सेयर बजार र बिचौलियाको बिगबिगी

लेखक : टेकहरि न्यौपाने

नेपाल धितोपत्र बोर्ड भनेको सेयर बजार धितोपत्र कारोबार नियमन गर्ने सरकारी निकाय हो । यसलाई छोटकरीमा भन्दा नेपाल धितोपत्र बोर्ड क्भअगचष्तष्भक द्ययगचम या लभउब िकभदयल भनिन्छ । यसको गठन वि.सं. २०५० जेठ २५ गते खुमलटार ललितपुरमा भएको थियो यसको
१) नियमन गर्नेः नेपाल ईस्टक एक्स्चेन्ज नेप्से सेयर ब्रोकर, मर्चेन्ट बैंकर, म्युचुअल फण्ड जस्ता संस्थालाई िनयमन र सुपरीवेक्षण गर्ने । २) लगानीकर्ता सुरक्षाः सेयर बजारमा हुने ठगी, भित्री कारोबार, मूल्यको चलखेल रोक्ने र अनुसन्धानगर्ने । ३) आइपिओ स्वीकृति ः कुनै कम्पनीले सर्वसाधारणलाई सेयर निस्कासन (आइपिओ) गर्नु अघि क्भदयल बाट स्वीकृति लिनु पर्दछ । ४) नीति बनाउने ः धितोपत्र बजारलाई व्यवस्थित पारदर्शी र लगानीकर्ता मैत्री बनाउन नियम कानुन बनाउने । ५) वित्तीय साक्षरता ः लगानीकर्ता सचेतना कार्यक्रम न्यिदब िmयलभथ धभभप जस्ता कार्यक्रम बनाउने चलाउने । सरलभाषामा भन्दाखेरी बैंकहरुमा राष्ट्रबैंकले हेरे जस्तै सेयर बजारलाई क्भदयल ले हेर्छ । नेप्सेमा सेयर किनबेच गर्दा कुनै घोटाला नहोस् सबैले नियम पालना गरुन भनेर हेर्ने सेयर बजारको पोलिसी जस्तै हो। माथिका भनाईहरुले नियम कानुनहरुलाई चुस्तदुरुस्त रखेको र यहाँ कुनै पनि गैरकानुनी कामहरु हुन नपाउने निकै पारदर्शी रहेको संकेत गर्दछ । तर भनाई र सिस्टम जति राम्रा पारदर्शी र स्वर्ण शब्दहरु कोरिएका छन् । त्यहाँ सिस्टम र कानुनको त्यति नै धज्जी उडाइएको छ । भद्दा मजाक बनाएर राष्ट्रलाई नै खोक्रो पार्ने जनतालाई बेबकुफ गराउने र भित्रभित्रै विचौलियाहरुको अड्डा स्थापना गरिएको छ । सेयरको नाउँमा अरबौं उठाउन सक्ने ठाउँ भनेकै धितोपत्रवोर्ड हो । जसमा विचौलियाहरु हावी छन् । उनीहरुकै बोलवाला छ । लगभग सबै विचौलियाकै हातमा छ ।
राज्य संरचनालाई नै आफ्नो मुठ्ठीमा राख्न सफल दीपक भट्ट हुन् । दिपक भट्ट तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलसँग सेटिङ मिलाएपछि धितोपत्र बोर्डको अध्यक्ष बन्न सफल भएका एक विवादित पात्र थिए । सन्तोष नारायण श्रेष्ठ , यति अपारदर्शी पात्र हुन कि उनी कुनै पनि मिडियामा आउन चाहन्न्, न त फोन कल उठाउँछन् , पत्रकारहरुसँग उनि टचसम्म हुन चाहन्नन् । अहिलेसम्म कुनै अन्तर्वार्तासम्म पनि दिएका छैनन् भन्ने गरिन्छ । मिडियाकर्मीसँग लगभग लुकेरै बस्दछन् भन्ने गर्दछन् । उनी बोर्डको अध्यक्ष बन्दा पनि चोरबाटो अपनाएर आए अनि यिनको काम पनि चोरी चकारी जस्तै रहेको छ भन्ने गरिन्छ । ओली भन्दा अगाडिका प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री वर्षमान पुन हुँदा यिनलाइई नै बोर्डको अध्यक्षमा लिने विचौलिया दिपक भट्टको योजना थियो र के के नमिलेर प्रचण्डले अस्वीकार गरेका