रित्तिंदैछ देश दुश्चक्रमा नेपालका युवापुस्ता

दिनानुदिन नेपालको गाउँ वस्ती, शहर रित्तिने त हैन? भन्ने अति डरलाग्दो भयावह दयनीय स्थिति देशमा देखिन थालेको छ । नेपालका शासक वर्गहरुले दैनिक आधारभूत आवश्यकता सामानहरुमा अचाक्ली मूल्यवृद्धि, ढाडसेक्नेगरी सबै चीजमा कर अनि दैनिक जीविकोपार्जनमा चुकाउनै नसक्ने महंगाईका साथ कुनै व्यापार व्यवसाय गरौं भन्नेहरुका लागि विभिन्न किसिमका झन्झटिला कानुनी तगारा झन्झटिला दिक्कलाग्दा दर्ता कर लगायत धेरै समस्याको सामना गर्नुपर्ने हुनाले देशमा सरकारले युवाहरुलाई बाँच्न र बस्नुपर्ने वातावरण नै धुमिला बनाई दिनाले युवा जमात दिक्क भएर देश छोड्न बाध्य भएका छन् ।

सरकारले युवाहरुलाई उनीहरुको योग्यताका आधारमा उनीहरुको सीपको आधारमा कला कौशलको क्षमताको आधारमा सरकारी सेवाहरु दिने व्यापारीहरुलाई प्रोत्साहन र सुविधाहरु दिने कलकारखानाहरु वृद्धि गरेर देशमै स्वरोजगारको व्यवस्था मिलाएर देशका युवाहरुलाई देशमै रहनुपर्छ, देशका जनता युवाहरुले देशमै केही गर्नुपर्छ भन्ने खालको कुनै पनि जिम्मेवारी, विश्वासिलो भरपर्दो काम नगरी भएका देशका कलकारखाना, सरकारी मातहतका सबै संरचना ध्वस्त पार्ने कमिसन विनाको कुनै पनि काम नगर्ने राष्ट्र, युवा र जनतालाई भयभित बनाउने देशमा बस्नै नसक्ने स्थिति बनाएर मुलुकमा मेनपावर जस्ता मानव तस्करहरुलाई वैधता दिएर उनीहरुबाट कमिसन खाने भ्रष्ट दलाल सरकारले हुँदा हुँदा सरकार नै आफै मानव तस्करीमा सामेल हुन पु्गेर भुटानी शरणार्थी बनाएर अमेरिका पुराउने काण्डसम्म तपाई हामीहरुले देखियो ।

नेपाल भ्रष्ट र एक दलाल शासकहरुले शासन चलाएको देश हो । नेपालका शासकहरुले कमिसनमा जे पनि गर्न सक्छन् भन्ने सन्देश अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार भैरहेको छ । त्यसैले युवा जमातमा सरकारबाट हामीहरुलाई केही पनि हुने वाला छैन । सरकारले हाम्रो लागि केही पनि गर्दैन भन्ने छाप युवाहरुमा पर्न जानुले युवाहरु प्रत्येक दिन देश छोडेर पलायन हुने मै तल्ल्लिन देखिन्छन् । युवाहरुले विदेशिनको लागि यतिसम्म गर्दैछन कि उनीहरुले लाखको हिसाव हैन एक एक करोडसम्म खर्च गरेर दिनानुदिन विदेश पलायन भैरहेका छन् विभिन्न मेनपावर मानव तस्करहरुलाई ठूलो रकम खर्चेर विभिन्न देशहरुमा पुगेका छन् ।

हालको युक्रेन र रुसको लडाईमा रुसी सेनामा सामेल भएर कैयौं नेपालीहरु युक्रेनी सेनाको कब्जामा छन भने कैयौं नेपालीको मृत्यु भैसकेको अति दुःखलाग्दो तथ्यले नेपाली युवा जमातमा उनीहरुको मानसपटलमा कति कहाली लाग्दो बोझको आर्थिक सामनासँग जुुिधरहेका छन् भन्ने कुराको तथ्य सावित भैरहेको छ । विभिन्न संसारभरमा रोजगारीको नाममा पुगेका युवा जमातको दुःख, पीडालाई यो सानो कपीको पानामा दुई चार शब्द लेखेर विश्लेषण गरेर पुग्दैन निकै नै भयानक कहाली लाग्दा पीडाहरु छुपेका छन् । यसको भविष्यमा नेपालले ठूलो नोक्सानको सामना गर्नुपर्नेछ ।

