दलित नेताहरुको गिरफ्तारीको क्रान्तिकारी कम्युनिस्ट पार्टीले गर्यो घोर भत्र्सना
काठमाडौं : अजित मिजारको हत्यारालाई कारबाही र पीडित परिवारलाई न्यायको निम्ति आज माइतीघर मण्डलामा चार दलित संगठनले गरेको ‘वृहत् खबरदारी कार्यक्रम’माथि प्रहरीले हस्तक्षेप गरी ५० जनाभन्दा बढी दलित नेताहरुलाई गरेको गिरफ्तारीको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले घोर भत्र्सना गरेको छ । पार्टी प्रवक्ता कञ्चनले जारी गरेको वक्तव्यमा गिरफ्तार गरिएका दलित मोर्चाका नेता कार्यकर्ताहरुलाई तत्काल रिहा गर्न जोडदार माग गरिएको छ । वक्तव्यमा गिरफ्तार हुनेहरुमा एकीकृत दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय संयोजक दर्शन नेपाली, सहसंयोजक टेक बहादुर वि.क., राम नेपाली, शोभा विश्वकर्मा, विरेन्द्र सुनार, कृष्ण सेवा लगायत हुनुहुन्छ । त्यसै गरी अन्य संगठनबाट दलमर्दन कामी, दुर्गा बराइली अर्जुन, प्रमिता, रबिना परियार, दिलिप…