जन बिहानी

1715 Posts
अखिल (क्रान्तिकारी) काठमाडाैँले बुझायाे सिडियोलाई ध्यानकर्षण पत्र

अखिल (क्रान्तिकारी) काठमाडाैँले बुझायाे सिडियोलाई ध्यानकर्षण पत्र

लेख बहादुर श्रेष्ठ (सागर)/काठमाडौं : अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले चाडवाड लक्षित तथा बाढिपहिरोको समस्याहरुलाई लिएर ६ बुँदे ज्ञापन पत्र काठमाडौं जिल्लाका सिडियो जयनारायण आचार्यलाई बुझाएका छन । तस्विर : जय दाहाल अनेरास्ववियू (क्रान्तिाकारी)का ईन्चार्ज अज्ञात र संयोजक दिनेशद्धारा हस्ताक्षरित उक्त ज्ञापन पत्रमा उपभोक्त तथा सर्वसाधारणहरुको समस्याहरुलाई तत्काल हल गर्न अनुरोध गरिएको छ । ज्ञापनपत्र बुभ्mदै प्रमुख जिल्ला अधिकारीले सबै समस्याहरुको समाधान गरिने भन्दै कार्यालयबाटै बढी भाडा लिने व्यक्तिहरुलाई तत्काल कारवाही गर्न निर्देशन समेत दिनु भएको थियो । सर्वसाधारणलाई कुनै पनि व्यापारीहरुले ठगेको पाईएमा तथा मुल्य सूचि उल्लेख नगरेको पाईएमा साथै कुनै पनि उपभोक्ता सामानमा उत्पादन मिति र…
Read More

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल २ नं. प्रदेश भरी जिल्ला भेला-सम्मेलन सम्पन्न

धनुषा : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको मंसिर १३–२३ सम्म काठमाण्डौमा सम्पन्न हुन गईरहेको एकता महाधिवेशन नजिकिँदै गर्दा देशभर धमाधम भेला सम्मेलनहरू भैरहेका छन् । यसै सन्दर्भमा २. प्रदेश अन्तर्गत भेला सम्मेलनहरु सम्पन्न भैसकेका छन् । यसैगरी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सप्तरी जिल्लाको जिल्ला भेला २०८१ आश्विन ३ गते रोशनको अध्यक्षता सागरको प्रमुख आतिथ्यता, प्रकाशको उद्घोषण र सुनिलको स्वागतमा सम्पन्न भएको छ । जसमा अतिथिहरुरमेश र मानसिंह रहेका थिए । शहिदहरु प्रति एक मिनेट मौन धारण पछि अगाडि बढेको भेलामा प्रमुख अतिथि, अतिथिहरुले नेपालको कम्युनष्ट आन्दोलन, समसामयिक विषयवस्तुको बारेमा आ-आफ्ना धारणाहरु राख्दै भेला सफलताको शुभ कामना दिएका थिए । भेलाले नौ सदस्य…
Read More
सहकारी पीडितहरूको आक्रोश, चितवनमा रवि लामिछानेमाथि ढुङ्गामुढा

सहकारी पीडितहरूको आक्रोश, चितवनमा रवि लामिछानेमाथि ढुङ्गामुढा

चितवन : चितवनको एक कार्यक्रममा रवि लामिछानेमाथि सहकारी पीडितहरूले आइतबार ढुङ्गामुढा गरेका छन् । पीडितहरूले लामिछानेलाई ढुङ्गा वर्षाए पछि प्रहरीहरूले लामिछानेलाई जोगाउन हम्मेहम्मे परेको थियो । लामिछानेले गत २०७९ को संसदीय चुनावमा अत्यधिक मतले राष्ट्रिय स्वतन्त्र पार्टीबाट चितवनबाट विजय प्राप्त गरेकाथिए । लामिछाने सहकारी ठगी प्रकरण ,द्वेध नागरिकता, वहुविवाह लगायतका अनेकौं प्रकरणमा बदनामित पात्र हुन् । उनको यो वदनामित स्थितिको मौका छोपेर काङ्ग्रेस र एमाले उनको विरुद्धमा लागेको र माओवादी केन्द्र उनको पक्षमा लागेका छन् ।
Read More
नेपाल विजिटल पेमेन्ट्स कम्पनी जलविटेको अध्यक्ष श्री रीना डंगोल नियुक्त

