
(१) विषय प्रारम्भ
मानव समाजको उत्पत्ति विकास प्रक्रियासँगै आदिम साम्यवादी मानव समाज, दास र दासमालिक मानव समाज, सामन्त किसान कालिन मानव समाज पुँजीपति र मजदूर कालिन मानव समाज हुँदै पुजीपति वर्गको उच्चतम रूप साम्राज्यवादी कालिन अवस्था यतिवेला मानव समाजले व्यहोरी रहेको छ । दासहरु र दासमालिक कालीन समयदेखि आजसम्मका इतिहास भनेका वर्ग संघर्षका शतहास हो । किनकी समाजकानिश्चित व्यक्तिहरुल अधिकार आफ्नो हातमा लिएर समाजका बहुसंख्यक जनतामाथि शोषण, दमन, उत्पीडन गर्दै आयो । त्यसका विरुद्ध जनताले कहिले शान्तिपूर्ण कहिले शसस्त्र तबरबाट संघर्ष गर्दै आएको इतिहास हो । संघर्षका क्रममा लाखौं लाख उत्पीडित वर्गले जीवन बलिदान गर्दै आएका छन् । संघर्षक कारण शासकहरुले शोषणका रूप बदका साथै सत्ताका स्वरुप पनि बदल्दै आएका छन्। दास युग, सामन्तवादी युग, पुँजीवादी युग र साम्राज्यवादी युगसम्मको वर्तमान अवस्था त्यसैको परिणाम हो ।
मानव समाजको अन्तरविरोध तथ्यगत रुपमा अध्ययन, अनुसन्धान पछिको निस्कर्षका रुपमा जब सन् १८४८ मा कम्युनिस्ट घोषणा पत्र प्रकाशित भयो तब मात्र उत्पीडिनमा परेका र पारिएका जनताले मुक्ति र समानताको वैज्ञानिक हतियार प्राप्त गर्न सफल भयो । उच्चोज्ञान, चेतनाका अधारमा मुख्यत वर्गीय सत्ताको निर्माणका खातिर वर्गसंघर्ष अगाडि बढने क्रममा विश्वका कैयौं देशहरुमा उत्पीडित वर्गले आफ्नो जीवन बलिदान गरेर सत्ता बदलेर समानता पनि प्राप्त गरे । सहिदहरुको बलिदानको कदर त्याहा हुन पुग्यो ।
हाम्रो देशमा पनि मुक्ति र समानताको लागि हजारौ हजार व्यक्तिहरुले जीवन बलिदान गरे, हजारीको संख्यामा राज्यले बेपत्ता बनायो। हजारौको संख्यामा घाइते भए । तर आजसम्म पनि उनीहरूले आसा गरेको सत्ता र अधिकार पाउन सकेका छैनन् । राज्य मौण छ, संसदीय पार्टीहरु मौण छन् । पटक पटक सरकारको नेतृत्व गर्न पुगेका पुष्प कमल दहाल (प्रचण्ड) मौण हुनुहुन्छ। बेपत्ता योद्धाहरुको सार्वजनिक गरेर मात्र पुग्दैन । महान सहिद तथा बेपत्ता, घाइते योद्धाहरुको सपना भनेको यो देशमा नयाँ जनवादी क्रान्तिको महान खुड्किलो पार गर्दै वैज्ञानिक समाजबाद हुदै साम्यवादमा पुग्ने लक्ष्य थियो । लोकतान्त्रिक गणतन्त्र भनेको सुधारात्मक पुँजीबाद हो। हाम्रो देशमा पुँजीबाद पनि दलाल पुँजीबादका रुपमा उदाएको विक्रीत पुँजीवाद छ। यसबाट महान सहिद तथा बेपत्ता, घाइते योद्धा र परिवारका सपना पूरा हुन सक्दैनन् । यही संसदीय व्यवस्थाबाट समस्या समाधान हुन्छन् भन्नु भनेको मन्द प्रकारको दिप पिलाउनु हो। हामी सहिद तथा बेपत्ता, घाइते योद्धाका परिवारहरूले भुलेर पनि त्यसो गर्न सक्दैनौ । मन हुदैन पनि ।
२. युद्धमा महान सहिद तथा बेपत्ता, घाइते योद्धाको सपना के थियो ?
