धनगढी : मोहन वैद्य ‘किरण’ले नेतृत्व गरेको पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे साहायक संगठन क्रान्तिकारी युवा सङ्गठन नेपालका केन्द्रीय कार्यालय सदस्य तथा उपइन्चार्ज भुवन रामटेल साेमबार रिहा भएका छन् ।
उनलाइ जिल्ला प्रशासन कार्यालय कैलालीबाट २१ दिनपछि रिहा भएको क्रान्तिकारी युवा सङ्गठन नेपालले जनाएकाे छ। रामटेललाइ स्वागत गर्न पार्टीका नेता तथा कार्यकर्ताहरू जिल्ला प्रशासन कार्यालयमा पुगेका थिए ।