रोजगार

रोजगार सम्बन्धी जानकारीहरू

राष्ट्रिय उद्योग तथा व्यापार संघ, काठमाडौंको प्रथम भेला सम्पन्न, संयोजकमा ढकाल

राष्ट्रिय उद्योग तथा व्यापार संघ, काठमाडौंको प्रथम भेला सम्पन्न, संयोजकमा ढकाल

काठमाडाैँ : माेहन वैद्य ‘किरण’ नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट राष्ट्रिय उद्योग तथा व्यापार संघ, काठमाडौंको प्रथम जिल्ला भेला साेमबार सम्पन्न भएको छ । भेलाले नवराज ढकालको संयोजकत्वमा २१ सदस्यीय काठमान्डौ जिल्ला कमिटी निर्माण गरेको छ ।राष्ट्रिय उद्योग तथा व्यापार संघका केन्द्रीय अध्यक्ष जितेन्द्र दाहालको प्रमुख आतिथ्यतामा भएकाे भेलामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका जिल्ला इन्चार्ज पुष्कर, क्रान्तिकारी ट्रेड युनियन महासंघका सह—संयोजक ईश्वर तिमल्सिनाको बिशेष आथिथ्यता थियो । उक्त भेलाकका अन्य अतिथिहरुमा प्रकाश, बालकृष्ण, ठाकुर तिमल्सिना हुनुहहुन्थ्यो । भेलाको अध्यक्षता नवराज ढकालले गर्नु भएको थियो भने संचालन भिम तामाङले गर्नु भएको थियो ।
Read More
ट्रेड युनियान महासंघको प्रदेश नम्बर १ को महत्वपूर्ण निणर्य गर्दै बैठक सम्पन्न

ट्रेड युनियान महासंघको प्रदेश नम्बर १ को महत्वपूर्ण निणर्य गर्दै बैठक सम्पन्न

अप्सरा बानीयाँ निरौला/सुनसरी : अखिल नेपाल ट्रेड युनियान महासंघ प्रदेश नम्बर १ को बैठक विभिन्न महत्वपूर्ण निणर्य गर्दै सम्पन्न भएको छ । सुनसरी जिल्लाको खनारमा बुधबार सम्पन्न बैठकले नजिकै आउदै गरेको मजदुर दिवस भव्य रुपमा सम्पन्न गर्ने र कारखाना जाऔँ भन्ने चार महिने मजदुर अभियान प्रदेश १ मा पनि तिब्र बनाउने निणर्य गर्दै सम्पन्न भएको हो । बैठकको प्रमुख अतिथि रहनु भएका पार्टीका केन्द्रिय सल्लहाकार समितिका सह–संयोजक कमल चौधरीले मजदुर दिवस तथा मजदुर महासंघले चलाएको ४ महिने अभियानलाई सानदार रुपमा सम्पन्न पार्न शुभकामना दिनु भयो । बैठकका अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यालय सदस्य तथा अखिल नेपाल ट्रेड युनियान महासंघका केन्द्रिय…
Read More
उपत्यकाका चार ठाउँमा स्वदेशी जुत्ता मेला

उपत्यकाका चार ठाउँमा स्वदेशी जुत्ता मेला

काठमाडौँ : नयाँ वर्ष २०८१ का अवसरमा काठमाडौँ उपत्यकाका चार ठाउँमा जुत्ता चप्पल व्यापार महोत्सव आयोजना गरिएको छ। जुत्ताचप्पल उत्पादन गर्ने उद्योगी व्यावसायीहरुको समूह नेपाली जुत्ता घरले स्वदेशमा उत्पादित जुत्ताचप्पल र स्वदेशी ब्रान्डलाई आमउपभोक्ताको बीचमा परिचित गराउने उद्देश्यले महोत्सव आयोजना गरेको हो। बुधबारदेखि काठमाडौँको बुद्धमल बालाजु, न्युरोडमल न्युरोड, ललितपुरको कुमारीपाटी र सातदोबाटोमा व्यापार महोत्सव आयोजना भएको छ।आज देखि शुरु भएको जुत्ता महोत्सव को उद्घाटन उद्योग वाणिज्य महासंघ का वस्तुगत उपाध्यक्ष हेमराज ढकालले अहिलेको विषम परिस्थितिमा देशमा जुन खालको आर्थिक मन्दीले छ, त्यसबाट माथि उठ्न हामीले आम उपभोक्तालाई नेपाली उत्पादन प्रयोग गर्न आकर्षित गर्न पनि यस्ता खालका मेला महोत्सवले देश को…
Read More
क्रान्तिकारी ट्रेड यूनियन महासंघले भन्याे सैद्धान्तिक विचलन र प्रतिक्रियावादी षड्यन्त्रविरुद्ध जुधौं

क्रान्तिकारी ट्रेड यूनियन महासंघले भन्याे सैद्धान्तिक विचलन र प्रतिक्रियावादी षड्यन्त्रविरुद्ध जुधौं

