
मुम्बई : अखिल भारत नेपाली एकता समाज पश्चिमभारत क्षेत्रीय संगठन समिति महिला विभागको आयोजनामा तीज कार्यक्रम ७ सेप्टेम्बर २०२४माभव्य र सभ्यरुपमा संपन्न भएको छ । उक्त तीजि कार्यक्रमको अध्यक्षता सोमा थापाले र संचालन मान बहादुर थापाले गरेका थिए । कार्यक्रमका अतिथिहरुमा अखिल भारत नेपाली एकता समाज सचिवालय सदस्य इन्द्र भेटाल, प्रताप थापा, महिला वभाग सहसंयोजक बेलमाया थापा, केश बहादुर थापा, भुपाल त्रामु,मूल प्रवाह अखिल भारत नेपाली एकता समजका देवराज जोशी, शिवसेना नेपालका शिवकुँवर, अखिल भारत नेपाली एकता समाजका नबविन राना मगर र शान्ति घर्ति रहेका थिए ।
ज्ञात अज्ञात शहिदहरु प्रति एक मिनट मौनधारण गरी उपस्थित जनसमुदायलाई शब्दवाट स्वागत सृजना थापाले र कलाकारद्वारा उपस्थित जनसमुदायलाई स्वागतगीतको माध्यमवाट स्वागत गरिएको थियो ।उक्त कार्यक्रमलाई सफलताको शुभकामना दिनेहरुमा प्रमुख अतिथि सचिबालय सदस्य इन्द्र भेटाले कार्यक्रमको सफलताको शुभकामना दिदै छोटो मन्तव्य राखे मन्तव्यको क्रममा उनले रोजिरोटीको समस्याले विदेशिन बाध्य पारिएका शोषित उत्पीडित नेपाली दाजुभाई तथा दिदिबहिनीहरु विदेशमा रहेता पनि विभिन्न संगठनको मध्यमवाट संगठित भई आफ्नो परम्परालाई कायम राख्न तिजी कार्यक्रमको आयोजना गर्दै आएकाको कुरा बताए र कतिपय असंगठित र अनुशासनविहीन तत्वहरुले कार्यक्रमलाई असफल बनाउन प्रयत्न गरेका कयौं उदाहरणहरु पनि छन भन्ने भनाई राख्दै असंगठित होइन कि संगठित बनेर असल नागरिक बन्न आग्रह गरे ।
शुभकामना दिने अतिथिहरुमा सचिवालय सदस्य प्रताप थापा ,मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका देवराज जोशी, शिवसेना नेपालका शिव कुँवर, रहेका थिए । कार्यक्रममा तीजिकार्यक्रम जोडदार रुपमा प्रश्तुत भएको थियो र अन्त्यमा अध्यक्षबाट समापन भएको थियो ।