Blog

अभिनेत्री मलिका महतको क्यारेक्टर पोस्टर सार्वजनिक

काठमाडौं : फागुन १८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्मले अभिनेत्री मलिका महतको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । अभिनेताद्धय सौगात मल्ल र नाजिर हुसेनको गेटअपपछि निर्माताले सोमबार अभिनेत्रीको पोस्टर ल्याएका हुन् । निर्माताले टिजर रिलिजको ३ दिन अगाडि अभिनेत्री महतको लुक्स सार्वजनिक गरेका हुन् । फिल्ममा मलिका ‘चाँदनी’को भूमिकामा देखिदैछिन् । यद्यपी, उनको भूमिकाबारे खुलाइएको छैन । सौरभ चौधरी निर्देशित फिल्ममा निर्देशक निश्चल बस्नेतको समेत अभिनय छ । फिल्ममा प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा लगायतका कलाकारको पनि मुख्य भूमिका छ । डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा बनेको फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको लगानी…
Read More
मिडियामा कम बजेट जाने देखिएकाले त्यसलाई रोक्न नियमावली परिमार्जन गर्नुपरेको हाे : मन्त्री शर्मा

मिडियामा कम बजेट जाने देखिएकाले त्यसलाई रोक्न नियमावली परिमार्जन गर्नुपरेको हाे : मन्त्री शर्मा

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विज्ञापन क्षेत्रको चुहावट नियन्त्रण गरेरै छाडिने बताएकी छिन् । सोमबार विज्ञापन बोर्डद्वारा आयोजित ‘रेडियो टेलिभिजनको व्यावसायिक प्रवर्द्धनमा संलग्न जनशक्तिको क्षमता विकास’ कार्यक्रममा मन्त्री शर्माले विज्ञापन नियमावली संशोधन भएकाले विज्ञापन चुहावट नियन्त्रण हुने बताइन् । विज्ञापनमा धेरै चुहावट भएको, विज्ञापनको बजेट सम्बन्धित मिडियामा पुग्न नसकेको र यसले मिडिया आत्मनिर्भर हुन सकेनन् भनेर धेरै गुनासो आएपछि विज्ञापन नियमावली संशोधन गरिएको उनले बताइन् । ‘अब यसबाट धेरै सुधार आउने विश्वास छ,’ उनले भनिन् । मन्त्री शर्माले सरकारी विज्ञापनमा अर्बौं बजेट विनियोजन हुने गरे पनि बीच बाटोमै हराएर मिडियामा एकदमै कम बजेट जाने प्रवृत्ति देखिएकाले त्यसलाई…
Read More
क्रान्तिकारी ट्रेड युनियन महासंघले अब कारखानाहरुमा अभियान चलाउने

क्रान्तिकारी ट्रेड युनियन महासंघले अब कारखानाहरुमा अभियान चलाउने

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सम्बद्ध अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले अब उद्योग तथा कारखानाहरुमा अभियान चलाउने भएको छ । महासंघले सोमबार ‘कारखाना जाऔं’ भन्ने अभियान उद्घाटन गरिएको छ । महासंघका संयोजक दिनेश शर्माले बालाजु औद्योगिक क्षेत्रमा अभियानको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा महासंघका संयोजक दिनेश शर्माले अभियान निर्देशिका जारी गर्दै अभियानको महत्त्वबारे स्पष्ट गर्नु भएको थियो। त्यसैगरी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य एवं प्रमुख अतिथि चन्द्रहरी सुवेदी कमरेड अटल र राष्ट्रिय उद्योग व्यापार महासंघका संयोजक जितेन्द्र दाहालले शुभकामना मन्तव्य राख्नुभएको थियो । उद्घाटन कार्यक्रमलाई महासंघका सहसंयोजक इश्वर तिमिल्सिना र ३ नम्बर प्रदेश संयोजक कुमार घतानेले…
Read More
सीता मा.वि देवदहलाई अखिल (क्रान्तिकारी)को चेतवनी

सीता मा.वि देवदहलाई अखिल (क्रान्तिकारी)को चेतवनी

काठमाडौं : आज एक विज्ञप्ति प्रकाशित गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) लुम्विनी प्रदेश कमिटीले रुपन्देहीको देवदह न.पा. १० स्थित सीता मा.वि.मा भएको आर्थिक अनियमितताका बारेमा भ्रष्टाचारमा संलग्नहरुलाई कडा कारवाही गर्न माग गरेको छ । उक्त विद्यालयमा स्कूल बस किन्नका लागि प्राप्त बजेटमा विद्यालय प्रशासन र स्थानीय जनप्रतिनिधिको मिलेमतोमा आर्थि अनियमितता गरेको देखिएपछि विद्यार्थी सङ्गठनले दोषिहरुलाई कारवाहीको माग गरिएको जनाएको छ । अनियमितता भएको जनाउँदै स्थानीय अविभावकहरुले विरोध जनाउँदा पनि सो कुराको सुनुवाई सम्बन्धित पक्षबाट नभएपछि विद्यार्थी सङ्गठनले कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।
Read More
लेनिनको १०० औं स्मृति दिवस र आजको विश्व

