अखिल नेपाल आदिवासी जनजाति महासङ्घको राष्ट्रिय भेला उद्घाटन सत्र सम्पन्न

काठमाडौं : अखिल नेपाल आदिवासी जनजाति महासङ्घको राष्ट्रिय भेला २०८२ माघ २५ गते बुटवलमा उद्घाटन सत्र सम्पन्न भएको छ। बुटवलको हाटबजारस्थित विश्व हिन्दु महासङ्घको सभाहलमा एक समारोहका बीच क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य सीताराम तामाङले भेलाको उद्घाटन गर्नुभएको हो।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य सीताराम तामाङ, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य सन्त बहादुर नेपाली, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटव्युरो सडस्य के.बि.गुरुङ, क्रान्तिकारी महिला संगठन नेपालकी सचिवालय सदस्य लक्ष्मी न्यौपाने, क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपालका ज्योतिनारायण शर्मा , वामपन्थी नेता प्रेम सुवेदी लगायतले भेला सफलताको शुभकामना दिनुभएको थियो।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य कृष्णराज पौडेल , क्रान्तिकारी किसान महासंघ नेपालका महासचिव धनेश्वर पोखरेल, क्रान्तिकारी दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य जितामित्र सुनार, अनेरास्ववियु (क्रान्तिकारी) का संग्राम भ्यु थापा र क्रान्तिकारी युवा सङ्घ नेपालका सङ्गीन भिउ थापा, अखिल नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय सल्लाहकार कमल चौधरी, रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष नारायण शर्मा लगायतलाई उद्घाटन समारोहमा आसन ग्रहण गराइएको थियो।

भेलाले नयाँ नेतृत्व चयन गर्नेछ। संगठनको आगामी कार्यक्रम समेत तय गर्ने बताइएको छ उद्घाटन संगठनका अध्यक्ष पवनमान श्रेष्ठको अध्यक्षतामा भएकाे राष्ट्रिय भेलाको सञ्चालन भरत बुर्जा मगरले गर्नुभएको थियो । उक्त कार्यक्रमको स्वागत शिव श्रेष्ठले गर्नुभएको थियो। मङ्सिर २६ गते बुटवलमा भेलाको बन्दसत्र चलिरहेको छ । बन्द सत्रमा राजनीतिक प्रतिवेदन सांगठनिक प्रतिवेदन माथि छलफल भइरहेको आयोजकहरुले बताएका छन्। आज नै भेलाले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?