दशैँमा १० सुनको सिक्का जित्ने अफर, सि.जी.का साना घरायसी सामाग्रीहरुमा
काठमाडाैँ : नेपालको अग्रणी ब्राण्ड सि.जी. स्मार्ट डोमेस्टिक एप्लायन्स (एस डि ए) ले दशैँ, तिहार र छठको रमाइलो पर्वलाई लक्षित गर्दै आफ्नो नयाँ योजना “दशैँमा १० अफर” ल्याएको छ । यस अभियान अन्तर्गत दश भाग्यशाली ग्राहकहरुले १० – १० ग्रामका १० सुनका सिक्काहरु जित्ने अरवसर प्राप्त गर्नेछन् । यो अफर सि.जी. का साना घरायसी उपकरणहरुमा मात्र समावेश छन्। यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले सि.जी. का कुनै पनि साना किचन एप्लायन्स खरिद गरि बिज्ञापन वा सामान किनेको पसलमा दिइएको क्यूआर कोड अनिवार्य रुपमा स्क्यान गरि आफ्नो बिबरण भरि समाबेस गर्नुपर्नेछ। यो योजना सि.जी.का हिटर, आइरन, मिक्सर ग्राइन्डर, राइस कुकर, फ्यान,…