चितवन : सहिद सप्ताह पहिलो दिन चितवनकाे भरतपुर महानगर पालिका-१५, स्थित मंगलपुर गाेपाल चाेकमा रहेको रामकृष्ण तिमिल्सिेना विवश र शिवहरि तिमिल्सिेना शालिकमा माल्पण गरि महान सहिदहरुकाे स्मरणमा माैन धारण सहित जीवनी वाचन सहित काेण सभा सम्पन्न गरेकाे समाचार प्राप्त भएकाे छ ।
नवलपुर : क्रान्तिकारी कम्प्युनिष्ट पार्टी नेपाल नवलपुरले सोमवार बलिदान दिवस (सहिद सप्ताह) को अवसर पारेर कावासोतीमा शहिदहरुको स्मरण गरेको छ । तस्बिर : रामकुमार श्रेष्ठ
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले विभन्न कार्यक्रम गरी मनाउँदै काठमाडौँ : नेपालको इतिहासमा विविध कालखण्डमा भएका वर्गीय र न्यायपूर्ण युद्धका क्रममा उच्च सहादत प्राप्त गर्ने सहिदहरूको सम्झना र सम्मानमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालसहित विभिन्न धारामा विभाजित माओवादीहरूले हरेक वर्षको फागुन १४ देखि २१ गतेसम्म बलिदान दिवस (सहिद सप्ताह) मनाउँदै आएका छन् । सहिद सप्ताह देशैभर भव्य रूपमा मनाउन क्रान्तिकारी कम्युनिस्ट पार्टीले सबै पार्टी कमिटीमा सर्कुलर जारी गरिसकेको छ । सहिद परिवारहरूसँग भेटघाट अन्तरक्रिया गर्ने र जनयुद्धका बाँकी कार्यभार पूरा गर्ने महान् राजनीतिक अभियानमा सहिद परिवारहरूलाई जोड्ने उद्देश्य राखेर क्रान्तिकारी माओवादीले यो एक हप्ता सहिद परिवारहरूसँग भेटघाट अन्तरक्रिया गर्ने कार्यक्रम राखेको सम्बद्ध स्रोतले…
सुर्खेत : सिम्ता गाउँपालिका वडा नं ६ काे जामुने वजारमा वाइक र ट्याक्टर ठाेकिदा वाइकमा सवार विरेन्द्र नगरपालिका वडा ३ निवासी वर्ष २९ का विजय रानाकाे घटना स्थलमै मृत्यु भएको छ । जाजरकोट तर्फ जाँदै गरेको बा ९५ प ५२९६ नम्बरको बुलेट मोटरसाइकल र जामुने वजार देखि राकम तर्फ आउँदै गरेको भे १ त ४५ नम्बरकाे ट्याक्टर वजारमै एकआपसमा ठाेकिएको स्थानीयकाे भनाइ रहेको छ । माेटरसाइकल चालक वि न पा १ निवासी वर्ष २३ का रुपेश गिरीकाे अवस्था भने चिन्ताजनक रहेको इ.प्र.का. वादेपिपल राकमले बताएकाे छ । उपचारका लागि गिरीलाइ अहिले सुर्खेत लगिएको छ । ट्याक्टर चालक भने प्रहरी नियन्त्रणमा…
वसन्त बोगटी/काठमाडौ : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ सम्बद्ध क्रान्तिकारी सेक्युरिटी मजदुर संघको एकता अधिवेशन सम्पन्न भएको छ । चाबहिल-७, काठमाडौ सम्पन्न अधिवेशनले संयोजक राजु दाहाल र सह संयोजक सुमन बस्नेतको नेतृत्वमा ९ सदस्यीय केन्द्रीय समिति निर्माण गरेको छ । उक्त अधिवेशनमा महासंघका केन्द्रीय सह-संयोजकद्वय ईश्वर तिमिल्सिना, वसन्त बोगटी, ३ नम्बर प्रदेश महासंघका संयोजक कुमार घताने, सह-संयोजक सरोज न्यौपाने, निर्माण मजदुर संघका संयोजक बालकृष्ण सिटौला, वैदेशिक मजदुर संघका संयोजक युवराज थापा, होटल मजदुर संघका संयोजक अर्जुन बोगटी, इटाभट्ट मजदुर संघका संयोजक सुजाता रोका, सह संयोजक मिलन श्रेष्ठ र संघसंस्थाका सह संयोजक लक्ष्मिराम दंगालको उपस्थिति रहेकोे थियो । पछिल्लो पटक…
अनुभूति र धारणा हरेक वर्ष जस्तै यस वर्ष पनि स्वस्थानी कथा वाचन शुरु भएपछि फेसबुकमा एउटा भिडियो देखेँ । जसमा महिला हिंसा विरुद्ध लेख लेख्ने र अभियानहरूमा सामेल हुने गरेकी चिनारूले धूप–दीप र फलफूल थालीमा राखेर ब्याचलर पढ्दै गरेकी छोरीले कथा पढ्दै गरेको भिडियो सार्वजनिक गरेकी थिइन् । पढालेखा वर्गले स्वस्थानी कथा वाचन परम्परालाई बिना सुझबुझ यसरी अवलम्बन गरिरहेको देखिसकेपछि त्यसैमा केहीबेर अडिएँ र मनमा उब्जिएको जिज्ञासालाई पोष्ट गरेँ । जसमा– ‘आफ्ना बालबालिकालाई अझ पनि सतीदेवीले अग्निकुण्डमा गरेको आत्मदाह, गोमाको बालविवाह र वृन्दाको बलात्कारलाई मान्यता दिएको स्वस्थानी कथालाई ‘पवित्र’ भन्दै वाचन गर्न लगाउने वा वाचन गरेर प्रशिक्षित गर्ने अविभावकहरूबाट महिला…
