आफनो देशको लागि एकहुने कहिले ?

– नारायण प्रशाद भणडारी
बर्तमान विश्व परिवेश पलपलमा साम्राज्यवादका नयाँ,नयाँ घटना परिघटना संग ठूलो चुनौतीका साथ जुधिरहेको छ । विश्वमा हुने यस्ता गतिविधि पुँजीवाद र साम्राज्यावादद्वारा गरिने कृयाकलापका रुप एबं तरिका फरक हुनसक्छन् तर उद्देश्य लक्ष्य निरन्तरता कै हुन । अहिले साम्राज्यवादले जसरी एक पछि अर्को रुप बदल्दै पात्रहरु पनि बदलिदै आ आफना हर्कतहरु गरिब,कमजोर,गरिखाने बर्गमाथि अमानवीय एबं अपराधजन्य कुकृत्यहरुको श्रृखला प्रदर्शन गरिरहेको छ । यो आतंक युक्रेन, हमास माथि मात्र होइन यी देश त उसका अभ्याशका परीक्षण हुन । साम्राज्यवादको लक्ष्य विश्व नै हलचल गराएर तेस्रो विश्व युद्ध निम्ताउने हो । साम्राज्यवाद आफैमा युद्ध हो भने यिनीहरु युद्ध,आतंक,अपराध गर्ने गराउने,लडाउने,भिडाउने आफना हातहतियार बिक्री वितरण गर्ने ,अर्काको भूमिमा हस्तक्षेप गर्ने जस्ता अपराध नगरि सन्तोस लिन सक्दैनन ।साम्राज्यवादको नाइके जब सत्तामा आयो उसलेअघोषित तेस्रो विश्व युद्ध शुरु गरिसकेको छ र आफु पनि संसारको नयाँ हिटलर बन्न खोज्दैछ । त्यसका केही उदाहरणहरु दिदै आएको आर्थिक सहयोेग कटौतिले लाखौको रोजगार खोसियो । संघ सस्थाहरुले गर्दै आएका धेरै प्रकारका कामहरु विचमै अलपत्र भए । उसको योजना युद्ध तिरै मोडिए । जसरी पनि आतंक मच्चाएर समाज अस्तब्यस्त बनाउनका लागि हातहतियार सहयोग गरेर जर्बजस्त युद्धमा होम्ने दुश्कार्यलाई प्राथमिक्ता दियो । करमा बृद्धि, महँगीं,एमसिसी लागु भएका देशहरुमा सहयोगको बाहनामा आफना गतिविधि षडयन्त्रकारी गतिविधिलाई निरन्तरता दियो । त्यसबाट नेपाल जस्ता कुनैपनि देशले विकाश होइन विनास निम्ताएका छन । आप्राबासीहरु लटलटमा स्वदेश फिर्ताको कारण नेपाल लगायतका धेरै देशहरुले अरबौ क्षति ब्यहोर्न बाध्य बनाइयो । रोजगारको लागि कराडौ खर्चेर गएकाहरुलाई जेल यातना भोग्न बाध्य छन । रुस र युक्रेन इजरायल र हमास बिच भनाइमा युद्ध भनिन्छ तर युद्ध शब्दले पुग्दैन त्यो त साम्राज्यवादको आतंककारी शैलिमा हमास र युक्रेनी जनता माथि अपराध रक्तपातको होलि खेलिरहेको छ । ती देशका नेतृत्व त्यहाँका जनता विश्वकै बहादुर,नीडर,राष्ट्र जनता प्रतिको इमान्दारितालाई धन्यवाद, स्यालुट, सम्मान गर्दै सहयोग गर्नु पर्ने हामी सबैको दायित्व हुन्छ । अहिले साच्चिकै भन्नु पर्दा ती देशहरुलाई आफनो देश र जनताको लागि कति ठूला ठूला अपराधजन्य खतराबाट बच्दै भोक,प्याँस,अनिद्रा,औषधि विनाको आपत,विपत जीवन,मरणको संर्घषमा भिडिरहेका छन ? हामीले सुन्नमा र उनीहरुको प्रत्यक्ष भोगाइको कल्पना गरौ कति विजोग होला ? त्यँहाका जनताको पीडा कस्तो अवस्थामा होला?लाखौंको ज्यान गैसक्यो लाखांै घाइते अपागं छन लाखौंलाख जनता भोकमरिको चपेटामा छन । पानी जस्तो नभै नहुने बस्तु को लागि लाइन लागेका बृद्ध,बालक कोहि बचेनन ।अस्पतालहरु ध्वस्त छन ।मानब सहयोगको लागि दाताहरु समेत त्यहाँ जान सक्ने अवस्था छैन । तै पनि स्वयं राष्ट्रपति आफनै कमाण्डमा हतियार बोकेर लडिरहेका छन । यसबाट साम्राज्यवाद कति निस्ठुर र अपराधी हुन्छन? तिनीहरुको ब्यबहार कस्तो हुदो रहेछ भनेर सायद भनिरहनु पर्दैन ।अहिले यो दानवीय ब्यबहारको विरुद्धमा संसार भरका प्रगतिशील विचारधारा राख्नेहरु लाइ सैह्य भएन सबैले आ आफनो तरिकाले विरोध जनाउने कामहरु भएका छनत्यो कार्यले हामी नेपाली हरुलाइ पनि छोयो यदि मानब हो मानबता छ भने विश्वका र्सबहारा बर्ग एक हौ भन्ने नारा लगाउने हरु अर्को भाइचारा मित्र लाइ आपत विपत परेको समयमा मानवीयताको कदर दिन सकिन्न भने त्यस्ता लाइ बामपन्थि को नाम दिनु ब्यर्थ हुन्छ ।