राजनीति

क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा (मशाल) रामग्राम नगरकाे एकता

क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा (मशाल) रामग्राम नगरकाे एकता

नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल रामग्राम नगर समिति र नेपाल कम्युनिस्ट पार्टी (मशाल) रामग्राम नगर समिति बीच रामग्राम- १४ मा बुधबार एकता घोषणा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापाले पार्टी अनुशासन र बिधिलाई मानेर अगाडि बढनुपर्ने औल्याउनुभयो । कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रवि पान्डेयले जिल्लाको जनसंघर्ष र बर्गसंघर्ष लाई उठान गर्ने उल्लेख गर्दै भ्रष्टाचार विरुद्ध अभियान संचालन भइरहेको जानकारी गराउनुभयो । कार्यक्रम नगर संयोजक अरुणको अध्यक्षता नगर इन्चार्ज जय फुल्लाह हसनको स्वागतमा भएको थियो । कार्यक्रममा पार्टीका जिल्ला सह संयोजक भिम छ्न्याल, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य…
Read More
क्रान्तिकारी कम्युनिस्ट पाटी नेपाल र नेकपा (मशाल) भक्तपुरकाे एकता अधिवेशन सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पाटी नेपाल र नेकपा (मशाल) भक्तपुरकाे एकता अधिवेशन सम्पन्न

भक्तपुर : २०८१ बैशाख १९ गते क्रान्तिकारी दुई पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा ( मशाल ) बिच पार्टी एकता भएपछी यही २०८१ असार १ गते पार्टी केन्द्रिय कार्यालय सदस्य तथा ३ नम्बर प्रदेश संयोजक अटलको प्रमुख आतिथ्यमा भक्तपुर जिल्लाको दुई पार्टी बिच एकता अधिवेशन, प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । उक्त अधिवेशनले बिश्वासको संयोजकत्वमा ३६ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको छ । त्यसैगरि जिल्ला संयोजक बिश्वासको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो भने कार्यक्रम सन्चालन सहसंयोजक बिवेकले गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै अर्का सहसंयोजक किरणले एकताले क्रान्तिकारीहरुमा नयाँ उर्जा पैदा गरेको बताउनु भयो । जिल्ला…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) बर्दघाट नगर समितिको एकता

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) बर्दघाट नगर समितिको एकता

रवि पाण्डेय/नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल बर्दघाट नगर समिति र नेपाल कम्युनिस्ट पार्टी (मशाल) बर्दघाट नगर समिति बीच बर्दघाट- २ चिसापानीमा एकता घोषणा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि पार्टी केन्द्रीय कार्यालय सदस्य एवं ५ नम्बर इन्चार्ज कृष्ण राज पौडेलले पार्टी नीति लाई आत्मसात गर्दै जनतामा जान नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । कार्यक्रममा विशेष अतिथी पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापाले पार्टी अनुशासन र बिधिलाई मानेर अगाडि बढनुपर्ने औल्याउनुभयो । कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रवि पान्डेयले जिल्लाको जनसंघर्ष र बर्गसंघर्ष लाई उठान गर्ने तयारी स्वरुप पार्टी अगाडी बढेको उल्लेख गर्नु भयो ।…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा(मशाल) बागलुङको एकता अधिवेशन

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा(मशाल) बागलुङको एकता अधिवेशन

पुर्ण गुरुङ/बागलुङ : नेकपा(मशाल) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बिच बागलुङ जिल्लाको एकता अधिबेशन आज सम्पन्न भएको छ । अधिबेशनले कामरेड रेशम गिरिको सम्योजनमा र कामरेडद्वय पुर्ण गुरुङ र मन बहादुर श्रीस सहसम्योजक रहेको ५१ सदस्यीय क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको बागलुङ जिल्ला सङ्गठन समिति घोषणा गरेको छ । एकता अधिबेशनको उत्घाटन प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय कार्यालय सदस्य तथा ४ नम्बर प्रदेश इन्चार्ज कामरेड हरिभक्त कडेलले पार्टीको झण्डा उठाएर गर्नुभएको थियो । उत्घाटन मन्तब्य राख्दै पार्टी एकताको सिलसिलेवार परिघट्ना र एतिहासिक आबस्यकताको बारेमा प्रकाश पार्नु भएको थियो । आज क्रान्तिकारी शक्तिहरु छिन्नभिन्न भएको अबस्थामा भएको यो एकताले क्रान्तिकारीहरुलाई…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा(मशाल)गुल्मीकाे एकता अधिवेशन

