राष्ट्रिय

‘नयाँ परिवेशमा नयाँ तरिकाले क्रान्ति जारी छ’ : क्रान्तिकारी कम्युनिस्ट पार्टी

‘नयाँ परिवेशमा नयाँ तरिकाले क्रान्ति जारी छ’ : क्रान्तिकारी कम्युनिस्ट पार्टी

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा २९औं जनयुद्ध दिवस देशैभरी भव्य रूपमा मनाउँदै काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले ऐतिहासिक उनन्तीसौँ जनयुद्ध दिवसमा प्रेस वक्तव्य जारी गर्दै नयाँ परिवेशमा नयाँ तरिकाले क्रान्ति अगाडि बढिरहेको सन्देश दिएको छ । पार्टीका प्रवक्ता कञ्चनले जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ, “नेपाली क्रान्तिले धक्का अवश्य खाएको छ, तर क्रान्तिको प्रक्रिया रोकिएको छैन । यो नयाँ परिवेशमा नयाँ तरिकाले अगाडि बढिरहेको छ ।” वक्तव्यमा क्रान्तिकारी समूह र छरिएर रहेका विभिन्न क्रान्तिकारीहरुलाई क्रान्तिको प्रक्रियामा गोलवन्द भई अगाडि बढ्न पुनः हार्दिक आह्वान गरिएको छ । वक्तव्यमा भनिएको छ, “हामीले तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) का बीच एकता गरी क्रान्तिकारी…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा २९औं जनयुद्ध दिवस देशैभरी भव्य रूपमा मनाउँदै

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा २९औं जनयुद्ध दिवस देशैभरी भव्य रूपमा मनाउँदै

‘नयाँ परिवेशमा नयाँ तरिकाले क्रान्ति जारी छ’ : क्रान्तिकारी कम्युनिस्ट पार्टी काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले ऐतिहासिक उनन्तीसौँ जनयुद्ध दिवसमा प्रेस वक्तव्य जारी गर्दै नयाँ परिवेशमा नयाँ तरिकाले क्रान्ति अगाडि बढिरहेको सन्देश दिएको छ । पार्टीका प्रवक्ता कञ्चनले जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ, “नेपाली क्रान्तिले धक्का अवश्य खाएको छ, तर क्रान्तिको प्रक्रिया रोकिएको छैन । यो नयाँ परिवेशमा नयाँ तरिकाले अगाडि बढिरहेको छ ।” वक्तव्यमा क्रान्तिकारी समूह र छरिएर रहेका विभिन्न क्रान्तिकारीहरुलाई क्रान्तिको प्रक्रियामा गोलवन्द भई अगाडि बढ्न पुनः हार्दिक आह्वान गरिएको छ । वक्तव्यमा भनिएको छ, “हामीले तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) का बीच एकता गरी…
Read More
क्रान्तिकारी युवा संगठनले दल्याे यातायात व्यवस्था विभागका महानिर्देशकलाई कालोमोसो

क्रान्तिकारी युवा संगठनले दल्याे यातायात व्यवस्था विभागका महानिर्देशकलाई कालोमोसो

काठमाडौँ : यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालमाथि दुर्व्यवहार भएको छ ।  क्रान्तिकारी युवा संगठनले लाइसेन्स घोटालामा संलग्न भएको आरोप लगाउँदै उनलाई सोमबार कालोमोसो दलेर दुर्व्यवहार गरेको हो । संगठनको एक समूहले उनलाई मिनभवनमा पुगेर कालोमोसो दलेको बताइएको छ ।  ‘कार्यकक्षमै मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकटको समूह पुगेर कालोमोसो दलेको रिपोर्टिङ छ’, जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीले भने ।  पछिल्लो समय लाइसेन्स वितरणमा ठुलो घोटाला भएको विषय बाहिरिएको छ । यो प्रकरणमा अख्तियारले समेत छानबिन गरिरहेको छ । 
Read More
अभियान र संघर्षको घोषणा गर्दै होटल रेस्टुराँ र गलैंचा मजदुरको अधिवेशन सम्पन्न

