अन्तर्राष्ट्रिय

अमेरिकाको सहायता कटौती र एमसीसीमा देखिएको संकट

अमेरिकाको सहायता कटौती र एमसीसीमा देखिएको संकट

लेखक : डा. केशव देवकोटा अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले गतसाता जनवरी २० मा सपथग्रहरणकासाथ पदभार ग्रहण गरेपछि अन्तराष्ट्रिय राजनीतिमा बिभिन्न तरंगहरु देखिएका छन् । उहाँले सपथग्रहण लगत्तै बिभिन्न कार्यकारी आदेशहरु जारी गर्नुभएको थियो । त्यसैअनुसार अमेरिकी विदेश मन्त्रालयले देशबाहिर रहेका आफ्ना अधिकारी तथा अमेरिकी दूतावासहरुलाई पठाएको एउटा आन्तरिक पत्राचारमा ‘हाल कायम सबै वैदेशिक सहायतालाई तत्कालका लागि रोकलगाएको र नयाँ सहायता दिने कार्यलाई पनि स्थगित गरेको’ उल्लेख छ । ट्रम्पले त्यस्ता सहायताहरुको प्रभावकारिता र निरन्तरताबारे समीक्षा गरेर आफ्नो विदेश नीतिलाई अघिबढाउने उद्देश्यकासाथ उक्त कार्यकारी आदेश जारीगरेको बिबिसी लगायतका अन्तराष्ट्रिय समाचार संस्थाहरुले टिप्पणी गरिरहेका छन् । हालै सार्बजनिक गरिएको एक तथ्यांकअनुसार…
Read More
हरेक देशका उत्पीडित जनताले क्रान्तिको आफ्नो बाटो पत्ता लगाउनु पर्दछ

हरेक देशका उत्पीडित जनताले क्रान्तिको आफ्नो बाटो पत्ता लगाउनु पर्दछ

गावी फेच्नर,अध्यक्ष, माक्र्सवादी लेनिनवादी पार्टी जर्मन १) कमरेड, तपाईले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको निमन्त्रणालाई स्वीकार गर्नु भयो र एकता महाधिवेशनको उद्घाटन समारोहमा उपस्थित हुनु भयो । शुभकामना मन्तब्य पनि दिनु भयो । अहिले बन्द शत्र अवलोकन गरिरहनु भएकोछ । कस्तो महसुस गरिरहनु भएकोछ ?– क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महाधिवेशनमा उपस्थितिका लागि निमन्त्रणा गर्नु भएकोमा हाम्रो पार्टीलाई धेरै खुशी लाग्यो र सहृदयताका साथ निमन्त्रणालाई स्वीकार गर्यौं । सैद्धान्तिक आधारमा गरिने एकता महाधिवेशन प्रायः विशेष महत्वको हुन्छ । उद्घाटन समारोह निकै सुन्दर रह्यो र साँस्कृतिकरूपले पनि उच्च प्रकारको कार्यक्रम रह्यो । नेपालका अन्य धेरै पार्टीहरूलाई पनि कार्यक्रममा निम्तो गरी बोल्न दिएको देखेर…
Read More
अमेरिकी साम्राज्यवाद र मध्य पूर्व

अमेरिकी साम्राज्यवाद र मध्य पूर्व

लेखक-अपत्य शर्मा विश्वका सम्पूर्ण जनता शान्ति र समृद्धि चाहनुका साथै सामन्तवादी तथा पुँजीवादी दासताबाट मुक्त हुन चाहन्छन् । तर आजको विश्वमा सामन्तवादी दासता, दलाल नोकरशाही पुँजीवादी दासता, क्रुर बर्बर, अल्पतन्त्र तथा पुँजीवादी दासताको संरक्षकको रुपमा अमेरिकी साम्राज्यवादी शक्ति लागि परेको छ । यसकारण विश्वका समस्त शोषित, पीडित, दमित जनताका नम्बर एक दुश्मन अमेरिकी साम्राज्यवादी शक्ति हो ।दोस्रो विश्वयुद्ध पछि अमेरिकी साम्राज्यवादी शक्तिले एसिया, अफ्रिका तथा ल्याटिन अमेरिकामा आफ्नो पकड बलियो बनाउने प्रयास गर्दै आएको छ । दोस्रो विश्वयुद्धमा हिरोसिमा र नागासाकीका निर्दोष जनतामाथि आणविक बम प्रहार गरेर आफ्नो राक्षसी अनुहार छर्लङग देखायो । त्यसपछि कोरिया युद्ध, भियतनाम, लाओस्, कम्बोडिया, अफगानिस्तान…
Read More
भारतीय दादागिरी

भारतीय दादागिरी

लेखक-लिला पुन १९५० को सन्धिलाई आधार बनाएर भारत नेपालको सम्प्रभुत्तामाथि यति खेलेको छ कि भनेर गनेर साध्य छैन । छिमेकी देश, छिमेकी मुलुक, रोटीबेटीको सम्बन्ध भनेर के गर्ने ? हामीमाथि अर्थात नेपालमाथि गर्नुसम्म गरेको छ । आपूmलाई दुःख पर्दा फेरी नेपालीलाई गुहार्छ । आफ्नो समस्या समाधान भएपछि नेपालले लगाएको गुन बिर्सन्छ अनि फेरि फर्केर टोक्न थाल्छ । टोक्नेको पनि सीमा हुन्छ अति नै टोकाइ भयो भने कसले सहन्छ । अन्तमा बाध्यताले त्यसको प्रतिरोध गर्न पर्छ । भारतीय जनता शान्तिप्रिय छन् अरुको पीर मर्का बुझ्छन् । दुःखमा साथ दिन्छन् अनि हामीलाई ज्यादा पीडा भएमा आँसु बहाउँछन् । तर, दुःखको कुरो सत्तामा…
Read More
भारतबाट आएका दलित उत्पीडन सम्बन्धी अध्ययन टोलीको शोध यात्रा

