क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा(मशाल)गुल्मीकाे एकता अधिवेशन

गुल्मी : गुल्मी जिल्लामा  २०८१ जेठ २९ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी, ने.क.पा.(मशाल) बिच गुल्मी जिल्ला एकता अधिवेशन क. तेज कुमारी थापाको अध्यक्षता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय सचिवालय सदस्य तथा ५ नं प्रदेश सहसंयोजक कृष्ण के.सीको प्रमुख आतिथ्यता अर्जुन तरामुको संचालन क.अविरलको स्वागत मा सम्पन्न भएको छ ।

शहिदहरु प्रति १ मिनेट मौन धारणबाट शुरु भएको कार्यक्रममा शुभकामना मन्तब्य दिनेहरुमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय सचिवालय सदस्य तथा गुल्मी जिल्ला ईन्चार्ज क.नरेन्द्र बहादुर थापा, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय सदस्य क.टीका राना र प्रदेश सदस्य क. संगिनले शुभकामना रहेका थिए । जिल्ला अधिवेशनले क. तेजकुमारी थापाको संयोजकत्वमा सह संयोजक अविरल र तेन्जिङ्ग सहित २१ सदस्यीय क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल गुल्मी जिल्ला संगठन समितिको गठन भएको छ ।

By जन बिहानी

Related Posts