थिए भन्ने पनि छ । ओली, विष्णु पौडेलहरुले प्रचण्ड सरकार ढालेपछि यिनलाई बोर्डमा ल्याइयो । सेयरका नाममा विभिन्न छलकपट गरेर अरबौं उठाउन सकिने मुख्य ठाउँ धितोपत्र बोर्ड बनाएकाले बिचौलिया दीपक भट्ट झन झन बलियो बन्दै गए । विचौलिया दीपक भट्ट प्रधान न्यायधीसकै पारिवारिक कनेक्सनमा न्यायालयमा घृणित स्वार्थको खेल पनि शुरु भयो । हिरासतमा रहेका विचौलिया दिपक भट्टले समूहद्वारा संचालित विमा कम्पनीको सेयर कामु प्रधान न्यायधीश सपना प्रधान मल्लको बुहारीको नाममा भेटिएपछि न्यायलय र विचौलिया बीचको डरलाग्दो कनेक्सन रहेको भन्ने प्रष्ट हुन्छ । राज्य संयन्त्रको मुख थुन्न उच्च पदस्त परिवारलाई सेयर बाँडेर लाइसेन्स लिएको यो तथ्यले न्याय निस्पक्षता र विधिको शासनको खिल्ली उडेको छ । त्रिभुवन विश्व विद्यालयको दुई हजार रोपनी जग्गा पनि विचौलियाहरुकै मिलीमतोमा गायव बनाएका छन् । अठार संस्थाले कब्जा गरेर अरबौंको राष्ट्रको सम्पत्ति स्वाहा पारेका छन् ।
पैतीस वर्षसम्म परिवर्तनको नाममा मुलुक र जनतालाई ठगेर गुमराह बनाउँदै राज्यसंयन्त्र आफ्नो मुठ्ठीमा राखेर नेपाली कांग्रेस, प्रचण्ड नेतृत्वको माओवादी, नेकपा (एमाले) ले यति लामो समयसम्म शासन चलाएर विचौलियाहरुसँग सेटिङ मिलाई मिलाई राज्यलाई दोहन गर्न असमान सन्धी सम्झौता गर्न, राष्ट्रका कलकारखानाहरु उद्योगधन्दाहरु कौडीको भरमा कमीसन खाएर बेच्न बन्द गराउन आफू र आफ्नालाई सरकारी जागिर लगाउन अवैध तरिकाले अकुत सम्पत्ति कमाउन सुन तस्करी गर्न, गुण्डा र विचौलियाहरुलाई संचरक्षण गर्न, अड्डा अनि अदालत, बारएसोसिएसन, राजदुत, कर्मचारी, सचिव, स्वकीय सचिव, पुलिस सरुवा बढुवा, जग्गा अतिक्रमण, भन्सार छली, जहाज खरिद विक्रीमा कमीसन, मन्त्रालयमै सीसीटिभीको तारकाटेर सेटिङ हान्ने, बलात्कारी जोगाउने, धर्मको नाममा जातकोा नाममा समाजमा अशान्ति फैलाउने, प्रतिबन्ध रहेका फाउन्डेसन, होलीवाइनहरुलाई स्वीकृति दिने आफै सामेल हुने पुराका पुरा बेथिति र विसंगति भित्रएर राज्य आतंक फैलाएर जनतालाई मूल्यबृद्धि र करको भारमा पारी आफूखुशी मैमत्ता साँडेहरु बनेर जे पनि गर्नको लागि जनताले चुनेर पठाएको त पक्कै पनि हैन । यिनीहरुको अर्कमण्यता, घमण्ड र छाडा व्यवहारको गर्भबाट अर्को सन्तती पैदा गरेर आफूहरु भाग्ने अनि फेरि यिनीहरुले नै राष्ट्रमा यसो भयो उसो भयो यो गलत भयो ऊ गलत भयो भनेर चर्को चर्को स्वर गरेर कुर्लंदै हिंडेर सुख हुँदैन । आजसम्म राष्ट्रले जे जति दुर्गति र क्षति व्यहोर्नु प¥यो । त्यसको सबै भपाई यिनै पैतिस वर्षसम्म शासनमा आहल खेलेर राष्ट्रलाई खोक्रो पारेर विचौलियाको हालीमुहालीको साम्राज्य खडा गरे सबै जिम्मा यिनीहरुले लिनुपर्दछ । सबै भर्पाई यिनीहरुबाट नै गराइनुपर्छ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?