चितवन : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रदेश ३ का सदस्य प्रकाशबाबु खनालका बुबा रामचन्द्र खनालको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कुखुरा पालक किसान संघ , चितवनको संयुक्त आयोजना भएको कार्यक्रम पार्टीका केन्द्रीय सदस्य एवं चितवन जिल्ला संयोजक बिकासले संचालन गर्नु भएको थियो । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी , नेपालका तर्फबाट के. स. सदस्य एवं जिल्ला इन्चार्ज ध्रुब र नेपाल कुखुरा पालक किसान संघका केन्द्रीय अध्यक्ष झनकप्रसाद पौडेलले आआफ्नो संस्थाको तर्फबाट समवेदना व्यक्त गर्नु भएको थियो ।२००१ साल भाद्र ९ गते गोर्खा दर्बुङ्गमा जन्मनु भएका खनालको २०८० फाल्गुन ५ का दिन चितवन , रत्ननगरमा…
नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल प्रतापपुर गाउँ संगठन समितिले भष्ट्रचार तथा कमिशनखोरी बन्द गर्न माग गर्दै प्रतापपुर गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ । विहीवार प्रतापपुर गाउँ संगठन समितिले गाउँपालिका भित्रका समस्या सहित १३ बुदें ज्ञापनपत्र बुझाएको हो । प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश यादव समझ बुझाइएको ज्ञापन पत्रमा हाल सम्मका जनप्रतिनिधिहरुको तीन पुस्ते सम्पत्ति छानविन गरी सार्वजनिक गर्नुपर्ने माग समेत समाबेश गरिएको छ । गाउँपालिकाले संचालन गरेका बिभिन्न आयोजना र मातहतका कार्यालयमा खरिद गरिएका बिभिन्न सामानमा कमिसनखोरी प्रबृतिहरु हावी समेत ज्ञापन पत्रमा उल्लेख गरिएको छ । त्यसैगरी विकास निर्माण तथा आयोजनामा भएका भ्रष्टाचारको छानविन गरी अलपत्र पारिएका योजनाहरु सम्पन्न गर्न तत्काल पहल…
चितवन : मोहन वैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल चितवनले रत्ननगर नगरपालिका–६ मा रहेको ११ कठ्ठा १८ धुर व्यक्तिको नाममा रहेको जग्गा कब्जा गरेको छ । पार्टीका जिल्ला संयाेजक विकासले आज एक विज्ञप्ति जारी गरी जग्गामा ब्यानर र झण्डा राखेर सो जग्गा कब्जा गरेको विज्ञप्तिमार्फत जानकारी दिएका छन् । विज्ञप्तिमा भूमाफियाहरुले ईन्द्रराज चौधरीलाई नारायणगढको एक होटलमा लगेर जालझेल गरेर सही किर्तै गरी जग्गा कब्जा गरेको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘ टिकेन्द्र चौधरी, भक्तबहादुर ठगुल्ला, रामकृष्ण बर्ताेला, संगिता तामाङ, सीता ढकाल, प्रेम बराल, कृष्णकुमार श्रेष्ठ र अप्रत्यक्षरुपमा लागेका अन्य मिलेर पीडित ईन्द्रबहादुर चौधरीको सो जग्गा खाएका छन् ।…
काठमाडौं : अजित मिजारको हत्यारालाई कारबाही र पीडित परिवारलाई न्यायको निम्ति आज माइतीघर मण्डलामा चार दलित संगठनले गरेको ‘वृहत् खबरदारी कार्यक्रम’माथि प्रहरीले हस्तक्षेप गरी ५० जनाभन्दा बढी दलित नेताहरुलाई गरेको गिरफ्तारीको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले घोर भत्र्सना गरेको छ । पार्टी प्रवक्ता कञ्चनले जारी गरेको वक्तव्यमा गिरफ्तार गरिएका दलित मोर्चाका नेता कार्यकर्ताहरुलाई तत्काल रिहा गर्न जोडदार माग गरिएको छ । वक्तव्यमा गिरफ्तार हुनेहरुमा एकीकृत दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय संयोजक दर्शन नेपाली, सहसंयोजक टेक बहादुर वि.क., राम नेपाली, शोभा विश्वकर्मा, विरेन्द्र सुनार, कृष्ण सेवा लगायत हुनुहुन्छ । त्यसै गरी अन्य संगठनबाट दलमर्दन कामी, दुर्गा बराइली अर्जुन, प्रमिता, रबिना परियार, दिलिप…