राष्ट्रिय

क्रान्तिकारी कम्युनिस्ट पार्टीले ७ प्रदेशमा मनाउँदै चैत्र २४ अर्थात् जनआन्दोलन दिवस

क्रान्तिकारी कम्युनिस्ट पार्टीले ७ प्रदेशमा मनाउँदै चैत्र २४ अर्थात् जनआन्दोलन दिवस

काठमाडौं : नेपाली सर्वहारा श्रमजीवी वर्गको राजनीतिक प्रतिनिधि तथा अग्रदस्ताको रुपमा रहेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले चैत्र २४ अर्थात् जनआन्दोलन दिवस भव्य रुपमा मनाउने तयारी गरेको छ । यो पार्टीले यस पटक सातवटै प्रदेशमा विभिन्न कार्यक्रम गरी चैत्र २४ को जनआन्दोलन दिवसलाई एउटा राजनीतिक उत्सवको रुपमा मनाउने तयारी गरेको हो । प्रदेश १ ले इटहरीमा, प्रदेश ५ ले भालुवाङमा, प्रदेश ४ ले पोखरामा, प्रदेश ३ ले काठमाडौंमा, कर्णाली प्रदेशले सुर्खेतमा र सुदूरपश्चिम प्रदेशले कैलालीमा विशेष कार्यक्रमको आयोजना गरी जनआन्दोलन दिवस मनाउने तयारी गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय कार्यालयले जनआन्दोलन दिवस मनाउनका लागि सबै पार्टी पंक्तिमा विशेष सर्कुलर…
Read More
प्रधानमन्त्री प्रचण्डले भने, मेरो हिस्साको वर्गसंघर्ष म लडिरहेको छु

प्रधानमन्त्री प्रचण्डले भने, मेरो हिस्साको वर्गसंघर्ष म लडिरहेको छु

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो हिस्साको वर्गसंघर्ष आफूले लडिरहेको बताएका छन् । जेलब्रेक दिवसको अवसरमा जेलब्रेकरहरूलाई सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्ले आफू सरकारको नेतृत्वमा भएपनि आफ्नो भागको वर्गसंघर्ष लडिरहेको बताएका हुन् । ‘हाम्रा इच्छा र चाहना अनुसार मात्रै होइन राष्ट्रियता, अन्तराष्ट्रिय वर्गसंघर्षको आवश्यकताअनुसार कार्यनीतिहरुको प्रयोग गर्नुपर्ने हुन्छ । आफ्नो हिस्साको वर्गसंघर्ष अहिले पनि चलाइरहेको छु भन्ने मलाई विश्वास छ ।’, उनले भने, ‘८ हजार सहिदलाई सहिद घोषणा गरेर राजपत्रमा घोषणा गरियो, त्यो पनि वर्गसंघर्ष कै क्रम हो । जनयुद्ध दिवस घोषणा गर्ने कुरा र सहिदका छोराछोरीलाई विभिन्न ढङ्गले…
Read More
नयाँ सत्ता समीकरणबाट काम गर्न नसके अर्को उथलपुथल गर्न सक्छुःप्रधानमन्त्री दाहाल

नयाँ सत्ता समीकरणबाट काम गर्न नसके अर्को उथलपुथल गर्न सक्छुःप्रधानमन्त्री दाहाल

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुले अर्को उथलपुथल गर्न सक्ने बताएका छन् । बिहीबार राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औं बैठकमा बोल्दै उनले नयाँ सत्ता समीकरणबाट काम गर्न नसके फेरी पनि उथलपुथल गर्न बेर नलाग्ने उल्लेख गरेका हुन् । उनले कामै गर्न नसकिने स्थिति भयो भने पद ओगटेर बसिराख्न जरुरी हुँदैन भन्दै आफूले यस अघि पनि सार्वजनिक रूपमै त्यस अवस्था कायमै रहे पद ओगटीराख्नुको औचित्य पुष्टि नहुने बताउदै आएको स्पष्ट गरे । प्रधानमन्त्री दाहालले अझै पनि काम गर्न सकिने सम्भावना देखेर नै आफू पदमा बसिरहेको बताए । प्रधानमन्त्री दाहालले मन्त्रालयहरूले बजेट होल्ड गरेर राख्ने र आर्थिक वर्षको अन्त्यतिर सःशर्त…
Read More
राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले दिईन् अध्यक्ष  दाहालसमक्ष राजीनामा

राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले दिईन् अध्यक्ष दाहालसमक्ष राजीनामा

