भिवाडीमा प्रगतिशील तीज कार्यक्रम सम्पन्न
भिवाडी : अखिल भारत नेपाली एकता समाज भिवाडी महिला नगर समिति एवं नेपाली एकता समाज भारत भिवाडि महिला सङ्गठन समितिको संयुक्तआयोजनामा महिलाहरूकोहरितालिका तीजको कार्यक्रम १ सेप्टेम्बर २०२४ का दिन भिवाडीको एक होटलमा सम्पन्न भएको छ । कार्यक्रमको सञ्चालन नगर सचिव श्री बाबुराम खड्काले गरेका थिए । कार्यक्रमको अधक्ष्यता श्रीमती कल्पना खड्काले गरेका थिए । अतिथिको आशन ग्रहण पछि सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो। उपस्थित जनमानसलार्इ शब्दबाट जयनारायणले र संगीतबाट रक्तिमका कलाकारहरूले स्वागत गरेका थिए। प्रमुख अतिथि नेपाली एकता समाज भारतका अध्यक्ष श्री भक्त पुनले रिवन काटेर प्रगतिशील तीजि कार्यक्रमको उद्घाटन गरेका थिए ।कार्यक्रम सफलताको शुभकामना दिनेहरूमा अखिल भारत…