अभियान र संघर्षको घोषणा गर्दै होटल रेस्टुराँ र गलैंचा मजदुरको अधिवेशन सम्पन्न

क्रान्तिकारी होटल रेस्टुराँ मजदुर संघको अधिवेशनद्वारा अर्जुन बोगटीको संयोजकत्वमा २१ सदस्यीय कमिटि निर्वाचित, क्रान्तिकारी गलैंचा मजदुर संघको अधिवेशनद्वारा केशव बुढाथोकीको संयोजकत्वमा ५७ सदस्यीय कमिटि निर्वाचित काठमाडौ : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ सम्बद्ध पेशागत संघहरु क्रान्तिकारी होटल रेस्टुराँ मजदुर संघ र क्रान्तिकारी गलैंचा मजदुर संघको एकता अधिवेशन सम्पन्न भएको छ । काठमाडौको चाबहिलमा सम्पन्न होटल रेस्टुराँ मजदुरहरुको अधिवेशनले अर्जुन बोगटीको संयोजकत्वमा २१ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । यसैगरी काठमाडौको बुढानिलकण्ठमा सम्पन्न गलैंचा मजदुरहरुको अधिवेशनले केशव बुढाथोकी संयोजकत्वमा भुवन थापा, अरुण श्रेष्ठ सहसंयोजक रहेको ५७ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । महासंघका केन्द्रीय संयोजक तथा प्रमुख अतिथि…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले २९ औँ जनयुद्ध दिवस विशेष रूपमा मनाउँदै

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले २९ औँ जनयुद्ध दिवस विशेष रूपमा मनाउँदै

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले २९ औँ जनयुद्ध दिवस काठमाडौँ उपत्यका लगायत देशैभर विभिन्न कार्यक्रमका बीच भव्य रूपमा मनाउने तयारी गरेको छ । पार्टीको केन्द्रीय कार्यालयले माघ मसान्तका दिन देशभर जनयुद्ध दिवसको अवसरमा दिपावली गर्न सर्कुलर गरेको छ । जनयुद्धको पूर्वसन्ध्यामा देशैभर क्रान्तिकारी कम्युनिस्ट पार्टीले दीपावली गर्ने र काठमाडौँ उपत्यकामा भने मशाल जुलुस गर्ने तयारी गरिएको छ । फागुन १ गते काठमाडौँ उपत्यकामा पार्टीको केन्द्रीय समितिको आयोजनामा विशेष कार्यक्रम हुँदैछ । पार्टीका अध्यक्ष मोहन वैद्य ‘किरण’ लगायत शीर्ष नेतृत्वहरूको उपस्थितिमा पार्टी कार्यालय कुपण्डोलमा दिनको १२ बजे उक्त समारोह सुरू गरिने पार्टी कार्यालयले जानकारी दिएको छ । त्यसैगरी उपत्यका बाहिर सात…
Read More
आज सोनाम ल्होसार मनाइँदै

आज सोनाम ल्होसार मनाइँदै

काठमाडौं : आज माघ शुक्ल प्रतिपदा, तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् । तामाङ समुदायको आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुँदैछ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार ल्होसार पर्व मनाउने गरिन्छ । तामाङ जातिको बाहुल्य रहेको बागमती…
Read More
क्रान्तिकारी युवा संगठन नेपाल बागमती प्रदेसको एकता भेला सम्पन्न

क्रान्तिकारी युवा संगठन नेपाल बागमती प्रदेसको एकता भेला सम्पन्न

काठमाडाैँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सहायक सङ्गठन क्रान्तिकारी युवा सङ्गठनको प्रदेश ३ को एकता भेला सम्पन्न भएको छ । एकता भेलाले असल वाइवाको संयोजकत्वमा २ सदस्य पछि थप्नेगरी २१ सदस्यीय प्रदेश कमिटी निर्वाचित गरेको छ । निर्वाचित कमिटीमा संयोजक– असल वाइवा, सहसंयोजक– वीलबहादुर तामाङ, हरि विक र विकल्प रहेका छन् ।  त्यसैगरी सदस्यहरूमा रामशरण केसी, किरण सिटौला, इन्द्र नगरकोटी, सबिन बज्राचार्य, सेरमान पाख्रीन, दिपक ओझा, अशोक तामाङ, निमत खड्का, दिनेश बुढाथोकी, सन्तोष कार्की, जेम्स थापा, विकेन्द्र श्रेष्ठ, पृथ्वी भुजेल लगायत रहेका छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य सुदर्शनको प्रमुख आतिथ्यतामा सम्पन्न एकता भेलामा कार्यालय सदस्य तथा युवाका…
Read More
बजेट र नीति तथा कार्यक्रम : संघीय मामिलाले के–के गर्‍यो ?