एकातिर भारतसँगको खुला सिमाना अर्को तर्फ नेपालीहरुले अपनाएको जनसंख्याको कम वृद्धि यानी जनसंख्या कम गर्ने नेपाली समाजको चेतनाका साथ साथमा नेपालको प्रत्येक गाउँ वस्ती, शहरका प्रत्येक घरबाट खाडी लगायत विभिन्न देशहरुमा रोजगारीको लागि जानेहरुको संख्या बढेको बढैछ भने अर्कोतर्फ पढाईको सिलसिलामा युरोप अमेरिकातिर लामबद्ध भएर लाग्ने अर्को युवा पिंढी छ । पढाईको शिलशिलामा युरोप अमेरिका पुगेका युवा जमात फेरि अर्को झन्झटमा रोमलिएका हुन्छन् । उनीहरु जब देश छाडेर पढाईको शिलशिलामा तिनी मुलुकहरुमा पुगेपछि त्यहाँको कार्ड होल्डर बनिसकेपछि त्यहाँ उनीहरुले गाडी घरहरु लोनमा लिने गर्दछन्, श्रीमती लैजान्छन्, बच्चाहरु जन्मिसकेपछि तिनीहरुको पढाई लेखाई यावत तरिकाले गर्दा उनीहरु स्वदेश फर्कंदैनन् । अनि त्यहाँ जन्मेका बच्चाहरु त्यहीको संस्कार अनुसारका हुन्छन् । अनि तिनी बच्चाहरुलाई नेपालको माया हुने कुरै हुँदैन ।

यता हालसम्म नेपालका कैयौं गाउँ वस्तीका घरहरु खाली छन् । गाउँ उजाड छ । गाउँमा कसैको मृत्युवरण भएमा मलाम जाने मान्छे पाउँदैन । खेतीयोग्य जमिनहरु सबै उजाड जंगलमा परिणत भैरहेका छन् । गाउँबाट शहर बसाई सराई र शहरबाट विदेशको पलायनले थोरै मात्रामा गाउँमा रहेकाले पनि आफूलाई अति असुरक्षित महशुस गरिरहेका छन् । आज गाउँ टोल शहर सुनसान जस्तो देखिन थालेको छ । गाउँ टोलमा जन्ती र मलामीको खाँचो परिसकेको छ भने शहर पनि खाली हुने अवस्था दिनानु दिन एयरपोर्टमा विदेशिने युवाहरुको जमातले देखाइरहेको छ । हिजोसम्म भरिभराउ व्यापार हुने शहरहरु अहिले खाली हुन थालेका छन् । एकाध बँचे खुचेका उद्योगहरुले काम गर्ने मजदुरहरु पाउन छाडेका छन् । खेतीपाती गर्ने र उद्योगहरुमा काम गर्ने जनसंकित नभएपछि क्रिश्चियनबाट हामीहरु दिनानुदिन बञ्चित हुने अवस्थामा छौं । यसको मुलकारण अत्यधिक मूल्यवृद्धिले नचाहिंदो करको अभिभाराले विदेशिन बाध्य तुल्याएको छ । यसको असर प्रत्यक्ष राजस्वमा पनि पर्न गएको छ । आज हरेक घरका अभिभावक आफ्नो बच्चाले १२ कक्षा पढ्नासाथ विदेश जाओस् भन्ने चाहन्छ् हुन त अध्ययनका लागि उच्च शिक्षा हासिल गर्न जानु कुनै नराम्रो कुरा त छैन तर विद्यार्थीहरु आफ्नो पढाईका साथ रोजगारी र आफ्नो भविष्य राम्रो बनाउने आप्mनो स्ट्रगल होस् भन्ने चाहना राख्दछन् र उनीहरु उतै सेटल हुने गर्दछन् । यस्तो हुनुमा देशका शासक सरकारको कारणले युवाहरुमा आफ्नो भविष्यको लागि अति चिन्तित हुनु स्वभाविक पनि हुन जान्छ । जुन कुराको नीति निर्माणकर्ताले कहिलै सोच्न सकेनन् ।

