क्रान्तिकारी दलित मुक्ति मोर्चा ५ नं. ब्युरोद्वारा जागरण जनयात्रा उदघाट्न सम्पन्न

रुपन्देही : क्रान्तिकारी दलित मुक्ति मोर्चा नेपाल ५ नम्वर ब्युरो द्वारा जागरण जनयात्रा कार्यक्रमको उदघाट्न गरेको छ । २०८२ साउन २१ गते बुधबार रुपन्देही जिल्लाको सैनामैना नगरपालिका -१ को परुवामा एक कार्यक्रमको आयोजना गरी मोर्चाका केन्द्रीय कार्यालय सदस्य तथा पार्टीका ५ नम्बर व्यूरो सचिव कमरेड जितामित्र सुनारले उद्घाटन गर्नुभएको छ ।

उहाँले ” जागरण जनयात्रा देश व्यापी सञ्चालन हुनेछ । यो कार्यक्रम मात्र दलित मुक्ति मोर्चा वा दलित समुदायको मात्र न भएर, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको पनि हो ” भन्नु भयो । कार्यक्रम सफल पार्न सम्पुर्ण पार्टी पंक्ति क्रियाशील हुनुपर्ने धारणा राख्नुभयो । ” जब सम्म पार्टी आधारभुत वर्गको बिचमा स्थापित हुन सक्दैन तबसम्म हामीले सोचेको व्यवस्था प्राप्त गर्ने भरपर्दो शक्तिको निर्माण गर्न सक्दैनौ । तसर्थ पार्टीलाई आधारभुत वर्गमा स्थापित गर्न पार्टीको सम्पुर्ण शक्ति लाग्नु पर्ने हुन्छ । ” उहाँ को भनाई थियो ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य कमरेड दयाराम खनाल, रुपन्देही जिल्ला पार्टी सचिव कमरेड लक्ष्मीकान्त पौडेल, नवलपरासी जिल्ला सचिव कामरेड रवि पाण्डे, मोर्चाका केन्द्रीय सल्लाहकार शेरबहादुर बिक, केन्द्रीय सदस्य सोम बिक, रूपन्देही जिल्ला पार्टी सचिवालय सदस्य तथा उत्पादन केन्द्रका व्यवस्थापक रामु अर्याल र क्रान्तिकारी महिला संगठनकी प्रतिनिधि माया नेपालीले कार्यक्रम सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।

मोर्चाका केन्द्रीय कार्यालय सदस्य तथा ५ नम्बर व्यूरो संयोजक कमरेड पुर्ण बिक्रम नेपाली कार्यक्रमको अध्यक्षता , केन्द्रीय कार्यालय सदस्य कमरेड गोपाल नेपालीको स्वागत मन्तव्य र केन्द्रीय सचिवालय सदस्य कमरेड राजेन्द्र नेपालीले कार्यक्रम को सञ्चालन गर्नु भएको थियो । कार्यक्रमको समापन पछि क्रान्तिकारी दलित मुक्ति मोर्चा नेपाल ५ नम्बर व्यूरोको बैठक बसी कार्यक्रमलाई थम ब्याबस्थित गर्ने र जिल्लाहरूको जिल्ला भेला गर्ने निर्णय समेत गरेको छ।

By जन बिहानी

Related Posts