नेपाली समाजमा कहिले शुसुप्त र कहिले उत्कर्षका रुपमा वर्ग संघर्ष हुँदै आएका थिए। खासगरी तत्कालीन नेकपा माओवादी ले मालेमावादको मार्गदर्शक सिद्धान्तका आधारमा नयाँ जनवादी क्रान्ति पूरा गदै वैज्ञानिक समाजवाद ह साम्यवादमा पुग्ने लक्ष्यका साथ विश्व क्रान्तिको सेवा गर्ने लक्ष्य तय गरेको थियो। सोही अनुरूप रणनीति र कार्यनीति पनि तय गरेको थियो। यसलाई कार्यनवयन गर्न प्रतिक्रियावादी राज्यसत्तालाई ध्येय गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं। विद्रोज जनतको अधिकार हो।“ भन्ने आव्हानसहित वि.स. २०५२ फागुन १ गते जनयुद्धको घोषणा भएको थियो। फागुन १४ गते दिलबहादुर रम्तेलबाट शुरू भएको बलिदान १० वर्षको अवधिमा करिव १० हजारको पेरिफेरीमा पुग्यो। वि.स. २०५६ जेठ ७ गते तात्कालीन पार्टीका केन्द्रीय सदस्य दण्डपाणी न्यौपानेलगायत ४ जनालाई एकै स्थानबाट गिरफ्तार गरेर बेपत्ता बनाउने कार्यले १० वर्षको अबधीमा ११ सयकी पेरीफेरीमा बेपत्ता पारियो। तर पनि कान्ति कमजोर होइन अझ बलियो, अझ व्यवस्थित र विकसित बन्दै थियो। महान सहिद तथा बेपत्ता, घाइते योद्धा जसले आफ्नो जीवनको कुर्बानी गरे योद्धाहरुको मानसपटलमा यो देशको राज्यसत्तामा बसेको सामन्तवादलाई परास्त गर्दै सर्वहारा वर्गको नेतृत्वमा सत्ता निर्माण गरेर समानताको विजारोपन गरि त्यसलाई विकास गर्ने भन्ने थियो। जुन उद्देश्य पूरा गर्न जस्तो सकै कुवानी गर्न पछि नहटने आट र अठोट गरेका कारण राज्यले छातिमा गोलिदाग्दा होस या आफैलाई खाडल खन्न लगाएर जिउदै पुर्दा होस योद्धाहरु पछि हटेनन्। बलत्कार पछि जिउदै आँखा निकालेर हत्या गर्दा होस या करेन्ट माथि पीसाब फेर्न लगाएर बेहोस हुँदा होस योद्धाहरुले कान्तिको अहितमा बोलेनन्, पार्टीको गोपनीयता भंग गरेनन्, घाइते योद्धाहरुले आफ्नो हात गुम्बा, खुट्टा गुम्दा, आँखा गुम्दा होस, का दुस्मनको गोली लागेर आन्द्राभुडी निस्कदा समेत आफ्नो योजनाप्रति पश्चताप गरेनन्। यो हामी सबैको लागि गर्भको विषय हो। योद्धाहरूको यो ओज, गरिमा र महानतालाई कमजोर बनाउन दिन हुँदैन। तर हामी सतर्क रहन जरुरी छ किनकी लोकतान्त्रिक गणतन्त्र जस्तो पुँजीवादी दलाल सत्ताबाटै सबैथोक पूरा हुन्छ भनेर महान योद्धाहरुको उच्च विचार र भावनालाई कैद गर्ने कोसिस गरिदैछ। यसबाट सतर्क भएर अगाडि नबढ्ने हो भने हाम्रा महान योद्धाका सपना पूरा पनि हुँदैन र सम्मान पनि हुँदैन। वास्तविक अर्थमा योद्धाहरुको रगत पसिना, वीरता, बलिदान र त्यागको कदर गर्नु भनेको योद्धाहरूले देखाएको बाटोमा हिड्न हो। बाचेकाहरुले न्याय परिवर्तन र समानताका लागि अविचलित रुपमा अघि बढ्नु हो।
