सीता मा.वि देवदहलाई अखिल (क्रान्तिकारी)को चेतवनी

काठमाडौं : आज एक विज्ञप्ति प्रकाशित गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) लुम्विनी प्रदेश कमिटीले रुपन्देहीको देवदह न.पा. १० स्थित सीता मा.वि.मा भएको आर्थिक अनियमितताका बारेमा भ्रष्टाचारमा संलग्नहरुलाई कडा कारवाही गर्न माग गरेको छ ।

उक्त विद्यालयमा स्कूल बस किन्नका लागि प्राप्त बजेटमा विद्यालय प्रशासन र स्थानीय जनप्रतिनिधिको मिलेमतोमा आर्थि अनियमितता गरेको देखिएपछि विद्यार्थी सङ्गठनले दोषिहरुलाई कारवाहीको माग गरिएको जनाएको छ ।

अनियमितता भएको जनाउँदै स्थानीय अविभावकहरुले विरोध जनाउँदा पनि सो कुराको सुनुवाई सम्बन्धित पक्षबाट नभएपछि विद्यार्थी सङ्गठनले कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

By अगस्ट ब्लाङ्की

Web Developer

Related Posts