क्रान्तिकारी युवा सङ्घ नेपालले दियो अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामना
काठमाडौं : क्रान्तिकारी युवा संघ नेपालले आज १२ अगस्टका दिन युवा दिवसको सन्दर्भमा शुभकामना वक्तव्य प्रकाशित गरेको छ। सङ्घका केन्द्रीय संयोजक सूर्य तिमिल्सिना (जीवित)द्वारा जारी उक्त वक्तव्यमा युवाहरूले केवल युवा दिवसलाई दिवसको रुपमा मात्रै नमनाएर भ्रष्टाचार,कमिसन, सुदखोरी, का विरुद्ध संघर्ष अगाडि बढाउनुपर्ने र स्वतन्त्रता, समानताका लागि संघर्ष गर्नुपर्ने समेत वक्तव्यमा उल्लेख गर्नुभएको छ ।वक्तव्यमा लेखिएको छ – “विगत १९९९ अगस्ट १२ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वभरका युवाहरूले आफ्नो अधिकार,न्याय, समानता, क्षमता र जिम्मेवारीको चर्चा गर्दै अन्तर्राष्ट्रिय युवा दिवस मनाउँदै आइरहेका छन् । नेपालका युवाहरूले पनि २००४ देखि यो अन्तर्राष्ट्रिय युवा दिवस मनाई आई रहेका छौं । अव हामीले केवल उत्सवकारूपमा मात्रै…