युवाहरु विदेश पलायन भैराखुन देशमा रेमिट्यान्स भित्रिन्छ । त्यही रेमिटयान्समा हामीहरुले राजगज गर्दछौं भन्ने सोंच राखेका नीति निर्माण गर्नेहरुको गलत रवैयाले गर्दा पनि देश र जनताले धोका खाइरहेको अवस्था छ । उता उच्च शिक्षा हासिल गर्ने सपना बोकेर आफ्नो करियर बनाउन गएका अमेरिका, क्यानडा, अस्टे«लिया यूरो छिरेका विद्यार्थीहरुले डलरको हिसावमा कमाई गर्दछु । अनि नेपाली समाजको तरिकाले रहन सक्छु । भनेर त्यसो हुन त्यो गर्न त्यहाँको सिस्टम त्यहाँका नीति निर्माणकर्ताहरुको सहजताले त्यस्तो गर्न दिंदैन । त्यसैको सहजताले त्यहाँ पुगेका युवा जमातलाई उसको दक्षताको आचारमा विभिन्न कम्पनीहरुमा सजिलैसँग रोजगार दिने आइफोनहरु किन्न सक्ने, गाडीहरु किन्न सक्ने घरहरु किन्न सक्ने व्यापारहरु गन सक्ने सहजता मिलाई दिएको छ । त्यो सहजतालाई युवाहरुले उपयोग गर्दछन् । यो उनीहरुको विलाशिता नभई उनीहरुको लागि आवश्यकता बनेको हुन्छ । यिनै आवश्यकता परिपूर्ति गर्दा उनीहरु विदेशीको बढवा मजदुर बन्न पुग्छन् । यिनीहरुलाई क्रमशः ऋणको जालोमा फसाएर राखिएको हुन्छ । पत्तै नपाई त्यो जालोमा युवा ज मात बसिसकेको हुन्छ ।

दिनानुदिन आफ्ना आवश्यकता र चाहना बढ्दै जान्छ । अर्कोतर्फ परिवार पनि बढ्ने क्रम हुन्छ । त्यसपछि उनीहरु त्यहाँको ऋणको भारमा पर्दछन् र पहिलाको जति काम गरेर पुग्दैन अनि झनै बढी काम गर्नुपर्ने बाध्यतामा फसिन्छन् । आस्ते आस्ते उनीहरु यस्तो जालोमा फसिन्छन् । जो त्यहाँबाट उम्किन निकै नै कठिन हुन्छ । सबै भन्दा डरलाग्दो अवस्था त त्यतिबेला सुरु हुन्छ । जो त्यहाँ पैदा भएका बच्चाहरु त्यहीको स्कूलमा पढाई गर्दछन् । त्यहाँको रहन सहनमा हुर्किन्छन् अनि उनीहरुलाई नेपालप्रतिको चासोको विषय बन्दैन उनीहरु त्यहाँकै नागरिक भएर बस्ने गर्दछन् ।

नेपालमा हाल आएर एउटा पुस्ता नै गायव छ भने अर्कोतर्फ जनसंख्याको घट्दोदरका साथसाथ नेपाल सरकारले गर्ने गरेको नागरिकता जस्तो जटिल संवेदनशील विषयमा हचुवापना बारम्बार नागरिकतालाई खुकुलो बनाइदिने खुला सिमानाले गर्दा नेपालले भोग्नु परेको अर्को एक डरलाग्दो समस्या युवा जमातको बढ्दो पलायन लगायत विभिन्न समस्याको जालोमा नेपाललाई फसाएर भोलिको दिनमा नेपालमा अध्ययन गर्ने विद्यार्थीलाई पढाउने शिक्षक जानजाने जन्ती मलाम जाने, मलामी, गोठदेखि खोठसम्म आलीदेखि थालीसम्मको ताँजोपाँजो मिलाउने किसान, पेशागत, मजदुरहरु सबै सेक्टरहरु खाली हुने दक्ष जनशक्ति जति सबै सखाप भैसकेपछि देश कताजाला सोझै अनुमान लगाउन सकिन्छ ।

यस्तो भयावय परिस्थिति बनाएर आफ्ना आसेपासे नाल नाता पार्टीका झोलेहरु पाल्न अनि पुस्तौंसम्मलाई मुलुक र जनतालाई गुमराहमा राखेर पालैपालो सरकार बदल्दै राज्य दोहन गरी सम्पत्ति थुपारेर विदेशीको इशारामा छेपाराले जस्तै रंग फेर्ने दलाल राष्ट्रघाती भ्रष्ट सरकारको यिनी दलालको नकाव उतार्न अब सचेत नागरिक एक हुनुपर्ने आजको आवश्यकता हो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?