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा(मशाल)गुल्मीकाे एकता अधिवेशन

गुल्मी : गुल्मी जिल्लामा  २०८१ जेठ २९ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी, ने.क.पा.(मशाल) बिच गुल्मी जिल्ला एकता अधिवेशन क. तेज कुमारी थापाको अध्यक्षता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय सचिवालय सदस्य तथा ५ नं प्रदेश सहसंयोजक कृष्ण के.सीको प्रमुख आतिथ्यता अर्जुन तरामुको संचालन क.अविरलको स्वागत मा सम्पन्न भएको छ । शहिदहरु प्रति १ मिनेट मौन धारणबाट शुरु भएको कार्यक्रममा शुभकामना मन्तब्य दिनेहरुमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय सचिवालय सदस्य तथा गुल्मी जिल्ला ईन्चार्ज क.नरेन्द्र बहादुर थापा, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय सदस्य क.टीका राना र प्रदेश सदस्य क. संगिनले शुभकामना रहेका थिए । जिल्ला अधिवेशनले क. तेजकुमारी…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) काभ्रेकाे एकता अधिवेशन

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) काभ्रेकाे एकता अधिवेशन

प्रदिप अस्तानी/बनेपा,काभ्रे : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) काभ्रे बिच एकता अधिवेशन प्रशिक्षण तथा बैठक शनिबार बनेपामा सम्पन्न भएकाे छ। अधिवेशनमा बोल्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रिय कार्यलय सदस्य तथा प्रदेश नम्बर ३ संयोजक क. चन्द्रहरि सुवेदी (अटल)ले क्रान्तिकारी शक्तिहरुको एकताले पार्टी भित्र उर्जा थपेको बताउदै आफुहरु नै अहिलेको वैकल्पिक शक्ति भएकोले निराशा नबन्न कार्यकर्तालाई निर्देशन दिनु भयो। अहिलेको नयाँ जनबादी क्रान्ति हुँदै बैज्ञानिक समाजबादमा पुग्ने सबै भन्दा ठुलो शक्ति आफुहरु भएको दाबी गर्नु भयो। त्यसैगरि केन्द्रिय सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज क. सोमान सिंह तामाङले जिल्लामा केही साथिहरुले पार्टी छोडेर गए पनि संगठनमा खासै असर नपारेको बताउनु…
Read More
भारत ‘अतिक्रमित’ सुस्ता गाउँपालिकामा क्राकपा र मशाल बीच एकता

भारत ‘अतिक्रमित’ सुस्ता गाउँपालिकामा क्राकपा र मशाल बीच एकता

नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल सुस्ता गाउँ समिति र नेपाल कम्युनिस्ट पार्टी (मशाल) सुस्ता गाउँ समिति बीच सुस्ता -१ फेचुहामा एकता घोषणा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापाले पार्टी नीति लाई आत्मसात गर्दै जनतामा जान नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । कार्यक्रममा अतिथी पार्टी केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रवि पान्डेयले पार्टी अनुशासन र बिधिलाई मानेर अगाडि बढनुपर्ने औल्याउनुभयो । कार्यक्रममा पार्टी जिल्ला सहसंयोजकद्व्य गणेश बहादुर ढकाल र भिम छ्न्त्यालले जनसंघर्ष र बर्गसंघर्ष लाई उठान गर्दै प्रतिरोध आन्दोलन उठाउने समय आएको बताउनुभयो । कार्यक्रम सुस्ता पालिका संयोजक गोबिन्द बहादुर साठिघरे…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) बिच कास्कीको एकता अधिवेशन