काठमाडौँ : राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छन् । उनले बिहीबार राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललाई राजीनामा पत्र बुझाएकी हुन् । माओवादीबाट नारायण दाहाल राष्ट्रियसभा अध्यक्ष भएपछि उनले राजीनामा दिनुपरेको हो । सत्ता गठबन्धनमा राष्ट्रिय सभा अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भएको थियो । उक्त्त सहमति अनुसार नारायण दाहाल राष्ट्रिय सभा अध्यक्ष भइसकेका छन् । अब राष्ट्रिय सभा उपाध्यक्ष पद सत्ता गठबन्धनकै अर्को कुनै दललाई दिनुपर्ने भएपछि अर्यालले राजीनामा दिएकी हुन् । यसअघि सत्ता गठबन्धनका नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच भएको लिखित सहमतिमा राष्ट्रिय सभा उपाध्यक्ष पद एमालेले लिने उल्लेख थियो । तर पछि…
Read More
व्रिटिश गोर्खा भुतपुर्व सैनीक संगठनले राख्याे प्रधानमन्त्रीलाई यस्ताे माग

व्रिटिश गोर्खा भुतपुर्व सैनीक संगठनले राख्याे प्रधानमन्त्रीलाई यस्ताे माग

काठमाडाैँ : व्रिटिश गोर्खा भुतपुर्व सैनीक संगठन(विगेसो)ले पत्रकार सम्मेलन सम्पन्न गरेको छ । अनामनगर संवाद डवलीमा शुक्रबार गोर्खा सेनाको सेवा सुविधालाई समुचित, समयाअनुकुल र समानताको आधारमा उपलव्ध गराउने माग राखी विगतदेखि नै संघर्ष गर्दै आएको हो । व्रिटिश गोर्खा भूतपूर्व सैनीक संगठन(विगेसो)का केन्द्रीय अध्यक्ष पदम सुन्दर लिम्वुको संचालनमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य एवं व्रिटिश गोर्खा भूतपूर्व सैनीक संगठनका सल्लाहाकार परि थापाले आफनो भनाइराख्नु भएको थियो भने व्रिटिश गोर्खा भूतपूर्व सिंगापुर विभाग प्रमुख पल वहादुर घर्तीले मागपत्र पढेर पत्रकारहरुलाई सुनाउनु भएको थियो । पत्रकार सम्मेलनमा जलस्रोतवीद तथा लेखक रतन भण्डारीको पनि उपस्थिति रहेको थियो । पत्रकारहरुलाई पढेर सुनाएको मागपत्र…
Read More
अखिल नेपाल जनसांस्कृतिक महासंघले मनायाे भव्य रुपमा २६औं सांस्कृतिक प्रतिरोध दिवस

अखिल नेपाल जनसांस्कृतिक महासंघले मनायाे भव्य रुपमा २६औं सांस्कृतिक प्रतिरोध दिवस

अनु निरौला/जय दाहाल काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सम्बद्ध अखिल नेपाल जनसांस्कृतिक महासंघको आयोजनामा अनामनगर घट्टेकुलोस्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानको सभाहलमा २६ औं सांस्कृतिक प्रतिरोध दिवस सशक्त प्रतिरोधी मन्तव्य र काव्यिक सिर्जना प्रस्तुतिका साथ भव्य रुपमा मनाइएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य किरणको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता महासंघका संयोजक हिरामणि दुःखी र सञ्चालन सहसंयोजक खेम थपलियाको रहेको थियो । कार्यक्रममा बरिष्ठ सौन्दर्य चिन्तक निनु चापागाईं, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य तथा पार्टी प्रवक्ता धर्मेन्द्र बास्तोला, कार्यालय सदस्यहरु रामसिंह श्रीस, हेमन्तप्रकाश ओली, सीताराम तामाङ, दिनेश शर्मा सागर, उदय चलाउने दिपक, प्रा.डा. जगदीशचन्द्र भण्डारी, डा.रामचन्द्र ज्ञवाली,…
Read More
हामीले त्याग र वीरताको जगमा खडा भएर क्रान्ति सम्पन्न गर्नेछौँ : अध्यक्ष किरण

हामीले त्याग र वीरताको जगमा खडा भएर क्रान्ति सम्पन्न गर्नेछौँ : अध्यक्ष किरण

काठमाडौँ : दलाल संसदीय व्यवस्थाका विरुद्धको संघर्षको प्रक्रियामा पक्राउ परी कारागार मुक्त हुनुभएका क्रान्तिकारी कमरेडहरु दिपक विष्ट, मनिराज राई, सन्तोष तामाङ, विशाल राई, नरेन्द्र तामाङ र मुस्कान राईलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले पार्टी कार्यालय कुपण्डोलमा भव्य स्वागत तथा क्रान्तिकारी अभिनन्दन गरेको छ । पार्टी अध्यक्ष मोहन वैद्य किरण, पार्टी कार्यालय सदस्य तथा प्रवक्ता कञ्चन, कार्यालय सदस्यहरु सुदर्शन, अटल, बसन्त, दिपक लगायतका नेताहरुले कारागारमुक्त कमरेडहरुलाई खादा र अबीर लगाएर स्वागत तथा अभिनन्दन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष किरणले क्रान्तिको बेला जेल अनिवार्य हुने भन्दै सच्चा क्रान्तिकारीहरुले क्रान्तिको प्रक्रियामा दुःख कस्ट गर्दै आउनु परेको र महान जनयुद्धको प्रक्रियामा पनि धेरै…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नवलपरासीले सांस्कृतिक प्रतिरोध र जनआन्दोलन दिवस मनाउने