३. वर्तमान राजनीतिक अवस्था र योद्धाहरुको त्याग, बलिदानप्रतिको उपेक्षा
महान सहिद तथा बेपत्ता, घाइते योद्धाहरुले बगाएको रगतको मूल्य भनेको सत्ताका सम्पूर्ण अंगहरुलाई आमुल परिवर्तन गर्नु हो। सर्वहारा वर्गको हातमा सत्तासुम्पनु हो। राजनीतिक, आर्थिक, सामाजिकलगायत हरेक क्षेत्रमा समानता ल्याउनु हो। नयाँ जनवादी क्रान्तिको खुड्किलो पारगदै वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा जाने बाटोमा अघि बढ्नु हो। तर आज हाम्रा अगाडि लोकतान्त्रिक गणतन्त्र खडा छ र उसले आफ्ना बुर्जुवा चरिवहरु उदाङ्गो बनाइसकेको छ। राज्य सञ्चालनमा पुष्पकमल दहाल, खड्ग ओली, शेरवहादुर देउवाहरु पालैपालो बसिरहेकै छन्। उनीहरूकै नेतृत्वमा बनेका सरकारहरुले समाजमा अमनचयन गर्नुको सट्टा घुस, कमिशन, कालाबजारी, तस्करी, भ्रष्टाचार, महंगी, दोहोरो कर प्रणाली जस्ता विषयले सिमा नाघेको छ। भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवादका अगाडि घुडा टेकेर असमान प्रकारका सन्धी, सम्झौता गर्नु, जस्ता कार्यहरु दिनप्रतिदिन बढिराखेका छन्। जसले गर्दा राष्ट्रियता, जनतन्त्र, जनजीवीकाका विषयहरु प्राय समाप्त हुँदै जानुले संसदीय लोकतान्त्रिक गणतन्त्र अब जनताको हितमा छैन भन्ने प्रमाणित भएको छ ।
जनयुद्धका क्रममा हजारों व्यक्तिहरु बेपत्ता, दशौँ हजार व्यक्तिहरुको साहिद र हजारों व्यक्तिहरु घाइते अपांग भएर आएको संसदीय लोकतान्त्रिक गणतन्त्रको संसदमा आज केही व्यक्तिहरुले सहिद तथा बेपत्ता, घाइते योद्धाहरुका विरुद्ध ठुला–ठुला अभिव्यक्ति दिई रहेका छन् । हामी परिवारजनको सुटको घाउमा कोताने काम गरिरहेका छन् । यसको मुख्य कारण भनेको उत्पीडित जनताको हातमा सत्ता निहित हुनुको सट्टा साम्राज्यवाद र विस्तारवादका दलालहरूको हातमा मत्ता निहित हुनु हो आजसम्म तिन पटक वेपत्ता छानविन तथा सत्य निरुपण आयोग बने तर बेपत्ता योद्धाको अवस्था सार्वजानिक हुन सकेन । यसरी हेर्दा यो सत्ता रहदासम्म बेपत्ता योद्धाहरुको अवस्था सार्वजनिक हुन्छ भनेर आसा गर्न पनि सकिदैन । बेकम्मा भइसकेको सत्ताबाट भरोसा होइन वर विकल्पका बारेमा सोच्ने बेला आएको छ । संसदीय लोकतान्त्रिक गणतन्त्रले गरेका जनविरोधी हकतलाई देखाएर पञ्चगमणकारी शक्तिहरुको एउटा झुण्डले झनै देशको राज्यसत्तालाई पछाडि फर्काउने हल्ला गर्दै हिडेका छन् । संसददेखि सडकसम्म सहिद तथा बेपत्ता, घाइते योद्धाको अपमान