समाज

ताप्लेजुङमा वनमा लागेको डढेलोले एक घर जलेर नष्ट

ताप्लेजुङमा वनमा लागेको डढेलोले एक घर जलेर नष्ट

माघ २४ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–२ सान्थाक्रामा वनमा लागेको डढेलोले मङ्गलबार एकघर जलेर नष्ट भएको हो । गाउँपालिकाका अध्यक्ष यकहाङबीर हाङ्गाम (डम्बर) का अनुसार सान्थाक्राका स्थानीय प्रतिमान विश्वकर्माको घर आगलागी भएको हो । आगलागीले विश्वकर्माको घर पूर्णरुपमा जलेर नष्ट अध्यक्ष हाङ्गामले बताउनुभयो । डढेलोका कारण घरमा आगलागी हुँदा खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन लगायतका सम्पूर्ण सामग्री नष्ट भएको पनि उहाँले जानकारी दिनुभयो । सान्थाक्रा र वडा ३ खाम्लुङको सिमानामा रहेको साक्फारा वनमा मङ्गलबार दिउँसोदेखि डढेलो सुरु भएको थियो । वनमा लागेको डढेलो तत्काल नियन्त्रण गर्न स्थानीय जनप्रतिनिधि, सर्वसाधारण, प्रहरीलगायतले कोसिस गरे पनि हावाहुरीका कारण सम्भव नभएको गाउँपालिका अध्यक्ष हाङ्गामले बताउनुभयो । वनमा…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीले न्यौपानेबारे छानवीन पश्चात् सत्यतथ्य जानकारी गराइने

क्रान्तिकारी कम्युनिस्ट पार्टीले न्यौपानेबारे छानवीन पश्चात् सत्यतथ्य जानकारी गराइने

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले पार्टीका केन्द्रीय सचिवालय सदस्य भूपेन्द्र न्यौपानेलाई आरोपित गर्दै सार्वजनिक भएका केही विषयमाथि दिइएको निवेदनबारे सम्बन्धित निकायद्वारा छानवीन भइरहेको जानकारी गराएको छ । पार्टी प्रवक्ता कञ्चनले सोमबार प्रेस वक्तव्यमार्फत भूपेन्द्र न्यौपानेलाई आरोपित गर्दै सार्वजनिक भएका केही विषयमाथि पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । साथै उनले उक्त विषयबारे छानवीन पश्चात् प्राप्त सत्यतथ्यका आधारमा आवश्यक जानकारी गराइने बताए । पार्टी प्रवक्ता कञ्चनले प्रेस वक्तव्यमा भनेका छन्, ‘हालै हाम्रो पार्टीका केन्द्रीय सचिवालय सदस्य क. भूपेन्द्र न्यौपानेलाई आरोपित गर्दै सार्वजनिक भएका केही विषयमाथि पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । यस सन्दर्भमा सम्बन्धित व्यक्तिहरुद्वारा दिइएको निवेदनबारे पार्टीको सम्बन्धित निकायद्वारा…
Read More
उजुरी परेपछि १६ लाख स्मार्ट कार्ड खरिदका लागि गरेको टेण्टर आह्वान  रद्द ।

उजुरी परेपछि १६ लाख स्मार्ट कार्ड खरिदका लागि गरेको टेण्टर आह्वान  रद्द ।

माघ २३ गते । साढे १६ लाख स्मार्ट कार्ड खरिदको लागि गरेको बोलपत्रमा मिलेमतो भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले छानबिन थालेको अवस्थामा यातायात व्यवस्था विभागले साढे १६ लाख स्मार्ट कार्ड खरिदका लागि गरेको टेण्टर आह्वान  रद्द गरेको छ। यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालका अनुसार टेण्डर आह्वान चार/पाँच दिन अघि नै रद्द गरिएको हो तर मिलेमतो भएर टेण्डर रद्द नगरिएको उहाँ बताउनुहुन्छ। उहाँका अनुसार टेण्डर परेका  कम्पनीले  पेश गरेका  कागजपत्र पूर्ण नभएकले टेण्डर रद्द गरिएको हाे ।  मूल्याङकन समितले दिएको प्रतिवेदनका आधारमा ठेक्का रद्द गरिएको उहाँ बताउनुहुन्छ। दुई कम्पनीले मात्र टेण्डर भरेका…
Read More
शिक्षा अधिकृत गौरीकान्त न्यौपानेलाई कालोमोसो ।

