महाधिवेशनलाई भव्य, सानदार र ऐतिहासिक रुपमा सफल पार्न ५ नं. प्रदेश संयाेजक अटलकाे अनुराेध

दाङ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशनलाई भव्य, सानदार र ऐतिहासिक रुपमा सफल पार्न ५ नं. प्रदेश संयाेजक अटलले अनुराेध गर्नुभएकाे छ । उहाँले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै ‘सवै किसान, मजदुर, श्रमजीवी शिक्षक, विद्यार्थी, प्रोफेसर, डाक्टर, इन्जिनियर, कानुन व्यवसायी, व्यापारी, उद्योगपती, निर्माण व्यसायी पत्रकार लगायत सम्पूर्ण तह र तप्काका न्यायप्रेमी जनसमुदायमा सहयोग र समर्थनका लागि हार्दिक अनुरोध गर्दछौ’

विज्ञप्तिमा भनिएकाे छ, ‘गत भाद्र २८ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ५ नं. प्रदेश संगठन समितिको तेस्रो बैठक भव्य रुपमा सम्पन्न भएको छ । प्रदेश समितिका इन्चार्ज क. कुमुदको विशेष उपस्तिथि र प्रदेश संयोजक क अटलको अध्यक्षतामा सम्पन्न सो बैठकले आगामी मंसिर १३ देखि २३ गतेसम्म सम्पन्न हुने क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशनलाई भव्य, सानदार र ऐतिहासिक रुपमा सम्पन्न गर्ने निर्णय गरेको छ । बैठकमा प्रदेश इन्चार्ज, संयोजक तथा जिल्ला इन्चार्ज तथा संयोजकहरुले आ-आफ्नो क्षेत्रको रिपोर्टिङ गर्नुका साथै रिपोर्टिङमा जिल्ला जिल्लामा पार्टी एकताको भावना अनुसार काम भइरहेको जानकारी गराइएको थियो । बैठकले पार्टी विरोधि र फुटप्रस्त गतिविधिमा क्रियासिल १० जनालाई पार्टीबाट निष्कासन गरिएको छ । राष्ट्रिय एकता महाधिवेशनलाई भव्य र ऐतिहासिक रुपमा सम्पन्न गर्न प्रदेश संयोजक क अटनको नेतृत्वमा सह संयोजकहरु क. गति, क. समीर, क. कृष्ण केसी सहितको एउटा आर्थिक समिती गठन गरेको छ । त्यसै गरि क. प्रशान्तको संयोजकत्वमा एउटा प्रसार प्रचार समितीको गठन गरेको छ । ३१ भाद्र २०८१ मा अर्थ समितिको बैठक बसि कामको थालनी भैइसकेको जानकारी गराउदछौ ।
आजको विश्वमा भुमन्डलिकृत पुजिवादको दवदवा तिव्र बन्दै गएको छ । जसको कारणले नेपाल र बिस्वका श्रमजीवी किसान मजदुरको अवस्था थप कस्टकर बन्दै गइरहेको छ । नेपालको राष्ट्रियता समेत संकटग्रस्त बन्दै गइरहेको अवस्थामा सरकारले एकपछी अर्को राष्ट्रघात, जनघात, भ्रस्टाचार र अनियमितताका शृङ्गलाहरु थप्दै गएको परिस्थितिमा राष्ट्रियता, जनतन्त्र र जनजिविकाको समस्याका कारण युवा पुजि र प्रतिभा पलायन ठूलो समस्याका रुपमा अगाडि आएको छ । नेपालका संसदिय कम्युनिस्ट पार्टीहरुले संसदिय संशोध नवादी मार्ग अवलम्बन गरेका छन जसको कारण संशोधनबादी र पुजिवादी पार्टीको कार्यशैलीमा अन्तर देखिदैन । त्यसकारण हामी नेपाली कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी धुर्वीकरनको दिशामा अगाडि बढाउन प्रत्नशिल छौं । यसै शिलशिलामा हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ऐतिहासिक राष्ट्रिय एकता महाधिवेशन सम्पन्न गर्न गैइरहेको छ। महाधिवेशनलाई भव्य, सानदार र ऐतिहासिक रुपमा सफल पार्न हामी सवै किसान, मजदुर, श्रमजीवी शिक्षक, विद्यार्थी, प्रोफेसर, डाक्टर, इन्जिनियर, कानुन व्यवसायी, व्यापारी, उद्योगपती, निर्माण व्यसायी पत्रकार लगायत सम्पूर्ण तह र तप्काका न्यायप्रेमी जनसमुदायमा सहयोग र समर्थनका लागि हार्दिक अनुरोध गर्दछौ । क्रान्तिकारी अभिवादन सहित ।’

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?