बजेट र नीति तथा कार्यक्रम : संघीय मामिलाले के–के गर्‍यो ?

काठमाडौँ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चालु आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा समावेश गरेका अधिकांश कार्यक्रमहरू सम्पन्न गरेको बताए पनि कार्यान्वयन पक्ष भने फितलो देखिएको छ । मन्त्रालयले तीन वटा विधेयक र प्रशासन सुधार आयोग गठनसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको छ । जसअनुसार पूर्वाधार विकासका लागि आवश्यक पर्ने नदीजन्य एवं खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा जस्ता वस्तुहरूको अनियन्त्रित दोहन रोक्न र जथाभाबी उत्खननबाट नदीजन्य किनाराका भौतिक संरचना तथा मानव बस्तीमा परेको जोखिम न्यूनीकरण गर्न मन्त्रालयले ‘ढुङ्गा, गिट्टी, बालुवा जस्ता निर्माणजन्य सामग्रीको उपयोग, संरक्षण, उत्खनन, बिक्री र व्यवस्थापन सम्बन्धी विधेयक तयार गरेर मन्त्रिपरिषद्मा पठाइएको हो । यस्तै सार्वजनिक प्रशासनलाई…
Read More
क्रान्तिकारी ट्रेड युनियन महासंघको ‘कारखानामा जाऔं’ अभियान प्रभावकारी हुँदै

क्रान्तिकारी ट्रेड युनियन महासंघको ‘कारखानामा जाऔं’ अभियान प्रभावकारी हुँदै

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट मजदुर सङ्गठन अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासंघको चार महिने ‘कारखानामा जाऔं’ अभियान जारी छ । कामदार तथा मजदुरहरूमाथि हुने सबैखाले अन्याय बिरुद्ध सशक्त उत्रँदै दवावमार्फत उत्पन्न श्रमविवाद हल गर्ने काम पनि महासंघले सँगसँगै गर्दै आएको छ । महासंघले श्रमिक मजदुरहरूको निमित्त उचित ब्यवहारिक सामाजिक सुरक्षाको माग गर्दै आएको छ । त्यसैगरी बजार महँगीको अनुपातमा पारिश्रमिक वृद्धि गरिनुपर्ने र वैज्ञानिक तलवमान कायम गरिनुपर्नेमा समेत महासंघले बिशेष जोड दिँदै आएको छ । महासंघले अभियानको क्रममा मजदुर जागरणसँगै कारखानामा काम गर्ने मजदुरहरूलाई सङ्गठित गर्दै पनि आएको छ । अभियानकै क्रममा माघ १५ गते काठमाडौँको थापाथलीस्थित निर्माणाधिन…
Read More
विमानस्थल कुटपिटमा संलग्न रहेका अध्यागमन अधिकृत र प्रहरीलाई विभागीय कारबाही

विमानस्थल कुटपिटमा संलग्न रहेका अध्यागमन अधिकृत र प्रहरीलाई विभागीय कारबाही

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागका कर्मचारी र प्रहरीबीच कुटाकुट भएको विषयमा अध्ययन गर्न गठन भएको समितिले आफ्नो प्रतिवेदन बुझाएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा अध्यागमन अधिकृत छायालाल मुक्तानलाई विमानस्थलबाट हटाएर विभागीय कारबाही गर्न सिफारिस गरिएको छ भने उनलाई कुटपिट गर्ने असई सञ्जय तामाङलाई पनि निलम्बन गरेर विभागीय कारबाही गर्न सिफारिस भएको छ । समितिका एक सदस्यका अनुसार, सुरुमा चेकजाँच गर्ने प्रहरी जवान रविरञ्जन गुप्तालाई पनि विभागीय कारबाही गर्न सिफारिस गरिएको छ । समितिका एक सदस्यका अनुसार, घटना भएको बेलाको क्लोज सर्किट (सीसी) क्यामरा फुटेज र त्यसबेला आसपासमा रहेका अन्य अधिकृतहरुसँग समेत बयान लिएर छानबिनपछि कारबाहीका लागि…
Read More