क्रान्तिकारी कम्युनिस्ट पार्टी,कास्कीले चलायाे विवादित जग्गामा डोजर

पाेखरा : पाेखराकाे विवादित जग्गामा क्रान्तिकारी कम्युनिष्ट पार्टी,कास्कीले डोजर चलाएको छ । विवादित अनिल र प्रकाश (खोप्लाङ्ग) जग्गामा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल कास्कीले डोजर चलाउएकाे हाे । पोखरा न्यूरोडमा रहेको ५ रोपनी ६ आना ३ दाम जग्गा हरिबहादुर थापा र ज्ञान बहादुर थापाको संयुक्त नाममा रहेको जग्गालाई जालसाक्षी, किर्ते गरी हरिबहादुर थापाको श्रीमती रामकुमारी थापा हुनपर्नेमा भुण्टीदेवी थापा नाम राखी किर्ते सही छाप गरी जग्गा पास गरेको भन्दै अाज बिहान डाेजर चलाएको बताएको छ । उक्त पार्टीले चलाएको डाेजरबारे ब्यानर समेत राखेर सार्वजनिक जानकारी गराएको छ । उक्त ब्यानरमा लेखिएको जस्ताको त्यस्तै र केही फाेटाहरु

“विवादित अनिल/प्रकाश (खोप्लाङ्ग) जग्गामा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल कास्कीले डोजर चलाउनुको कारणहरु :-
१) पोखरा न्यूरोडमा रहेको ५ रोपनी ६ आना ३ दाम जग्गा हरिबहादुर थापा र ज्ञान बहादुर थापाको संयुक्त नाममा रहेको जग्गालाई जालसाक्षी, किर्ते गरी हरिबहादुर थापाको श्रीमती रामकुमारी थापा हुनपर्नेमा भुण्टीदेवी थापा नाम राखी किर्ते सही छाप गरी जग्गा पास गरिएको ।
२) २०३५ साल असोज २ गते र असोज ३ गते लिखित पारित कागज हुबहु गरिएको ।
३) नेपाल सरकारको नियम कानून अनुसार कुनै व्यक्तिको शैली रित्याउन नपाउने भएपछि विष्णुकुमार श्रेष्ठले आफ्‌नो दोकानमा काम गर्न राखेको सहोदर साला माधव श्रेष्ठको नाममा लगभग ७ रोपनी जग्गा पास गरेको र बाँकी जग्गा आफ्‌नो श्रीमती मनकुमारी श्रेष्ठको नाममा पास गरेको । पछि घुमाई फिराई साला माधव श्रेष्ठको नाममा रहेको जग्गा पनि आफ्‌नै श्रीमती मनकुमारी श्रेष्ठकै नाउँमा पास गरेको ।
४) नगर विकासबाट फिर्ता हुने जग्गा पनि हरिबहादुर थापाको नाममा नल्याई सिधै विष्णुकुमार श्रेष्ठको अधिनमा हुने गरी पास गरेको ।
५) २ (दुई) रोपनी १२ आना जग्गा आमाको अंश पनि आमालाई जानकारी नगराई किर्ते सहि छाप गरि लिएको ।
नोटः- यो विवादीत जग्गाको समस्या हल गर्ने सन्दर्भमा केही सत्ताधारी नेता, दलाल भू-माफीया र पोखरा महानगरपालिकाको आडमा चलखेल गर्न खोजेमा हाम्रो पार्टी क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालले निज भू-माफियालाई जनकारवाही गरिने समेत जानकारी गराउँदछौ ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल, कास्की जिल्ला समिति”

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?