गर्ने, जनयुद्धको अपमान गर्ने जस्ता बहुलीपन देखाई रहेका छन् । पछाडि फर्कनुर यथास्थितिलाई कायम राखेर वस्नु भनेको विज्ञान विरोधी कार्य हो । जनताले आसार भरोसा गरेको परिवर्तनको विरोधी कार्य हो । यसलाई अब अग्रगमणमा बदल्नु ढिला भइसकेको छ । समग्रमा परिवर्तनका पक्षधर जनता विशेषतामा सहिद तथा बेपत्ता परिवार र घाइते योद्धा हरुले अब सोच्ने बेला आइसकेको छ । योद्धाहरुको त्याग, वीरता, र बलिदानको कदर गर्दै अग्रगमणमा लामबद्ध बन्न पर्ने इहिासको माग बनि सकेको छ ।
४. संघीय जनगणतन्त्रको अनिवार्यता
सहिद तथा बेपत्ता, घाइते योद्धाहरुले संघीय जनगणतन्त्र प्राप्त गर्नका लागि नै जीवनको बलिदान र अपांग बन्न पनि तयार भएका थिए भन्ने कुरा स्पष्ट नै छ। राज्य सत्ताले आफ्नो जीवनलाई वेपत्ता पार्दा पनि मानसिक रूपमा आफूलाई तयारी हालतमा राखेका थिए। वर्गीय मुक्तिका खातिर लडदै गर्दा हजारौ हजार योद्धाहरुको अंगमा गोलिका छ लागेका छन्, शरीरका अंग गुमाएर घाइते अपांग भएका छन् र पनि चर्को पीडा बोकेर जीवन चेतित गरिरहेका छन्। यति ठूलो त्याग, वीरता र बलिदानका विचबाट प्राप्त भएको सिमित अधिकारलाई खोसेर साम्राज्यवाद, विस्तारवादका बफादार दलालहरु सत्ताको दुरुपयोग गर्दै फुटबल खेले के खेलि रहेका छन्। परिवर्तनको उपहास गर्दै चारैतिरबाट देश र जनतालाई लुटिरहेका छन्। यही विषयलाई उठाएर अर्का पञ्चगामी दलालहरु जनयोद्धाहरूको त्याग, वीरता र बलिदानको संसद भित्रबाट र बाहिरबाट उपहास सदैव विरोध गरिहेका छन्। समाजलाई अझै अध्यारो तिर धकेल्ने असफल प्रयत्न गरिरहेका छन्। पश्चगामी वा यथास्थितिवादी दुवै प्रवृत्ति र व्यवहारबाट राष्ट्र र जनताले मुक्ति प्राप्त गर्न सक्दैन भन्ने कुरा पुष्टि भइसकेको छ।
त्यसैले राष्ट्रिय स्वाधीनता कायम राख्न, उत्पीडनमा परेका सबै जनताले मुक्ति र समानता प्राप्त गर्न तथा सहिदहरुको सम्मान गर्दै बेपत्ता योद्धाहरु र घाइते अपागहरुको घाउमा मलहम पट्टी लगाएर सम्मान प्राप्त गर्न संघीय जनसंविधान लेखेर अधिकार विहिनका मुद्धालाई संस्थागत गर्न संघीय जनगणतन्त्रको अपरिहार्य आवश्यकता भई सकेको छ। हिजै यो अवस्था ल्याउन पथ्र्यो, बनाउन सकिन्थ्यो। जनता सुखि र देश समृद्ध बनी सक्थ्यो। विडम्बना आन्दोलन भित्रैबाट प्रचण्ड–बाबुरामहरुबाट वैचारिक विचलन देखा पर्नुले त्यो हुन सकेन। अब पनि सचेत तप्काले ढिला ग¥यौं भने देश अझै खराब अवस्थामा जानबाट कसैले रोक्न सक्दैन । ढिला नगरिकन सोचौं– संघीय जनगणतन्त्र प्राप्तिका लागि निर्णायक संघर्ष एक मात्र विकल्प हो ।