पुर्ण गुरुङ/बागलुङ : नेकपा(मशाल) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बिच बागलुङ जिल्लाको एकता अधिबेशन आज सम्पन्न भएको छ । अधिबेशनले कामरेड रेशम गिरिको सम्योजनमा र कामरेडद्वय पुर्ण गुरुङ र मन बहादुर श्रीस सहसम्योजक रहेको ५१ सदस्यीय क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको बागलुङ जिल्ला सङ्गठन समिति घोषणा गरेको छ ।
एकता अधिबेशनको उत्घाटन प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय कार्यालय सदस्य तथा ४ नम्बर प्रदेश इन्चार्ज कामरेड हरिभक्त कडेलले पार्टीको झण्डा उठाएर गर्नुभएको थियो । उत्घाटन मन्तब्य राख्दै पार्टी एकताको सिलसिलेवार परिघट्ना र एतिहासिक आबस्यकताको बारेमा प्रकाश पार्नु भएको थियो । आज क्रान्तिकारी शक्तिहरु छिन्नभिन्न भएको अबस्थामा भएको यो एकताले क्रान्तिकारीहरुलाई उत्साह पैदा गरेको र प्रतिक्रियावादी र सम्सदबादी शक्तिहरुको निद हराम भएको बताउनु भयो । यो एकता बिगतको टुटेको कडिलाइ जोड्ने एकता समेत भएकोले भावानात्मक रुपले नै उद्धेलित बनाएको बताउनु भयो ।
त्यस्तै कार्यक्रमका बिशेष अतिथि केन्द्रिय कार्यालय सदस्य तथा ४ नम्बर प्रदेशका सम्योजक कामरेड चिन्तामणी पौडेलले यो हाम्रो एकता बस्तुगत आबस्यकताले सृजना गरेको एकता भएको बताउनु भयो । आजको यो ब्यबस्था श्रमजिबी बर्ग, किसान, मजदुरको पक्षमा नभएकोले नयाँ जनवादी क्रान्तिको खुट्किलो पार गर्दै समाजवाद र साम्यवादमा जाने लक्ष्यका साथ अघि बढ्नु पर्नेमा जोड दिनु भयो । हामी दुई पार्टीको बिचमा सैद्धान्तिक विषयमा एकरुपता कायम रहेकोले यो एकता सम्भब भएको बताउनु भयो तर हामिहरु बिचमा कतिपय मुद्दाहरुमा मतभेद रहेको बताउदै ती मतभेदलाई सहि रुपमा ब्यबस्थापन गरिएको र सैद्धान्तिक र बैचारिक तहमा कुनै प्रभाव नपार्नेमा जोड दिनु भयो । अन्य पार्टीहरुमा पनि क्रान्तिकारी तप्काको सङ्ख्या रहेकोले कुनै न कुनै तरिकाले ढिलो वा चाडो जोडिने बिश्वास व्यक्त गर्नु भयो । मसाल पार्टीमा भएका क्रान्तिकारी तप्कालाइ बिना कुनै हिचकिचाहट जडता र सङ्किर्णताको घेरा तोड्नु पर्नेमा जोड दिनु भयो । क्रान्तिकारी शक्तिहरुको ध्रुबिकरण र एकता आजको रास्ट्रीय आबस्यकता भएकोले आलोचनात्मक चेतका साथ मनन गर्दै एकता प्रक्रियामा जोडिन समेत अपिल गर्नु भयो ।
कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य तथा ४ नम्बर प्रदेश सहसंयोजक तथा प्रदेश कार्यालय सचीव कामरेड आकाश गौतमले सङ्ख्या र नामावली प्रस्तुत गर्दै जनताको बिचमा गएर जनताको हरेक अप्ठ्यारोमा साथ दिन अपिलका साथ शुभकामना पनि दिनुभयो ।
कार्यक्रममा अर्का बक्ता केन्द्रीय सचिवालय सदस्य तथा युवा स्वयंसेवक सङगठनका ४ नम्बर प्रदेश इन्चार्ज कामरेड अनन्त केसिले यो प्रतिक्रियावादी सत्ताका बिरुद्ध धावा बोल्नु पर्ने र पार्टीको जनसङ्घर्श, प्रतिरोध सङ्घर्श र जनबिद्रोहको लाइन बस्तुपरक रहेको बताउदै युवा साथिहरुलाइ अनुसासित र मिलिटेन्ट्का साथ लाग्न प्रेरित गर्नु भयो । पार्टीका केन्द्रीय सल्लाहकार कामरेड आभास, केन्द्रीय सदस्य कामरेड तिलक बुढा र अन्तर्राष्ट्रिय नेपाली एकता समाजका केन्द्रीय उपाध्यक्ष मान बहादुर थापाले एकता अधिबेशनको सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।
सहिदहरु प्रती १ मिनेट मौनधारण गरि शुरुभएको जिल्ला एकता अधिबेशनको नेकपा ( मशाल )का जिल्ला प्रबक्ता कामरेड रेशम गिरिको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सन्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सम्योजक कामरेड पुर्ण गुरुङ र स्वागत नेकपा( मशाल) का जिल्ला कार्यबाहक सेक्रेटरी कामरेड मन बहादुर श्रीसले गर्नु भएको थियो । नेकपा (मशाल ) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बिच पार्टी केन्द्रमा गएको बैशाख १९ गते मे डे को उपलक्ष्यमा एकता भएको थियो । हाल प्रदेश तहका एकता अधिबेशन सम्पन्न भैसकेको र जिल्ला तहको एकताको प्रक्रिया सङ्गै स्थानीय तहमा पनि छिट्टै एकता हुने जनाइएको छ ।