शिक्षा अधिकृत गौरीकान्त न्यौपानेलाई कालोमोसो ।

माघ २३ गते । कैलालीको लम्कीचुहा नगरपालिकाको शिक्षा अधिकृत गौरीकान्त न्यौपानेलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी युवा सङ्गठन, नेपालले कालोमोसो दलेको छ । शिक्षक नियुक्तिमा भष्ट्राचार गरेको लगायतका ६ बुँदे अभियोगसहित सङ्गठनले सोमबार न्यौपानेलाई कालोमोसो दलेको हो । न्यौपाने माथि ४७ जना शिक्षक नियुक्तिमा जनही १ देखि ३ लाख रुपैयाँसम्म कमिशन लिएको, नगरस्तरीय खेलकुद र सामाग्री खरिद एवम् विद्यालयको भौतिक निर्माणमा भष्ट्राचार गरेको, बिभिन्न सरोकारवालाहरूलाई धम्की दिने गरेको, विद्यालय  व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई अभद्र ब्यवहार गरेको, सरकारी सवारी साधन बिदाको दिन दुरुपयोग गरेको लगायतका आरोप सङ्गठनले लगाएको छ ।
Read More
क्रान्तिकारी युवा संगठनले दियो भ्रष्टाचारीलाई जनकारवाही गर्ने चेतावनी

क्रान्तिकारी युवा संगठनले दियो भ्रष्टाचारीलाई जनकारवाही गर्ने चेतावनी

रुपन्देही : क्रान्तिकारी युवा संगठन नेपालले भष्ट्रचारी बिरुद्ध जनकारबाहीमा उत्रिने चेतावनी दिएको छ । मोहन वैद्य (किरण) नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सहायक संगठन क्रान्तिकारी युवा संगठन नेपालले भ्रष्टाचार बिरूद्व संघर्षमा उत्रिने चेतावनी दिदै आवश्यक परे जनकारवाही गर्ने बताएको हो । संगठनले देशमा बिभिन्न स्थानमा भष्ट्राचारका बिरुद्ध आन्दोलन गर्दै भष्ट्राचारमा संलग्न उपर ‘कालोमोसो दल्दै ‘ आएको छ । क्रान्तिकारी युवा संगठन नेपाल लुम्बिनी (५ नम्बर ) प्रदेश समितिले आइतवार बुटवलमा पत्रकार सम्मेलन गरि आफ्ना ३९ बुँदे माग समेत सार्वजनिक गरेको छ ।संगठनले देशका तमाम समस्या समाधानका लागि यसअघि प्रधानमन्त्रीलाई २० बुँदे ज्ञापनपत्र बुझाएको जनाएको छ । ती मागहरू सम्बोधन हुने…
Read More
जग्गा घोटाला प्रकरण:बाँसबारीको १० रोपनी जग्गाको विवाद के हो ?

जग्गा घोटाला प्रकरण:बाँसबारीको १० रोपनी जग्गाको विवाद के हो ?

काठमाडौँ : काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेर आफ्नो कम्पनीको नाममा ल्याएको आरोपमा व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । उनी पश्चिम नवलपरासी–१ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद विनोद चौधरीका कान्छो भाइ हुन् ।सरकारको नामबाट हडपेर लगेको भनिएको १० रोपनी जग्गामा अहिले चौधरी ग्रुपले ‘चाँदबाग स्कुल’ सञ्चालन गरिरहेको छ । पुरानो बाँसबारी छालाजुत्ता कारखानाको नामको सो जग्गा अहिले चाँदबाग रेसिडेन्सी प्रालिमा लगिएको केन्द्रीय अनुसन्धान ब्यूरोकी (सीआईबी) प्रमुख (एआईजी) किरण बज्राचार्यले रातोपाटीलाई बताइन् । २०७५ मा जग्गा चाँदबाग रेसिडेन्सी प्रा.लिमा रुपान्तरण भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । चाँदबाग रेसिडेन्सी प्रा.लिका अध्यक्ष संजय ठाकुर हुन् । महोत्तरी घर भएका…
Read More
मजदुर महासंघको ‘कारखाना जाऔंँ’ अभियान तीव्र