लेनिनको १०० औं स्मृति दिवस र आजको विश्व

डा. केशव देवकोटा विश्व सर्बहारा बर्गका महान नेता लेनिनको निधन भएको हिजो जनवरी २१ ( माघ सातगते) १०० वर्ष पुगेको छ । उहाँको निधन सन् १९२४ जनवरी २१ मा ५३ वर्षको उमेरमा भएको थियो । विश्वभर हिजो लेनिन शताब्दी स्मृति दिवस मनाइएको छ र उहाँका योगदानहरुको स्मरण गरिएको छ । व्लादिमिर इल्यिच लेनिनको जन्म सन् १८७० को अप्रिल २२ मा रुसमा भएको थियो । माक्र्स, एङ्गेल्सले प्रतिपादन गर्नुभएको क्रान्तिकारी दर्शन र वैज्ञानिक समाजवादको विकास र प्रयोगमा उहाँको ठूलो योगदान रहेको छ । उहाँले नै विश्वमा पहिलो पटक माक्र्सवादलाई सही किसिमले प्रयोग गरेर शोषित पीडित जनताको राज्यसत्ताको स्थापना गर्नुभएको थियो ।…
Read More
लाइसेन्सको ट्रायलमा आफ्नै सवारी साधन प्रयोग गर्न  अबदेखि पाउने

लाइसेन्सको ट्रायलमा आफ्नै सवारी साधन प्रयोग गर्न अबदेखि पाउने

काठमाडौँ : सवारी चालक अनुमति पत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा (ट्रायल) दिँदा व्यक्तिले आफ्नै सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन राष्ट्रिय सतर्कता केन्द्रले निर्देशन दिएको छ । केन्द्रले सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गर्दै ट्रायल दिने परीक्षार्थीहरूलाई स्वेच्छाले आफ्नो सवारी साधन प्रयोग गर्न दिन पाउने व्यवस्था मिलाउन निर्देशन दिएको हो । केन्द्रको माघ ५ गते बसेको सचिवस्तरीय बैठकले यसबारे निर्णय गर्दै सोको कार्यान्वयनसम्बन्धी जानकारी केन्द्रलाई उपलब्ध गराउन समेत निर्देशन दिइएको छ । लाइसेन्स ट्रायलमा प्रशिक्षक केन्द्रहरूले मनपरी गरिरहेको भन्ने गुनासाका बिच केन्द्रले दिएको निर्देशन कार्यान्वयन भएमा सेवाग्राहीलाई फाइदा पुग्ने अपेक्षा गरिएको छ । ‘सवारी चालक अनुमति पत्रको…
Read More
नेकपा विप्लव कञ्चनपुरका ९ नेताकार्याकर्ताले किन त्यागे पार्टी

नेकपा विप्लव कञ्चनपुरका ९ नेताकार्याकर्ताले किन त्यागे पार्टी

कञ्चनपुर : नेपाल कम्युनिष्ट पाटी (विप्लव) कञ्चनपुरका ९ नेता कार्यकर्ताहरूले पाटी परित्याग घोषणा गरेका छन । शनिबार संयुक्त एक प्रेस विज्ञप्ती निकालेर उनीहरू सामुहिक रूपमा पाटी घोषणा गरेको जनाएका छन । नेकपा विप्लवका केन्द्रीय प्रतिनिधी राजेन्द्र विष्ट(परिर्वतन),जिल्ला सचिवालय सदस्य मनमोहन जोशी(एमएनसी), बिरेन्द्र जोशी(बिएनसी), जिल्ला सदस्य अमिर कुँवर(अमिर सी), गोबिन्द धामी(गोबिन्द सी),नरेश विष्ट(नरेश सी),बिरेन्द्र विष्ट(बिरेन्द्र सी), सुरेश नेपाली र जय बहादुर ऐर(जया सी)ले हस्ताक्षर गर्दै पाटीबाट अलग रहेको घोषणा गरेका छन । ९वटै नेता कार्यकर्ताहरूले संयुक्त रूपमा जारी गरेको विज्ञप्तीमा नेपालका राजनीतिक दलहरूले समाजवादको नाराको जतिसुकै फलाके पनि उनीहरू आन्तरिक जिवनमा समाज र राष्ट्र लक्षित स्वयमसेवी भावनाको विकासका लागि आजका दिनसम्म…
Read More
क्रान्तिकारी युवा संगठन सुदूरपश्चिम प्रदेशको चेतावनी

