धर्मेन्द्र बास्तोला ‘कञ्चन’

प्रवक्ता कञ्चनले भने ‘गठबन्धन भत्काउने र बनाउने खेल दिल्लीकै गुप्त योजना हाे’

प्रवक्ता कञ्चनले भने ‘गठबन्धन भत्काउने र बनाउने खेल दिल्लीकै गुप्त योजना हाे’

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । पार्टीका प्रवक्ताले एक प्रेस विज्ञप्तिमार्फत् सो पार्टीको धारणा सार्वजनिक गर्नुभएको हो । प्रेस–विज्ञप्तिमा विकसित राजनीतिक घटनाक्रम र परिस्थितिको सूक्ष्म विश्लेषण गर्दै संसदीय व्यवस्थाभित्र गठबन्धन भत्काउने र बनाउने खेलमा दिल्लीकै गुप्त योजना भएको हुन सक्ने आशंका गरिएको छ । विज्ञप्तिमा संसदीय व्यवस्थामा जुनसुकै व्यक्ति सरकारमा गए पनि देश र जनताको अवस्थामा परिवर्तन नआउने र त्यसका लागि यो संसदीय व्यवस्था नै परिवर्तनको आवश्यकतामाथि जोड दिंदै भनिएको छ , “संसदवादी शासकहरु, दलाल पुजीवादी लुटेराहरु, विदेशी मालिकका चाटुकारहरु, साम्राज्यवादी/विस्तारवादी शक्तिका नेपाली एजेन्टहरुका कुनै प्रचारवाजी र भ्रमहरुमा नपरी नेपाली…
Read More
क्रान्तिकारीक कम्युनिस्ट पार्टीद्वारा कारागारमुक्त ४ जना राजबन्दीहरुलाई भव्य स्वागत

क्रान्तिकारीक कम्युनिस्ट पार्टीद्वारा कारागारमुक्त ४ जना राजबन्दीहरुलाई भव्य स्वागत

काठमाडौं : २०७५ साल फागुन १० गते पक्राउ परेका राजबन्दीहरु सुर्य भुजेल, रामकृष्ण खतिवडा, दोर्ची शेर्पा र शिव धिमाललाई कारागारमुक्त भएर आएपछि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भव्य स्वागत तथा अभिनन्दन गरेको छ । पार्टीका अध्यक्ष मोहन वैद्य किरण, कार्यालय सदस्य तथा पार्टी प्रवक्ता धर्मेन्द्र बास्तोला, कार्यालय सदस्य तथा प्रदेश ३ का इन्चार्ज हेमन्तप्रकाश ओली सुदर्शन, कार्यालय सदस्य सीताराम तामाङ, कार्यालय सदस्य तथा युवा नेता उदयबहादुर चलाउने दिपक, कार्यालय सदस्य इन्द्रमोहन सिग्देल, कार्यालय सदस्य कृष्ण धमला, कार्यालय सदस्य चन्द्रहरि सुवेदी अटल, कार्यालय सदस्य पवनमान श्रेष्ठ लगायतका नेताहरुले कारागारमुक्त राजवन्दीहरुलाई खादा र माला लगाइदिएर भव्य रुपमा स्वागत गर्नुभएको थियो । कार्यक्रममा राजबन्दीहरु सुर्य…
Read More
कमरेड कृष्णदास श्रेष्ठलाई सम्झनु र सम्मान गर्नु भनेको क्रान्तिको तयारी गर्नु हो : किरण

कमरेड कृष्णदास श्रेष्ठलाई सम्झनु र सम्मान गर्नु भनेको क्रान्तिको तयारी गर्नु हो : किरण

'कृष्णदास श्रेष्ठले सँधै प्रतिक्रियावाद र संशोधनवादका विरुद्ध लड्न सिकाउनु भयो' काठमाडौं । कमरेड कृष्णदास श्रेष्ठको स्मृति तथा स्मृतिग्रन्थको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य किरणले कमरेड कृष्णदास श्रेष्ठलाई सम्झनु र सम्मान गर्नु भनेको प्रतिक्रियावाद र संशोधनवादका विरुद्ध लडेर क्रान्तिको तयारी गर्नु हो । उहाँले कमरेड कृष्णदास श्रेष्ठ नेपाली कम्युनिस्ट आन्दोलनको एउटा स्कूल नै रहेको चर्चा गर्दै कैयौं मानिसहरु उहाँकै अनुदित र मौलिक कृतिहरु पढेर कम्युनिस्ट आन्दोलनमा लागेको बताउनु भयो । उहाँले नेपालको कम्युनिस्ट आन्दोलनभित्रका वैचारिक, राजनीतिक, सांगठनिक, संघर्ष, साहित्यक र सौन्दर्य चिन्तनका क्षेत्रमा रहेका समस्याहरुको गम्भीर रुपमा अध्ययन गरेको र निकै महत्वपूर्ण योगदान पु¥याएको भन्दै कमरेड…
Read More
क्रान्तिकारी युवा सङ्गठन नेपालका कार्यालय सदस्य तथा उपइन्चार्ज रामटेल २१ दिनपछि रिहा