नेपाल विजिटल पेमेन्ट्स कम्पनी जलविटेको अध्यक्ष श्री रीना डंगोल नियुक्त

काठमाडाैँ : नेपाल डिजिटल पेमेन्ट्स कम्पनी जलडिटेिको अध्यक्ष श्री रीना डंगोल डनयुक्त हुनु भएको छ। २०८१ भदौ ३० गते बसेको बोर्ड बैठकले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी जलडिटेि (NDPC) को अध्यक्ष रीना डंगोललाई डनयुक्त गरेको हो । २०८१ असोज १३ गते आयोजित शपथ ग्रहण कायडक्रििा डंगोललेनेपाल राष्ट्रबैंकको भुक्तानी प्रणाली डिभागकाकार्यकारी ननदेशक श्री निनोद राज आचार्यबाट शपथ ग्रहण गनु भयाे । शपथ ग्रहण कायडक्रिपडि अध्यक्ष डंगोललेखुशी व्यक्त गर्दै, नेपाल नडजजटल पेमेन्ट्स कम्पनी जलनमटेडको नित्तीर् समािेशीकरण र आनथयक सशक्तिकरणकाप्रर्ासहरूबाट आफूप्रेररत भएको बताउनु भयाे ।उि कायडक्रििा नेपाल डिजिटल पेमेन्ट्स कम्पनी जलडिटेिका प्रिुख कायडकारी अडिकृ त श्री प्रनिणराज पोखरेलकोसमेत उपक्तिनत रहेको थियाे। निस्ते पे नगर्दरडहत…
Read More
नेपालमा अल्ट्रभोइलेट युभी स्पेस पोडको शाखा बिस्तार

नेपालमा अल्ट्रभोइलेट युभी स्पेस पोडको शाखा बिस्तार

काठमाडाैँ : नेपालमा अल्ट्रभोइलेट युभी स्पेस पोडले आफ्नो शाखा बिस्तार गरेको छ । विश्वमा ५० अत्याधुनिक केन्द्र खोल्ने लक्ष्यका साथ अल्ट्रभोइलेट युभी स्पेस पोडले नेपालमा आफ्नो शाखा बिस्तार गरेको हो । युरोप तथा भारतमा सफल परीक्षण भएर सञ्चालनमा आइसकेको अल्ट्रभोइलेट नेपालका लागि केडिया समूहले साझेदारीगरी सञ्चालनमा ल्याएको हो । केडिया समूहले अन्तर्राष्ट्रिय स्तरको अल्ट्रभोइलेट विस्तारगरी पूर्ण रूपमा आजबाट सञ्चालनमा ल्याएको छ ।F77 Mach 2  शीर्ष–स्तरीय 10.3 kWh SRB7  लिथियम–आयन ब्याट्रीले सुसज्जित छ, यसले बेजोड दायरा र प्रदर्शन प्रदान गर्दछ । उध्योगमा सबै भन्दा राम्रो एक प्रभावशाली 800,000 किमी ब्याट्री वारेन्टीसँग EV क्षेत्रमा एक नयाँ बेन्चमार्क सेट गर्ने कम्पनीले जनाएको छ…
Read More
इच्छुक प्रतिष्ठानको अध्यक्षमा दुःखी र सदस्य सचिवमा मरहट्टा निर्वाचित

इच्छुक प्रतिष्ठानको अध्यक्षमा दुःखी र सदस्य सचिवमा मरहट्टा निर्वाचित

जय दाहाल/काठमाडौं : इच्छुक सांस्कृतिक प्रतिष्ठानको तेह्रौँ प्राज्ञसभा आज सम्पन्न भएको छ । प्रतिष्ठानको चन्द्रागिरि सभाकक्षमा आयोजित प्राज्ञसभाले कार्यसमितिका तर्फबाट सदस्यसचिव मोदनाथ मरहट्टाले प्रस्तुत गर्नुभएको वार्षिक कार्यक्रम, आ.व. २०८१-०८२का लागि अनुमानित बजेटलाई आवस्यक परिमार्जन सहित पारित गर्नुका साथै प्रतिष्ठनको गत आ.व.को वासलात सहितको लेखापरीक्षण प्रतिवेदन अनुमोदन गरेको थियो । उक्त प्राज्ञसभाले आगामी दुई वर्षीय कार्यकालका लागि नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको अध्यक्षमा प्रगतिवादी साहित्यकार हिरामणि दुःखी र सदस्यसचिवमा कवि तथा निबन्धकार मोदनाथ मरहट्टालाई निर्वाचित गरेको हो । कार्यसमितिका अन्य सदस्यहरूमा प्रा.डा. जगदीशचन्द्र भण्डारी, प्रा.डा. नन्दीश अधिकारी, मित्रलाल पंज्ञानी, गौरी देवकोटा, पञ्चकुमारी परियार, शीला योगी र अनिल…
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, मकवानपुरको प्रथम भेला सम्पन्न

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, मकवानपुरको प्रथम भेला सम्पन्न