काठमाडाैँ: अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले सैद्धान्तिक विचलन सहित प्रतिक्रियावादी षड्यन्त्रको सिकार भएका विरुद्ध लड्ने भएकाे छ । महासंघका केन्द्रीय संयाेजक दिनेश शर्माले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएका हुन् । विज्ञप्तिमा भनिएकाे छ 'सैद्धान्तिक विचलन र प्रतिक्रियावादी षड्यन्त्र विरुद्ध जुधौं !हामी शोषित उत्पीडितहरुको राज्यव्यवस्था स्थापनाको लक्ष्य सहित क्रान्तिकारी मजदुर आन्दोलन निर्माणको कार्यभार उठाइरहेका छौं । यसै सन्दर्भमा महासंघले कारखाना जाऔं अभियान अघि बढाएको छ । यस अभियानले क्रान्तिकारी शिविरमा उत्साह र गति पैदा गरेको छ भने संसदीय शिविरमा निराशा र छट्पटी यसबखत संसदीय शिविर विविध प्रकारका षड्यन्त्रको खेलमा लागेको छ र त्यो हाम्रो संगठनभित्र घुसेर विभिन्न…
Read More
प्यालेस्टाइन भूमि दिवस सम्पन्न : प्यालेस्टाइन जनताको संघर्षमा नेपालका श्रमजीवीहरुको ऐक्यबद्धता

प्यालेस्टाइन भूमि दिवस सम्पन्न : प्यालेस्टाइन जनताको संघर्षमा नेपालका श्रमजीवीहरुको ऐक्यबद्धता

काठमाडौँ : विश्व ट्रेड युनियन महासंघ ( डब्लूएफटियू), समन्वय समिति- नेपालको आयोजनामा विचार गोष्ठी तथा र्‍याली सहित "प्यालेस्टाइन भूमि दिवस" कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमले प्यालेस्टाईनी जनताको आन्दोलनमा ऐक्यवद्धता प्रकट गर्दै प्यालेस्टाइनमा जारी युद्ध अन्त्यको माग गरेको छ । विचार गाेष्ठी कार्यक्रमकाे अध्यक्षता गर्दै विश्व ट्रेड युनियन महासंघका प्रेसिडेन्सियल काउन्सिल सदस्य तथा नेपाल संयाेजक प्रेमलकुमार खनालले कार्यक्रम बारे प्रकाश पार्नुभएको थियो । 'साम्राज्यवादी अमेरिकाकाे उक्साहट र सहयोगमा इजरायली सरकारले प्यालेस्टाइनी जनताको नरसंहार गरेको छ । यो निकै दु:खद र निन्दनीय  घटना हो । प्यालेस्टाईनी जनता माथि इजरायलले गरेको वमवर्षा, नाकावन्दी र भौतिक पूर्वाधार तहसनहसको जति निन्दा गरे पनि पुग्दैन । हामी नेपालका श्रमजीवीहरु…
Read More
क्रान्तिकारी ट्रेड युनियन महासंघले बुझायो प्रधानमन्त्री प्रचण्डलाई १६ बुँदे मागपत्र

क्रान्तिकारी ट्रेड युनियन महासंघले बुझायो प्रधानमन्त्री प्रचण्डलाई १६ बुँदे मागपत्र

काठमाडौँ : मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १६ बुँदे मागपत्र बुझाएको छ । महासंघका संयोजक दिनेश शर्मा नेतृत्वको प्रतिनिधि मण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष १६ बुँदे मागपत्र बुझाउदै मागहरु अविलम्ब कार्यान्वयन गर्न जोडदार माग गरेको छ । यसै क्रममा प्रधानमन्त्री प्रचण्डले महासंघले प्रस्तुत गरेका मागहरु सान्दर्भिक भएको स्पष्ट गर्नुभयो । र, भन्नुभयो, “तपाईहरुलाई धन्यवाद छ, मागहरू सान्दर्भिक छन् र तपाईहरु सहि समयमा आउनुभएको छ ।” तर कार्यान्वयनको प्रश्नमा भने प्रधानमन्त्रीको जवाफ अस्पष्ट थियो, “हेरौं, के–कति सम्बोधन गर्न सकिन्छ ।’ यस्तो छ १६ बुँदे…
Read More
राष्ट्रिय उद्योग तथा व्यापार महासङ्घ ५ नं. प्रदेशकाे भेला सम्पन्न