क्रान्तिकारी युवा सङ्गठन नेपालका कार्यालय सदस्य तथा उपइन्चार्ज रामटेल २१ दिनपछि रिहा

धनगढी : मोहन वैद्य ‘किरण’ले नेतृत्व गरेको पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे साहायक संगठन क्रान्तिकारी युवा सङ्गठन नेपालका केन्द्रीय कार्यालय सदस्य तथा उपइन्चार्ज भुवन रामटेल साेमबार रिहा भएका छन् । उनलाइ जिल्ला प्रशासन कार्यालय कैलालीबाट २१ दिनपछि रिहा भएको क्रान्तिकारी युवा सङ्गठन नेपालले जनाएकाे छ। रामटेललाइ स्वागत गर्न पार्टीका नेता तथा कार्यकर्ताहरू जिल्ला प्रशासन कार्यालयमा पुगेका थिए ।
Read More
सहिद सप्ताह आजदेखि सुरू

सहिद सप्ताह आजदेखि सुरू

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले विभन्न कार्यक्रम गरी मनाउँदै काठमाडौँ : नेपालको इतिहासमा विविध कालखण्डमा भएका वर्गीय र न्यायपूर्ण युद्धका क्रममा उच्च सहादत प्राप्त गर्ने सहिदहरूको सम्झना र सम्मानमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालसहित विभिन्न धारामा विभाजित माओवादीहरूले हरेक वर्षको फागुन १४ देखि २१ गतेसम्म बलिदान दिवस (सहिद सप्ताह) मनाउँदै आएका छन् । सहिद सप्ताह देशैभर भव्य रूपमा मनाउन क्रान्तिकारी कम्युनिस्ट पार्टीले सबै पार्टी कमिटीमा सर्कुलर जारी गरिसकेको छ । सहिद परिवारहरूसँग भेटघाट अन्तरक्रिया गर्ने र जनयुद्धका बाँकी कार्यभार पूरा गर्ने महान् राजनीतिक अभियानमा सहिद परिवारहरूलाई जोड्ने उद्देश्य राखेर क्रान्तिकारी माओवादीले यो एक हप्ता सहिद परिवारहरूसँग भेटघाट अन्तरक्रिया गर्ने कार्यक्रम राखेको सम्बद्ध स्रोतले…
Read More
अखिल (क्रान्तिकारी) रुपन्देहीको २६औं सम्मेलन सम्पन्न, संयोजकमा थापा

अखिल (क्रान्तिकारी) रुपन्देहीको २६औं सम्मेलन सम्पन्न, संयोजकमा थापा

रुपन्देही : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) रुपन्देहीको २६ औं जिल्ला सम्मेलन सोमवार बुटवलमा सम्पन्न भएको छ । जिल्ला सम्मेलन उद्घाटन सत्रमा प्रमुख अतिथि अखिल(क्रान्तिकारी) का केन्द्रीय संयोजक मिलन राईले शैक्षिक ब्यापारीकरण तथा माफियाकरणका बिरुद्ध संर्घष केन्द्रीत गर्न निर्देशन गर्नुभयो । उहाँले मिसन एभ्रीडे अन्तरगत भएका गतिबिधिहरुको चर्चा गर्दै भष्ट्राचार बिरुद्ध संगठनले गरेका कारवाहीहरुलाई जनताको साथ र समर्थन रहेको बताउनुभयो । कार्यक्रममा बिशिष्ट अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश ईन्चार्ज प्रेम सुवेदीले नयाँ जनवादी हुदैं बैज्ञानिक समाजवादी यात्रामा युवा बिद्यार्थीहरु एकाकार भएर लाग्नुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा पार्टीका केन्द्रीय सल्लाहकार संजिवकुमार, अखिल…
Read More
जनयुद्ध, सहिदी मूल्य र सहिद सप्ताह

जनयुद्ध, सहिदी मूल्य र सहिद सप्ताह

विषयारम्भ नेपाली जनताको मुक्तिकामी अभियानमा सर्वप्रथम लखन थापाले सहादत प्राप्त गरे, यद्यपि यसअघि नै सहादतको प्रक्रिया सुरु भइसकेको थियो । राणाविरोधी आन्दोलनमा गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्रीले हाँसीहाँसी जीवनाहुति दिए । युवाविद्यार्थी चिनियाँकाजी श्रेष्ठ, क्रान्तिकारी किसान नेता भीमदत्तदेखि विद्रोही कामी बुढा मगरले पनि महान् सहादत प्राप्त गरे । पूर्वी नेपालको बारा, पर्सा, रौतहटमा २०११/०१२ तिर सशक्त किसान आन्दोलनका क्रममा सुखलाल महतोदेखि पञ्चायती निरङ्कुशताविरोधी आन्दोलनमा मधेसका कामेश्वर र कुशेश्वर यादवले पनि नेपाली धर्तीमा आफ्नो अमूल्य रगत बगाए । पञ्चायती शासनविरोधी काङ्ग्रेसले सुरु गरेको हतियारबद्घ सशस्त्र सङ्घर्षमा ओखलढुङ्गाको टिमुरबोटेमा क्याप्टेन यज्ञबहादुर थापादेखि २०२८/०२९ सालको झापा सशस्त्र विद्रोहको क्रममा…
Read More
अखिल नेपाल क्रान्तिकारी वैदेशिक श्रमिक संघको एकता अधिवेशन सम्पन्न