मकवानपुर : माेहन वैद्य 'किरण' नेतृत्वकाे क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, मकवानपुरको प्रथम जिल्ला भेला मंगलबार सम्पन्न भएको छ। उक्त भेलाले सद्दाम हुसेनकाे नेतृत्वमा १० सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेकाे छ भने बाँकी १ जना सदस्य पछि थप गर्ने निर्णय गरेकाे जानकारी पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज गणेश खड्की 'गगन'ले जन बिहानीलाई दिनु भएकाे छ । निर्वाचित हुनेहरू सचिवमा सद्दाम हुसेन, सदस्यहरूमा मनकुमार न्याैपाने, हरिकुमार विक, दिपक लामा, मिन बहादुर गाैतम, सचिता देवकाेटा, प्रभा श्रेष्ठ, जावेद अन्सारी, सेराद अन्सारी, अमर लामा रहेका छन् । भेलालाई प्रमुख अतिथि एवं क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल केन्द्रीय सचिवालय सदस्य तथा मकवानपुर जिल्ला…
Read More
एकता महाधिवेशन सफल पारौं, पार्टी एकताको स्पीरिटलाई आत्मसात गरौं

एकता महाधिवेशन सफल पारौं, पार्टी एकताको स्पीरिटलाई आत्मसात गरौं

देशका ३ वटा कम्युनिस्ट पार्टी ने.क.पा. (क्रान्तिकारी माओवादी), नेकपा (मशाल) र नेकपा (बहुमत) का बीच २०७९ सालको मंसिरबाट पार्टी एकताका लागि औपचारिक वार्ता शुरु भएको थियो । त्यसभन्दा पहिले अनौपचारिक वार्ता तथा एमसीसी विरोधी आन्दोलन, चुनाव बहिष्कार आन्दोलन, राष्ट्रघाती नागरकिता विधेयक सम्बन्धी आन्दोलन र अन्य राष्ट्रियता, जनतन्त्र, जनजीविकाका आन्दोलनमा सहकार्य भएका थिए । सहकार्य, वार्ता र छलफलको पृष्ठभूमिमा तीन पार्टीहरुबीच पार्टी एकतालाई अगाडि बढाउने निस्कर्षमा पुगेका थियौं । आधारभूत रुपमा वर्गसंघर्ष, सर्वहारा अधिनायकत्व, बल प्रयोगको सिद्धान्तलाई तीन वटै पार्टीले स्वीकार गरेका थियौं । देशको कम्युनिस्ट आन्दोलन विश्व कम्युनिस्ट आन्दोलनको अभिन्न अंग भएको र सर्वहारा अन्तर्राष्ट्रवादलाई स्वीकार गर्दै विद्यमान दलाल नोकरशाही…
Read More
आज ३ प्रदेशमा वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध

आज ३ प्रदेशमा वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध

काठमाडाैँ : हाल देशभर मनसुनी वायुको प्रभाव छ। देशको पूर्वी र मध्य भागमा भने दक्षिण पश्चिम बंगलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। यतिबेला (शुक्रबार बिहान) कोसी र बागमती प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले कोसी र बागमती प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो पनि कोसी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। देशका बाँकी भूमागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान विभागको छ। दिउँसो कोसी, बागमती…
Read More
रक्तिम सांस्कृतिक अभियानले उचाल्यो पोखरा

रक्तिम सांस्कृतिक अभियानले उचाल्यो पोखरा

रक्तिम र सामना परिवारका कलाकारहरुको बेजोड प्रस्तुती पोखरा : रक्तिम सांस्कृतिक अभियानद्वारा बुधबार पोखरा सभागृहमा आयोजित ‘विविध जनसांस्कृतिक कार्यक्रम’मा गीत प्रस्तुत गर्दै गायक जीवन शर्मा । तस्बिर : राम थापा/रासस गण्डकी ।‘चाहिँदैन मलाई सुनको दरबारचाहिँदैन मलाई हिरामोती हारयसै राम्रो छ मेरो पैदल यात्राचाहिँदैन मलाई टल्कने कार‘’जनगायक जीवन शर्माले यो गीत गाउँदा दर्शकदीर्घाबाट एकनासले तालीको गड्गडाहट सुनिन्थ्यो । कसैले शर्माको स्वरमा स्वर मिलाए, कतिले नाचेर साथ दिए । बुधबार सन्ध्यापख जनगायक शर्मालाई रक्तिम सांस्कृतिक अभियानले पोखरा सभागृहको मञ्चमा उभ्याएपछिको माहोल यस्तै थियो । उहाँले ‘चाहिँदैन मलाई सिसाको महल‘’, ‘सिमली छायाँमा बसी‘’ लगायत आफ्ना चर्चित सुनाउनुभयो ।वर्षौँपछि घर फर्केको प्रवासीको मनोभावना समेटिएको…
Read More