पानीबारे हजुरआमाको कथा
मेरो मेरो आमाको आमा हजुरआमा उमेरमा निकै राम्री हुनुहुन्थ्यो । अग्लो जिउ ,गोरो मुहार ,मुहारमा राम्रो लाहुरेफूली लगाएको अनि निधारमा उहाँको जहिलेपनि रातो टलकने टिकी रहेको हुन्थ्यो । हजुर आमाले जहिले पनि रातो मखमलको चोली लगाउने गर्नूहुन्थ्यो । वहाँले संधै कक्कड खानुहुन्थ्यो । काँचोपातको वा आँकेको कक्कड बनाएर खाने गर्नुहुन्थ्यो । वहाँले कक्कड चिलिममा भरेर खाने गर्नुहुन्थ्यो । वहाँको सबै बानी व्यवहार निकै राम्रो थियो । पानीको मुहान वरपर सफा राख्नु पर्दछ भनेर संधै भन्ने गर्नु हुन्थ्यो । मेरो हजुरआमाले पढेको लेखेको त हुनुहुन्थेन तर पनि व्यवहारिक रुपमा सबै काम राम्रो संग गर्ने, घरदेखि मेलापात सम्मको सबै काम राम्रोसंग जानेको…