अखिल नेपाल क्रान्तिकारी वैदेशिक श्रमिक संघको एकता अधिवेशन सम्पन्न

काठमाडौँ : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले आफनो ‘कारखाना जाऔं’ अभियानलाई जारी राखेको छ । अभियानलाई व्यवस्थित ढंगबाट अगाडि बढाइरहेको छ । यसै क्रममा महासंघको केन्द्रीय समितिको निर्णय दृढतापुर्वक कार्यान्वयन गर्दै जाने नीति अनुरुप चार महिने कारखाना जाउँ अभियान थप सशक्त बन्दै गइरहेको बुझिएको छ । महासंघले देशैभरि आफ्नो सांगठनिक गतिविधि तिव्र पारेको छ। यहि क्रममा महासंघको आफ्नो घटक संघ अखिल नेपाल क्रान्तिकारी वैदेशिक श्रमिक संघको एकता अधिवेशन शनिबार काठमाडौंको नयाँ वसपार्क तमु हलमा भव्य कार्यक्रम सहित सम्पन्न गरेको छ । अधिवेशको प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेपालका कार्यालय सदस्य तथा महासंघका संयोजक दिनेश शर्मा सागर र विशेष अतिथि…
Read More
क्रान्तिकारी कम्यनिष्ट पार्टी, नेपाल सिन्धुपाल्चोकले दिए कर्म तामाङलाई भावपूर्ण श्रद्धाञ्जली

क्रान्तिकारी कम्यनिष्ट पार्टी, नेपाल सिन्धुपाल्चोकले दिए कर्म तामाङलाई भावपूर्ण श्रद्धाञ्जली

सिन्धुपाल्चोक : क्रान्तिकारी कम्यनिष्ट पार्टी, नेपाल जिल्ला संगठका समिति सिन्धुपाल्चोक जिल्ला सदस्य रेशम माक्तानकाे ममतामही आमा कर्म तामाङको यही फागुन ३ गते ७२ वर्षकाे उमेरमा निधन भएकाेप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेकाे छ । फागुन ११ गते जिल्ला संयाेजक सृष्टिले प्रेस वक्तव्य जारी गर्दै सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका वडा नं. ४ निवासी कर्म तामाङको निधनले अत्यन्तै दुःखित भएकाे बताउदै रेशम मोक्तानलगायत शोकसन्तप्त परिवार तथा सम्पूर्ण आफन्तजनहरुमा हार्दिक समवेदना व्यक्त गरेकी छन् । संयाेजक सृष्टिले जारी गरेकाे प्रेस वक्तव्यमा भनिएकाे छ, ‘क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सिन्धुपाल्चोक जिल्ला कमिटी सदस्य कमरेड रेशम मोक्तानको ममतामही आमा तथा सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँ पालिका वडा नं. ४…
Read More
गलैंचा क्षेत्रमा पुग्याे कारखाना जाऔं अभियान

गलैंचा क्षेत्रमा पुग्याे कारखाना जाऔं अभियान

वसन्त बोगटी/काठमाडौँ : महासंघको कारखाना जाऔं अभियान गलैंचा उद्योग र मजदुर बीचमा पुगेको छ । यसै बीच अभियानले नारायण गलैंचा उद्योगमा एन पहरीको संयोजकत्वमा १९ सदस्य इकाई कमिटी निर्माण गरेको छ । अभियानमा क्रान्तिकारी गलैंचा मजदुर संघका संयोजक केशव बुढाथोकी, सह संयोजक अरुण श्रेष्ठ र वसन्त बोगटीको उपस्थिति रहेको थियो । गत २७ गते केन्द्रीय अधिवेशन सम्पन्न लगत्तै क्रान्तिकारी गलैंचा मजदुर संघले न्यूनतम ५ हजार मजदुर संगठित गर्ने र एक सय इकाई निर्माण गर्ने लक्ष्य सहित कारखाना जाऔं अभियान अघि बढाएको छ । गलैंचा क्षेत्रमा बालश्रम यथावत छ । यस क्षेत्रमा ठूला निर्यात कम्पनीहरुले मझौला तथा लघु उद्योग र श्रमिकहरु…
Read More