राष्ट्रिय उद्योग तथा व्यापार महासङ्घ ५ नं. प्रदेशकाे भेला सम्पन्न

काठमाडौँ : राष्ट्रिय उद्योग तथा व्यापार महासङ्घ ५ नं. प्रदेशको भएको भेलाले विष्णु रिजाललाई संयोजकमा चयन गरेको छ । राष्ट्रिय उद्योग तथा व्यापार महासङ्घका कार्यालय सदस्य तथा ५ नं. (लुम्बिनी प्रदेश) का इन्चार्ज पिताम्बर पुनको प्रमुख आतिथ्य र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य एवम् ५ नम्बर प्रदेश इन्चार्ज प्रेम सुवेदीको विशेष आतिथ्यमा २६ फागुनमा सम्पन्न भेलाले १५ सदस्यीय प्रदेश भेला आयोजक समिति गठन गरेको हो । प्रदेश समितिका सदस्यहरूमा अशोक थापा, खिलराज खाती, रामकुमारी चौधरी, भक्तबहादुर श्रीस, खुमानन्द भुसाल, कृष्ण राना, गणेश ढकाल, प्रेमबहादुर वली, सरोज राना, टुकलाल पुनलगायत रहेको महासङ्घ केन्द्रीय कार्यालयले जनाएको छ ।
Read More
क्रान्तिकारी पर्यटन मजदुर संघ नेपालको एकता अधिवेशन सम्पन्न

क्रान्तिकारी पर्यटन मजदुर संघ नेपालको एकता अधिवेशन सम्पन्न

काठमाडाैँ : क्रान्तिकारी पर्यटन मजदुर संघ नेपाल र अखिल नेपाल क्रान्तिकारी पर्यटन मजदुर संघ बिच एकता अधिवेशन सन्पन्न भएको छ। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी ट्रेड युनियन महासंघ आबद्द पेशागत संघ अन्तर्गत रहेको क्रान्तिकारी पर्यटन मजदुर संघ नेपालको एकता अधिवेशन सम्पन्न भएको छ। उक्त कार्यक्रमको संचालन सहसम्योजक रामचन्द्रले गर्नु भएको थियो र सगठनको कार्ययोजना सम्योजक देवि गौलिले प्रस्ट्याउनु भएको थियो। प्रमुख अतिथि क्रान्तिकारी ट्रेड युनियन महासंघका संयोक दिनेश शर्मले प्रशिक्षण मुलक मन्तव्य राख्नु भएको थियो। अधिवेशनले संयोजक देवि गौलि र सह संयोजक रामचन्द्र थापा सहित २१ सदस्यीय केन्द्रिय समिती चयन गरेको छ।
Read More
क्रान्तिकारी ट्रेड युनियन महासंघले गर्याे सहिद सप्ताहको पहिलाे दिन भव्य उद्घाटन

क्रान्तिकारी ट्रेड युनियन महासंघले गर्याे सहिद सप्ताहको पहिलाे दिन भव्य उद्घाटन

काठमाडौँ : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले सहिद सप्ताहको भव्य उद्घाटन सम्पन्न गरेको छ । कार्यक्रममा क्रान्ति र सहिदहरूको बलिदानमाथि चर्चा भएको थियो । डल्फिन कार्पेट, अत्तरखेल, काठमाडौँमा महासंघका संयोजक दिनेश शर्माले सहिद सप्ताह कार्यक्रमको उद्घाटन गरेका हुन् । उद्घाटनमा वसन्त बोगटी, कुमार घताने, सरोज न्यौपाने, अर्जुन बोगटी, युवराज थापा, सुजाता रोका, केशव बुढाथोकी, राजन दाहाल, लक्ष्मिराम दङ्गालसहित महासंघका केन्द्रीय नेताहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका संयोजक दिनेश शर्माले परिवर्तन स्वस्फूर्त सम्भव नहुने र त्यसका लागि सचेत विचार, जुझारू पार्टी सङ्गठन, नेतृत्व र आन्दोलन चाहिन्छ । त्यसले महान् वलिदानको माग गर्ने स्पष्ट गरे । ‘जनयुद्ध…
Read More
नेपाल क्रिकेट संघले शीर्ष ग्रेडका खेलाडीहरुलाई मासिक एक लाख रुपैयाँ तलब दिने

नेपाल क्रिकेट संघले शीर्ष ग्रेडका खेलाडीहरुलाई मासिक एक लाख रुपैयाँ तलब दिने

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले शीर्ष ग्रेडका खेलाडीहरुलाई मासिक एक लाख रुपैयाँ तलब दिने भएको छ । क्यानको सोमबार बसेको बैठकले पुरुष र महिला खेलाडीको वर्गीकरण गर्दै नयाँ तलबमान तोकेको छ । नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेल पछिल्लो एक वर्षमा गरेको प्रदर्शन, प्रशिक्षक तथा टिम म्यानेजरको मूल्यांकन लगायतका आधारमा खेलाडीहरुको ग्रेडिङ गरिएको क्यानले बताएको छ । ग्रेड एमा कप्तान रोहितकुमार पौडेलसँगै सोमपाल कामी, करण केसी, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल छन् । ग्रेड बीमा कुशल मल्ल, गुल्सन झा, भीम सार्की, ललितनारायण राजवंशी, आसिफ शेख र अविनाश बोहोरा छन् । हालै मात्र बनेको नेपाल एका कप्तान…
Read More