निर्माण अलपत्र पारेर ठेकदार सांसद पूर्णबहादुर तामाङ टाप,दुःख दिएपछि स्थानीय आन्दोलित

रामेछाप सदरमुकाम जोड्ने मन्थली—चिसापानी सडक निर्माणका लागि तीन वर्षअघि नै ठेक्का लगाइएको थियो। डेढ वर्षभित्र निर्माण गरिसक्ने समयसीमा तोकिएको थियो। तर, ठेक्का भएको तीन वर्ष बितिसक्दा पनि सात किलोमिटर सडक निर्माण हुन सकेको छैन। स्थानीय धुलाम्मे सडकमै यात्रा गर्न विवश छन्। सात किलोमिटरमध्ये अहिलेसम्म जम्मा २ किलोमिटर मात्रै कालोपत्रे भएको छ। 

सडक निर्माणको ठेक्का लिएर जनतालाई सास्ती दिने ठेकेदार हुन्, त्यही जिल्लाका सांसद पूर्णबहादुर तामाङ। जनताको सुविस्ताका लागि दिनरात खट्नुपर्ने माननीयले नै दुःख दिएपछि स्थानीय आन्दोलित भएका छन्। माननीयको गैरजिम्मेवारले आजित भएपछि स्थानीय आन्दोलित भएका हुन्। माननीयले ठेक्का लिएका सडक, विद्यालय भवन, स्वास्थ्य चौकीलगायतका संरचना अस्तव्यस्त र अपूरा छन्। 

माननीयले नै जिम्मा लिएका पूर्वाधार समयमा निर्माण नगरेर जनतालाई दुःख दिएपछि नागरिक सरोकार तथा संघर्ष समिति नै गठन गरेर स्थानीय विरोधमा उत्रिएका छन्। उनीहरूले सात दिनभित्र निर्माण सुरु नगरे माननीय ठेकदार र तालुकदार निकायविरुद्ध आन्दोलन गर्ने घोषणा गरेको संघर्ष समितिका संयोजक प्रकाश श्रेष्ठले बताए। सडक अलपत्र छाडेर सांसद तामाङले जनताको स्वास्थ्यसँग खेलवाड गरिरहेको स्थानीय सुभास श्रेष्ठले आक्रोश पोखे।

null

‘धोएर सुकाउन राखेको लुगा धुलो नटकटकाइ लगाउनै सकिँदैन। माननीयज्यूले नै सडक निर्माणको काम अलपत्र पारेर हामीलाई दुःख दिइरहनुभएको छ’, उनले भने। रामेछाप सदरमुकाम मन्थलीलाई चिसापानीसँग जोड्ने मुख्य सडक तीन वर्षदेखि अलपत्र र लथालिंग अवस्थामा छ। हिउँदमा धुलोले स्थानीयलाई हैरान पार्छ भने वर्षामा हिलो भएर हिँडिसाध्य हुँदैन। चिसापानीका अर्का स्थानीय श्रवण श्रेष्ठ यसरी दुखेसो पोख्छन्, ‘एउटा बस सडकमा कुद्यो भने पूरै बस्ती नै धुलोले छोपिन्छ। सडक अलपत्र छाडेर माननीयज्यूले हामीलाई केको सजाय दिइरहनुभएको छ ? यही दिन देख्नलाई हो त भोट हालेर माननीय बनाएको ?’

बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट २०७६/०७७ मा पक्की सडक निर्माणका लागि टेन्डर आह्वान हुँदा एमएस कान्छाराम कन्ट्रक्सन कम्पनीले ठेक्का पाएको थियो। जसका सञ्चालक उनै माननीय तामाङ हुन्। तामाङको निर्माण कम्पनीले २०७७ असार २७ गते  भ्याटसहित १९ करोड १ हजार ४ सय ५० रुपैयाँमा ठक्का लिएको थियो। निर्माणको काम ८० प्रतिशत पूरा भएको देखाउँदै कम्पनीले १५ करोड ३२ लाख ७६ हजार ६ सय ८७ रुपैयाँ भुक्तानी लिइसकेको छ। 

काम भने जम्मा दुई किलोमिटर मात्रै भएको छ। तामाङले नक्कली प्रगति प्रतिवेदन देखाएर भुक्तानी लिएको संघर्ष समितिका संयोजक श्रेष्ठले बताए। ‘सात दिनभित्र सडक निर्माणको काम सुरु नगरिएर सडक आन्दोलन गर्दै मन्थली बजार बन्द गर्छौं। यो हाम्रो रहर होइन्, बाध्यता हो’, उनले भने।

सडक निर्माणका लागि पटक–पटक ताकेदा गर्दा पनि सुनुवाइ नभएपछि स्थानीय आन्दोलित हुनुपरेको स्थानीय रवीन्द्रकुमार श्रेष्ठले बताए। उनका अनुसार मन्थली नगरपालिका–८ को वडा कार्यालयको अग्रसरतामा २०७९ पुस ६ गते निर्माण व्यवसायी र स्थानीयबीच भौतिक पूर्वाधार कार्यालय रामेछापमा बैठक बसेको थियो। 

null

बैठकमा २०७९ चैत मसान्तसम्म निर्माण सम्पन्न गर्ने सहमति भएको थियो। तर, सहमति भएको पनि १० महिना बित्दा पनि निर्माण कम्पनीले काम सुरु नगरेपछि आन्दोलित हुनुपरेको स्थानीय घनश्याम श्रेष्ठले बताए।

गत मंसिर १५ गते व्यवसायीले सडक निर्माण तुरुन्त थाल्ने लिखित सम्झौता पनि गरेका थिए। त्यो सम्झौता भएको दुई महिना बितिसक्दा पनि माननीय ठेकेदारले काम सुरु नगरेको स्थानीय बताउँछन्।

null

‘हामीले सडक बनाइदिन माननीयज्यूलाई गाउँदेखि काठमाडौंस्थित उहाँको निवासमै पुगेर ज्ञापनपत्र बुझायौं। तर, हाम्रो कुरा सुनवाई भएन’, स्थानीय सुभास श्रेष्ठ भन्छन्, ‘एक फिटसम्म धुलो जमेको छ। गाडी गुड्यो कि धुलो उडिहाल्छ। धुलो उडेपछि बाटो नै देखिँदैन। कुनै दिन ठूलै दुर्घटना नहोला भन्न सकिन्न।’

भौतिक पूर्वाधार विकास कार्यालय प्रमुख वीरेन्द्र बज्राचार्यले निर्माण व्यवसायीले समयमा नै काम नगर्दा जनताले समस्या भोग्नु परिरहेको बताए। ‘यसपालि बजेट पनि बिनियोजन भएको छैन। त्यही कारण पनि सडक निर्माण सुरु नभएको हो।’ उनले निर्माण व्यवसायीलाई पटक–पटक ताकेता गर्दा काम गर्छौं भनिरहेको बताए। ‘व्यवसायीले काम गर्छौं भनिरहेका छन्। अब पनि काम नथाले कारवाही प्रक्रिया अघि बढाउँछौं’, उनले भने। सांसद तामाङले सडक निर्माणका लागि म्याद थप भएको बताउँदै काम सुरु हुने बताए। ‘अब बाँकी काम सुरु गर्छौं’, उनले भने, ‘फागुनभित्र काम सक्छौं।’

याे समाचार राजकरण महताेले आजकाे अन्नपुर्ण पाेष्टमा लेखेका छन् ।

Blanqui

Blanqui

Web Developer

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?