क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) काभ्रेकाे एकता अधिवेशन

प्रदिप अस्तानी/बनेपा,काभ्रे : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) काभ्रे बिच एकता अधिवेशन प्रशिक्षण तथा बैठक शनिबार बनेपामा सम्पन्न भएकाे छ।

अधिवेशनमा बोल्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रिय कार्यलय सदस्य तथा प्रदेश नम्बर ३ संयोजक क. चन्द्रहरि सुवेदी (अटल)ले क्रान्तिकारी शक्तिहरुको एकताले पार्टी भित्र उर्जा थपेको बताउदै आफुहरु नै अहिलेको वैकल्पिक शक्ति भएकोले निराशा नबन्न कार्यकर्तालाई निर्देशन दिनु भयो। अहिलेको नयाँ जनबादी क्रान्ति हुँदै बैज्ञानिक समाजबादमा पुग्ने सबै भन्दा ठुलो शक्ति आफुहरु भएको दाबी गर्नु भयो।

त्यसैगरि केन्द्रिय सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज क. सोमान सिंह तामाङले जिल्लामा केही साथिहरुले पार्टी छोडेर गए पनि संगठनमा खासै असर नपारेको बताउनु भयो।

एकता अधिवेशनले क.ढोक प्रसाद अधिकारीको नेतृत्वमा ३७ सदस्यीय जिल्ला एकता अधिवेशन आयोजक समिती निर्बाचित गरेको छ। जस्मा सदस्यहरु प्रदिप अस्तानी .देब कुमार मोक्तान ,प्रतीक लामा , बिस्नु तिमिल्सिना, सुन्दर रायमाझी , शोभा बिक,बिक्रम खड्का ,कान्छामान थिङ , मेजरमान थिङ, बिरमान थिङ रहेका छन। त्यसैगरि युगान्त थिङ,मान ब योन्जन ,टेक ब तामाङ , सुर्यमान तामाङ , भिमराज तामाङ ,इन्द्र तामाङ लालमान तामाङ ,कबिता तामाङ ,दिल ब. तामाङ , गुन्जमान तामाङ , ज्ञान ब तामाङ , केशब ओझा , मिना तामाङ श्याम बिक , चंख बिक ,प्रकाश मिजार , भिम राज तमाङ (पाँचखाल), रबिन चौलागाइ, तेलि माया थिङ, शुक ब थिङ , बिनोद आले र धनजित तामाङ रहेका छन।

बैठक तथा अधिबेशनले काभ्रे जिल्लाको १३ ओटै स्थानीय तह र जबस मोर्चाहरुको एकता अधिबेशन श्रावण महिना भित्र गरि सक्ने निर्णय पनि गरेको छ। जिल्ला संयोजक क. ढोक प्रसाद अधिकारीको अध्यक्षतामा सप्पन्न उक्त कार्यक्रममा , प्रदेश सल्लाहकार क. जानुका र जिल्ला सल्लाहकार क किसानको उपस्थिति रहेको थियो। क. प्रतीक तामाङको स्वागत मन्तव्य र क. शोभा सेन्चुरीले संन्चालनमा सम्पन्न भएको थियो।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?