क्रान्तिकारी दलित मुक्ति मोर्चाको जागरण जनयात्रा उद्घाटन समारोह सम्पन्न

काठमाडौँ : मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी दलित मुक्ति मोर्चा नेपाल केन्द्रीय समितिद्वारा जागरण जनयात्रा उत्पीडित जनसमुदाय, न्याय, समानता र अधिकार प्राप्तिको संकल्प उद्घाटन समारोह सम्पन्न भएको छ ।

बुधबार काठमाडौँको न्युरोड स्थित पिपलबोटमा सम्पन्न भएको उक्त कार्यक्रममा पार्टीका कार्यबाहक महासचिव कमरेड सिपी गजुरेल, स्थायी समिति सदस्य सन्तबहादुर नेपाली, क्रान्तिकारी किसान महासंघ नेपालका संयोजक सिताराम तामाङ, आदीबासी महासंघका संयोजक पवनमान श्रेष्ठ, क्रान्तिकारी टूेड युनियन महासंघ नेपालका संयोजक इश्वर तिमिल्सिना, अखिल (क्रान्तिकारी) का संयोजक महेश श्रेष्ठले जागरण जनयात्रा सफलताकाे शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नम्बर ब्युरो इन्चार्ज दिनेश शर्मा, ब्युरो सचिव चिन्तामणी पौडेल, ब्युरो कार्यालय सचिव झनक श्रेष्ठलगायत पार्टीका केन्द्रीय सदस्यहरू, पार्टीका केन्द्रीय सल्लाहकार गाेर्की श्रेष्ठ, जवस मार्चाका नेताकार्यकर्ता सहभागी हुनुभएको थियो । कार्यक्रमको अध्यक्षता मोर्चाका संयोजक टेकबहादुर विक, सञ्चालन शोभा विक र स्वागत मन्तव्य रोशन विशंखेले गर्नुभएको थियो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?