लेनिनको १०० औं स्मृति दिवस र आजको विश्व
डा. केशव देवकोटा विश्व सर्बहारा बर्गका महान नेता लेनिनको निधन भएको हिजो जनवरी २१ ( माघ सातगते) १०० वर्ष पुगेको छ । उहाँको निधन सन् १९२४ जनवरी २१ मा ५३ वर्षको उमेरमा भएको थियो । विश्वभर हिजो लेनिन शताब्दी स्मृति दिवस मनाइएको छ र उहाँका योगदानहरुको स्मरण गरिएको छ । व्लादिमिर इल्यिच लेनिनको जन्म सन् १८७० को अप्रिल २२ मा रुसमा भएको थियो । माक्र्स, एङ्गेल्सले प्रतिपादन गर्नुभएको क्रान्तिकारी दर्शन र वैज्ञानिक समाजवादको विकास र प्रयोगमा उहाँको ठूलो योगदान रहेको छ । उहाँले नै विश्वमा पहिलो पटक माक्र्सवादलाई सही किसिमले प्रयोग गरेर शोषित पीडित जनताको राज्यसत्ताको स्थापना गर्नुभएको थियो ।…