तिनीहरु पनि घोषित अघोषित साम्राज्यवादका दलाल पिछलग्गु एबं दुश्मनका दुत भन्दा फरक पर्दैन ।अर्को महत्वपूणर््ा कुरा अहिले फेरिपनि स्थगित भएको एमसिसी निरन्तरता पायो त्यसको पछाडी ठूला ठूला षडन्त्रकारी रहस्य छन । केही लक्षण त देखिएका छन । अब एमसिसी सम्झौता गर्ने हरुले छर्लङ्रग हुने गरि देख्ने छन् । साम्राज्यवादको अहिले भैरहेको कुकृत्यको संकेतबाट संसारका सर्बहारा वर्ग,अग्रगामी प्रगतिशील विचार भएका वामपन्थी विचारकहरुको बहुमत भएका देशहरुको नाम निशाना नै मेटाउने दाउँमा सबैखाले बर्गबैरीहरु एकमत हुदै बल प्रयोग गरेरै लागिपरेका छन् । जसको नजरमा हाम्रो देश पनि अछुतो रहने छैन । त्यसकारण आफनो जन्मभूमि,आफनो देशप्रति समयमै वामपन्थी विचार राख्ने सम्पूर्ण क्रा्रन्तिकारी शक्तिहरु एकठाउँमा उभिनुको विकल्प छैन । फेरि एकपटक भाइफुटे गवारलुटे भन्ने इतिहासको स्मरण गर्ने समय आइसकेको छ । अहिले देखिएका साम्राज्यवादका नवफासीवादी र नवउदारवादी हर्कतको विरुद्धमा आफनो मातृभूमिका लागि देश र जनताको लागि बलिदान दिन तैयार छौ भनेर फलाक्ने सम्पूर्ण क्रान्तिकारीहरु एक हुनेदिन कहिले हो ? जनताका दुश्मनहरुले गला रेटदै छ ।

अहिले विश्वभर साम्राज्यवाद मत्त हात्ति, सत्त राँगो जसरी उनमत्त भएको छ । त्यसरी मत्ताएको जीव जन्तुहरु खालि निहु खोज्ने,जँहा पनि लडने भिडने शक्तिको पर्दशन गर्ने,सधै आक्रमक हुन्छन ।अहिले साम्रज्यवाद र उसका मतियार हरुको ठिक त्यहि अबस्था चलिरहेको छ । त्यसको एउटा कारण त विश्व कम्युनिष्ट आन्दोलन विश्व सर्वहारा वर्गका महान् बैज्ञानिक,दार्शनिकहरुले संसारका मजदुर गरिखाने वर्गको बलियो राजनैतिक,बैचारिक र सैद्धान्तिक हतियारबाट सुसज्जित, सुदृढ संगठन निर्माण गरेर मात्र साम्राज्यवादको शक्ति छिन्न भिन्न पार्न सकिन्छ भन्ने प्रमाणित दर्शन दिनु भयो । स्वयंले पनि प्रयोग गरेर प्रमाणित गर्नु भयो ।त्यसकारण विश्वका अधिकांश देशहरुमा प्रगतिशिल बामपन्थि हरुको बलियो शक्तिल नै दुश्मनलाइ पराजित गर्न सफल भएको तत्थ्य हामीले प्राप्त गरयौ । त्यो बलियो हतियार भनेकै यही माक्र्सवादी दर्शन थियो । जब माओको सन् १९७६ मा मृत्यु भयो । त्यसपछि चिनबाटै च्याङकाइ सेकका अबशेष,रुसमा जारशाहीका मतियारहरुले जसरी कम्युनिष्ट विचार मौलाएको देखे । सबैखाले बर्गबैरीका अवशेषहरुले शिर उठाउन थाले र पुनः कम्युनिष्ट समाप्त पार्ने बलियो रणनीति अपनाएर बिभिन्न तरिकाबाट प्रहार गर्ने क्रम चलाए । उनीहरु सफल हुदै गए । सर्बहारा बर्गको बिचलित हुदै जान थाल्यो । वास्तवमा जनताका दुश्मनहरु आफनो योजनामा कसरी सफल हुन सके ? यदि इमान्दारिताका साथ प्रगतिशील विचार राखेको हो भने मन मुटुबाटै समाजवाद हुदै साम्यवादमा जाने लक्ष्य बोकेर हसिया, हथौडा, अंिकत झण्डाको कसम खाएर विना लोभ लालच पार्टीमा लागेको हो भने समीक्षा गर्ने र क्रान्तिकारीहरु एकठाउँमा उभिनका लागि समयले घिर्राउँदै ल्याइसक्यो । होइन भने संसदवादको रसपानमा डुबेर समाजवादको नारा एबं समाजवादी मोर्चा बनाएर ठूला ठूला क्रान्तिकारी भाषण गरेर साम्राज्यवाद पनि तर्सिन्न समाजवाद पनि आउदैन । यिनी सबै जनताका आँखामा छारो हालेरभ्रम छरेको मात्र हुनेछ । फेरीपनी जाल झेल गरेर चुनाबमा आहाल खेल्ने प्रपन्च रचिएको हाल सम्मको इतिहासले देखाउछ ।
वास्तवमा किन वाम शक्ति कमजोर बन्यो र साम्राज्यवाद मौलायो कारण के ?