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) बिच कास्कीको एकता अधिवेशन

पोखरा : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा ( मशाल ) बिच कास्की जिल्लाको एकता अधिबेशन जेष्ठ ३२ गते सम्पन्न भएको छ । अधिबेशनले कामरेड सुजनको संयोजकत्वमा ७९ सदस्यीय जिल्ला सङ्गठन समिति निर्माण गरेको छ । त्यस्तै सहसम्योजकहरुमा कामरेड बिक्रम थापा, भिम श्रीस र रबिन्द्र राइलाइ चयन गरेको छ । एकता अधिबेशनको उद्घाटन प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय कार्यालय सदस्य तथा ४ नम्बर प्रदेश इन्चार्ज कामरेड हरिभक्त कंडेलले पार्टीको झण्डा फर्फराएर गर्नुभएको थियो । उद्घाटन मन्तब्य राख्दै यो पार्टी एकताले प्रतिक्रियावादी र सम्सदबादी शक्तिहरुको मुटुमा ढेङ्ग्रो बजाएको बताउँदै यो एकता बिगतको टुटेको कडिलाइ जोड्ने एकता समेत भएको र…
Read More
नरैनापुर गाउँपालिकाको एकता अधिवेशन सम्पन्न

नरैनापुर गाउँपालिकाको एकता अधिवेशन सम्पन्न

बाँके : क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा(मशाल) विच नरैनापुर गाउँपालिकाको एकता अधिवेशन २०८१ जेष्ठ २५ गते सम्पन्न भएको छ ।धनवीर चौधरीको अध्यक्षता, संचालन जिल्ला सहसंयोजक तथा नरैनापुर गाउँपालिकाका इन्चार्ज प्रकाशले गरेका थिए । प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य तथा ६ नम्बर प्रदेश सह– संयोजक र बाँके जिल्ला इन्चार्ज कमरेड दिपकबहादुर शाही रहेका थिए । कार्यक्रमका अन्य अतिथिहरुमा केन्द्रीय सदस्य तथा बाँके जिल्ला संयोजक कमरेड परिवर्तन, केन्द्रीय सदस्य तथा बाँके जिल्ला सह– संयोजक कमरेड कुसल, पार्टी प्रदेश न. ६ सदस्य कमरेड सागर, र विद्यार्थीका जिल्ला अध्यक्ष कमरेड तपेन्द्र चौलागाईं लगायत रहेका थिए । उक्त अधिवेशनले कमरेड धनविर…
Read More

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल मधेस प्रदेशले दियाे यस्ताे चेतावनी

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका मधेस प्रदेशका संयोजक कृष्णदेव सिंहले एक प्रेस विज्ञप्ति जारी गर्दै विनाकारण गिरफ्तार गरिएका क्रान्तिकारी कम्युनिस्ट पार्टीका मधेस प्रदेश सदस्य तिर्थ नारायण यादवलाई तत्काल रिहाई गर्न जोडदार माग गर्नुभएको छ । वक्तव्यमा भनिएको छ, “महोत्तरी जिल्ला बर्दिवास नगरपालिका वार्ड नं. १० निवासी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको मधेस प्रदेश कमिटीका सदस्य क. तिर्थ नारायण यादवलाई पार्टी काममा जाँदै गर्दा २०८१ जेठ २७ गते साँझ ६ बजे अनाहकमा सिभिल प्रहरीले अमानवीय तवरबाट गिरफ्तारी यातना दिदै प्रहरी कष्टडीमा राखेको र कसैलाई भेटघाट गर्न समेत नदिएर एउटा राजनीतिक कार्यकर्तालाई अमानवीय व्यवहार गरिनु अत्यन्तै खेदजनक कार्य हो । हाम्रो पार्टी…
Read More