क्रान्तिकारी युवा संगठन सुदूरपश्चिम प्रदेशको चेतावनी

कञ्चनपुर : क्रान्तिकारी युवा संगठन नेपाल सुदूरपश्चिम प्रदेश समितिले भ्रष्टाचारी, कमिसनखोरीदेखि सरकारी अनुदान लिएर दुरुपयोग गर्नेमाथि कार्बाहीको चेतावनी दिएको छ ।क्रान्तिकारी कम्युनिष्ट पाटी निकट युवा संगठन नेपाल सुप प्रदेशले प्रदेशमा रहेका सरकारी निकामा हुने अनियमितता, भ्रष्टाचारदेखि घुसखोरी बिरुद्धमा एक्सनमा उत्रिने चेतावनी दिएको हो । सोमबार युवा संगठन नेपाल सुप प्रदेश कमिटिले धनगढीमा पत्रकार सम्मेलन गर्दै बेथिति बिरुद्धमा संघर्षमा उत्रिने चेतावनी दिएको छ । युवा संगठन नेपाल सुप प्रदेश कमिटिका संयोजक दिपेन्द्र सिह ऐरले बेथिति बिरुद्धमा संगठनले एक्सनमा उत्रिने बताए । संयोजक ऐरका अनुसार सुप प्रदेश सरकारलाई सरकारी उद्योग, कलकारखाना उद्योग संचालनका लागि दवाव दिने, सीमा क्षेत्रमा भारतीय पक्षर््ाबाट हस्तक्षेप भईरहका…
Read More
कोदो खेतीबाट राम्रो आम्दानी हुन थालेपछि किसान दङ्ग

कोदो खेतीबाट राम्रो आम्दानी हुन थालेपछि किसान दङ्ग

माघ ८ गते  । कोदोले पछिल्लो समयमा धान र मकैभन्दा झन्डै दोब्बर मूल्य पाउन थालेपछि सिन्धुली जिल्लाका किसान दङ्ग छन। सिन्धुली जिल्लामा केही वर्ष पहिलेसम्म हेपाइको बालीमा पर्ने कोदो खेतीबाट पछिल्लो समयमा अन्य बाली धान, मकै र गहुँको तुलामा झन्डै दोब्बरले आम्दानी हुन थालेपछि किसान कोदो खेतीप्रति आकर्षित बनेका हुन् । अहिले जति कोदो फलाए पनि व्यापारीले घरमै आएर राम्रो मूल्य दिएर खरिद गरी लैजाने गरेका छन । घरेलु मदिरा र ढिँडोका लागि कोदोको माग बढी हुन थालेपछि किसान उक्त खेतीप्रति आकर्षित हुन थालेका हुन् । व्यापारीले घरेलु मदिरा बनाउन र बिपी राजमार्गमा खुलेका होटलले ढिँडो बनाई बिक्री गर्न कोदो लैजाने गरेको उहाँले…
Read More
जाजरकोटमा भुकुम्प प्रभावितका दस हजारमाथि अस्थायी आवास निर्माण 

जाजरकोटमा भुकुम्प प्रभावितका दस हजारमाथि अस्थायी आवास निर्माण 

माघ ८ गते । जाजरकाेटमा कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पले घरमा क्षति भइ घरवारविहीन दस हजार १५९ प्रभावितका अस्थायी आवास निर्माण गरिएको हो । जिल्ला विपत् व्यवस्थापन कोषबाट एक अर्ब तीन करोड ४१ लाख ७५ हजार शुक्रबारसम्म निकासा भएको छ । ४२ हजार ५२४ लाभग्राहीको सङ्ख्या कायम भएकामध्ये अस्थायी आवास निर्माणका लागि २८ हजार ३८ जना लाभग्राहीले पहिलो किस्ता रकमका लागि सम्झौता गरे पनि २७ हजार ९१ लाभग्राहीले अस्थायी आवास बनाउन पहिलो किस्ता रकम पाएका छन् ।  स्थानीय तहले अस्थायी आवासका लागि ६७ करोड ७२ लाख ७५ हजार रुपियाँ वितरण गरेकोमध्ये स्थानीय तह तथा नेपाल सरकारबाट नौ हजार ६३७ वटा विभिन्न विकास साझेदार…
Read More