१) कम्युनिष्ट विचार राख्ने नेतृत्व देखि कार्यकर्ता सम्म कस्तो भएमा मात्र कम्युनिष्ट आन्दोलन अघि बढन सक्थ्यो ?
क)सर्बप्रथम त कम्युनिष्ट शब्द नै बैज्ञानिक छ ।किनभने यो बिचार कै हतियार बाट विश्वलाइ उथल पुथल पार्न सक्ने क्षमता माकर््स,एङगेल्स,लेनीन,माओ जस्ता महान दार्शनिक बाट नीर्मित दर्शन हो ।यो जुनसुकै बर्ग ब्यक्तिको लागि नभै नहुने अत्याबस्यक राजनैतिक बैचारिक र सैद्धान्तिक शिक्षा हो ।जो संग माक्र्सवादी दर्शन छैन । किताब घोकेर क्रान्तिकारीता देखाउछ ।त्यो कम्युनिष्ट हुनै सक्दैन त्यो बुर्जुवा हो त्यस्ता अबसरवादी को नेतृत्वले क्रान्तिमा ठुलो धोका बाहेक अरु हुदैन ।त्यस्ताहरु न्ौ साम्राज्यवादका नीकट मतियार र जतिसुकै मिठा भाषण कुरा गरेर आफुले क्रान्तिकारीको घोषणा गरेर संघर्षका नाटक देखाए पनि अन्तिममा तिनीहरु धोकेवाज,जनताका दुश्मन एबं क्रान्तिका बाधक जासुस हुन ।

ख) वास्तविक इमान्दार कम्युनिष्टमा हुनु पर्ने गुण के के हुन ? विद्धान,बुद्धिमान,विबेकी,निडर,ठोस समयको ठोस विश्लेषक,समाजसेबि,अनुशासित,इमान्दार,दक्ष,नीपुर्ण,त्यागी,नीजिसम्पत्त्किो विपक्षी,न्याय कर्ता,अनुसन्धान कर्ता,ब्यबहारीक,ढाट,छल,कपट नभएको,माकर््सवादको अध्यता,जनताबाट सियो सम्म नलिने, जनता नसताउने,हरेक कुराको सहयोगि,सकारात्मक पक्षको नमुना,द्धन्दात्मक भौतिकवादी विचारमा निपुर्ण,पश्चिमा सस्कृतिको बिपक्षी,मिलनसार,मितब्ययी लगायतका बिषय बस्तुको दक्ष एबं बिज्ञ नै कम्युनिष्ट नेतृत्व एबं कम्युनिष्ट पार्टीको सदस्य हुन सक्छ ।यी उल्लेखित क्षमता भन्दा अझ धेरै दक्षताले भरिपुर्ण भएका विश्व कम्युनिष्ट आन्दोलन एबं सर्वहारा बर्गका राजनैतिक बैचारिक र शैदान्तिक दर्शनका जन्मदाता र्दार्शिनकहरुको उदयको समयमा उनीहरुको अगाडी जस्तोसुकै शक्तिको दम्भ भएका बर्गबैरी हरुपनि झुक्न बाध्य हुन्थे र मात्र संसार जित्न सफल भएका हुन ।
ग) बिडम्बनाको कुरा नेपाल र नेपाली जनताले कम्युनिष्ट नेतृत्व नै पाउन सकेन । माथि उल्लेखित कुराको ठीक बिपरीत बाटो हिडने नेतृत्वकै कारण साम्राज्यवाद मौलाउदै गयो । देशको भविष्य नै खतरामा पर्न थाल्यो । त्यसकारण अन्य भाइचारा देशको लागि एउटै मन्चबाट एक मत भएर साम्राज्यवादको जसरी बिरोध गरियो यो कार्यले धेरै राम्रो सकारात्मक भूमिका खेलेको छ । अब आफ्नै देश,आफनै मातृभूमि,जनम जननीको पक्षमा क्रान्तिकारी शक्तिहरु एक ठाउँमा उभिनको लागि समयले माग गरिरहेको छ । यदि ढिलो भयो भने पश्चाताप बाहेक कुनै चिज प्राप्त हुने छैन देशनै धरापमा पर्ने छ । धन्यवाद ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?