवित्त पीडितहरुको आन्दोलन उठ्दै गएको अवस्थामा यस्ता वर्गीय मुद्दालाई ओझेलमा पार्न सरकारकै सुनियोजित षडयन्त्र अनुसार धार्मिक द्वन्द्व उछाल्ने काम गरिएको हो भन्ने मेरो बुझाई छ । ० नेपालमा बेलाबखतमा अहिलेको सुनसरीको घटना जस्ता…
Read More