मजदुर महासंघको ‘कारखाना जाऔंँ’ अभियान तीव्र

भक्तपुर : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको महासंघको ‘कारखाना जाऔं’ अभियानमा मजदुरहरुको आकर्षण बढ्दो छ । चार महिने अभियानका क्रममा निर्माण लगायत क्षेत्रका मजदुरहरु संगठित हुने क्रम जारी छ। यहि क्रममा बिहीबार भक्तपुर जिल्लाको खरिपाटी स्थित निर्माण क्षेत्रमा कार्यरत श्रमिक मजदुरहरु संगठित भएका छन् । महासंघका केन्द्रीय संयोजक दिनेश शर्माको प्रमुख आतिथ्यतामा भएको एक कार्यक्रमका बीच निर्माण मजदुरहरु संगठित भएका हुन् । भक्तपुरको खरिपाटी क्षेत्रमा कार्यरत मजदुरहरु महासंघको घटक संगठन अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर संघमा संगठित भएको सम्बद्ध स्रोतले जानकारी दिएको छ । प्राप्त समाचार अनुसार बिहिबार अभियानको क्रममा रामबहादुर नेपालीको संयोजकत्वमा १६ सदस्यीय इकाई कमिटि निर्माण गरिएको…
Read More
आजको मौसम : कहाँकहाँ केके हुँदैछ

आजको मौसम : कहाँकहाँ केके हुँदैछ

काठमाडौं : पश्चिमी भूभागमा वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव छ । त्यसको प्रभावले सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा, कर्णाली प्रदेशका थोरै स्थानहरूमा र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा फाटफुटदेखि हल्का वर्षा भैरहेको हो । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात पनि भएको छ । मध्य तथा पूर्वी तराईका थोरै स्थानहरूमा भने हुस्सु लागेको महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका मौसमविद डा. विनोद पोखरेलका अनुसार पश्चिम…
Read More
मूल्य बढ्यो पेट्रोल, डिजेल र खाना पकाउने ग्याँसको

मूल्य बढ्यो पेट्रोल, डिजेल र खाना पकाउने ग्याँसको

काठमाडौं : नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो । डिजेल र पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको छ । खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर १५ रुपैयाँले मूल्य बढेको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार बढेको मूल्य बुधबार मध्यरातिदेखि नै लागू हुने छ ।
Read More
मजदुर महासंघको ‘कारखाना आऔं’ अभियान तीव्र

मजदुर महासंघको ‘कारखाना आऔं’ अभियान तीव्र

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले घोषित अभियानलाई तिब्र बनाएको छ। ‘कारखानामा जाऔं’ भन्ने नाराका साथ महासंघ देशैभरि अभियानमा जुटेको छ ।चार महिने अभियानको क्रममा महासंघले औपचारिक र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरुसँग भेट गर्ने, छलफल चलाउने र सदस्यता बितरण समेत गरिने महासंघका नेताहरुले जानकारी दिएका छन् । यसैबीच, अभियानको क्रमामा आज (२०८०–१०–१२) गते बिहान काठमाडौको श्वयम्भू क्षेत्रमा कार्यरत निर्माण श्रमिकहरुसँगसँग भेटघाट–छलफल भएको छ । सो क्रममा महासंघको घटक संगठन अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर संघ अन्तर्गतको इकाइ कमिटी समेत निर्माण गरिएको छ। अभियानले शोनाम शेर्पाको अध्यक्षतामा पन्ध्र १५ सदस्यीय इकाइ कमिटी…
Read More