क्रान्तिकारी कम्युनिस्ट पार्टी नवलपरासीले सांस्कृतिक प्रतिरोध र जनआन्दोलन दिवस मनाउने

नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नवलपरासीले ३५ औँ संयुक्त जनआन्दोलन दिवसलाई भब्य रूपमा सम्पन्न गर्ने जनाएको छ । बि.स. २०४६ सालको जनआन्दोलनको स्मृतिमा प्रदेश राजधानी भालुवाङमा संयुक्त जनआन्दोलन दिवस मनाउन पार्टीले यसअघि प्रदेशस्तरमा जनआन्दोलन दिवस परिचालन समिति गठन गरेको थियो । २०८० चैत्र २४ गते हुने संयुक्त जनआन्दोलन दिवस बिशेष जनसभालाई भब्य एवम् ब्यवस्थित बनाउन नवलपरासी पार्टीले जनपरिचालन लगायत बिभिन्न निर्णय लिएको पार्टीको केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्रबहादुर थापाले जानकारी गराएका छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नवलपरासीको मङ्गलबार बर्दघाटमा सम्पन्न जिल्ला सचिवालयको विस्तारित बैठकले जनआन्दोलन दिवसलाई सङ्घर्षको रूपमा मनाउने निर्णय गरेको उनको भनाई छ । सो अवसरमा…
Read More
सिंहदरबारको सरकारलाई सडकमा पछार्ने र जनताको सरकार स्थापना गर्ने हो : कञ्चन

सिंहदरबारको सरकारलाई सडकमा पछार्ने र जनताको सरकार स्थापना गर्ने हो : कञ्चन

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता धर्मेन्द्र वास्तोला ‘कञ्चन’ ले देशमा विद्यमान समस्याको प्रमुख जड नै संसदीय व्यवस्था भएको बताएका छन् । काठमाडौँमा भएको ‘वर्तमान राजनैतिक व्यवस्था र राष्ट्रिय स्वाधीनताको प्रश्न’ बिषयक अन्तरक्रिया कार्यक्रमा बोल्दै नेता कञ्चनले राजनीतिक अस्थिरता र संसदीय व्यवस्था नै समस्याको प्रमुख जड भएको बताएका हुन् । संसदीय व्यवस्था भएका विश्वका अरू देशहरूमा संसदीय प्रणालीमा दलको बहुमत हुने र सत्ता सञ्चालन गर्ने भए पनि नेपालमा संसदीय प्रणालीमा पार्टीहरुले बहुमत हासिल गर्न नसक्ने अवस्था रहेको भन्दै त्यसको परिणाम एकातिर अराजकता र अर्कोतिर निरङ्कुशता देखा परेर अस्थिरता उत्पन्न हुने गरेको उनले प्रष्ट पारे । ‘अरू देशमा संसदीय प्रणालीमा…
Read More
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अवसरमा क्रान्तिकारी महिला सङ्गठन प्रदेश ६ को भेला

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अवसरमा क्रान्तिकारी महिला सङ्गठन प्रदेश ६ को भेला

सुर्खेत : मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी महिला सङ्गठन, नेपालले ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ पारेर प्रदेश ६ को एकता भेला सम्पन्न गरेको छ । शुक्रबार सम्पन्न भेलाले लक्ष्मी चौलागाईंको संयोजकत्वमा १९ सदस्यीय प्रदेश समिति निर्वाचित गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रदेश संयोजक हिमालको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले संयोजकमा लक्ष्मी चौलागाई, सहसंयोजकमा कोहिला बिस्ट र सदस्यहरूमा जानकी चन्द, सुमित्रा बस्याल, मिना बिक, हनिफा बेगम, गङ्गा न्यौपाने, बिमला सुनार, शुस्मा लामिछाने, ममता नेपाली, निर्मला धमला, झरना सेर्पाली, लिला ज्ञावाली, रैमाया गुरुङ, ममता गौतम, चन्द्रा रोकाय मगरलगायतलाई निर्वाचित गरेको हो । कार्यक्रममा प्रमुख…
Read More