भारतबाट आएका दलित उत्पीडन सम्बन्धी अध्ययन टोलीको शोध यात्रा

तस्बिर – शोभा बिश्वकर्मा काभ्रे : भारतबाट आएका दलित उत्पीडन सम्बन्धी अध्ययन टोलीले माघ ३ गते काभ्रेको पाँचखाल पुगेर शोध यात्रा सम्पन्न गरेको छ । भारतबाट आएका दुई संगठन जात उन्मुलन आन्दोलन (कास्ट एनिहिलेशन मुभमेन्ट )र गुरुघासी दास सेवादार संघ (जिएसएस )र नेपालको तर्फबाट एकीकृत दलित मुक्ति मोर्चा नेपालको आयोजनामा काभ्रे जिल्लाको पाँचखाल नगरपालिका स्थित राम्चेमा त्यहाँका स्थानीयहरुसँग प्रत्यक्ष भेटघाट गरी दलितको वर्तमान अवस्था, जातीय विभेद तथा पहिले देखि अहिले सम्म आएको सामाजिक परिवर्तन लगायत विषयमा छलफल कार्यक्रम सम्पन्न भएको थियो ।भारतबाट आएका दलित उत्पीडन सम्बन्धी अध्ययन टोलीको शोध यात्रा सम्पन्नकाभ्रे । भारतबाट आएका दलित उत्पीडन सम्बन्धी अध्ययन टोलीले माघ…
Read More
बैङ्गलोरमा १३२औं माओ दिवस

बैङ्गलोरमा १३२औं माओ दिवस

बैङ्गलोर, भारत : २६ डिसेम्बर २०२४ का दिन बैङ्गलोर दक्षिण नगर समितिको तत्वाधानमा सर्वहारा वर्गका महान नेता तथा सर्वहारा सांस्कृतिक क्रान्तिका नायक माओत्सेतुङ को १३२ औ जन्मोत्सव कार्यक्रम सम्पन भएको छ । गणेश विक को अध्यक्षता र शेरसिंह विक को सञ्चालन ,प्रमुख अतिथि रामसिंह बिक, विशेष अतिथि अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य करन दयाल, डिसि एम बिरेन्द्र बि क, एकता समाज दक्षिण भारत क्षेत्रिय सदस्य जनक विक,केन्द्रीय महिला विभाग कि श्रीमती मिना बिक, एकता समाज बेङ्गलोर दक्षिण नगर समितिका सदस्य, अर्जुन टमटा,विद्यार्थी नगर विभागकी रोशनी दयाल, के एस .थलोका सञ्चालक रजनी कोहली,सदस्य लवदेव बिक, सदस्य श्रीमती मन्जु दयाल,…
Read More
इजरायली नरसंहारका विरुद्ध नेपालगञ्जमा राजनीतिक दलहरुको संयुक्त कार्यक्रम हुने

इजरायली नरसंहारका विरुद्ध नेपालगञ्जमा राजनीतिक दलहरुको संयुक्त कार्यक्रम हुने

नेपालगन्ज : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाललगायत ८ राजनीतिक दलले प्यालेस्टाइनी जनतामाथिको इजरायली नरसंहारकारी कार्यका विरुद्धमा नेपालगन्जका विभिन्न स्थानमा विरोध कार्यक्रमहरु आयोजना गर्ने निर्णय गरेका छन् ।गत २०८० असौज २० गते तदनुसार २०२३ अक्टोबर ०७ तारिख देखि शुरु भएको हमास र इजायलका बिचमा चलेको युद्ध निरन्तर कायम रहेकोछ । शुरुवातमा हमासद्वारा इजरायलको विरुद्ध आक्रमण गरिएको भएता पनि त्यसपछि इजरायलले प्यालेस्टाईनी राज्यको एक क्षेत्र गाँजापट्टीमा व्यापक सैन्य कारवाही चलाएर प्यालेस्टाईनी जनताहरुमाथि आमहत्या र नरसंहार चलाइरहेकोछ र अहिलेसम्म लगभग पैंतालीस हजार प्यालेस्टाईनी जनताको हत्या भैसकेकोछ ।इजरायलले प्यालेस्टाइनी जनतामाथि गरेको यस्तो निरन्तरको आक्रमण र दमनको कडा भत्र्सना गर्दै प्यालेस्टाइनी जनताको न्यायपूर्ण संघर्षमा ऐक्यबद्धता व्यक्त…
Read More
गोरखा भर्ती बन्द हुनु पर्दछ : अन्तर्राष्ट्रिय क्रान्तिकारी कम्युनिष्ट पार्टीहरु

गोरखा भर्ती बन्द हुनु पर्दछ : अन्तर्राष्ट्रिय क्रान्तिकारी कम्युनिष्ट पार्टीहरु

काठमाण्डौ : गोरखा भर्ती बन्द र साम्राज्यवादी शोषण रोकिनु पर्ने माग गर्दै विश्वमा क्रियाशील अन्तर्राष्ट्रिय क्रान्तिकारी कम्युनिष्ट पार्टीहरु– माक्र्सिस्ट लेनिनिस्ट पार्टी जर्मनी ,सिपिआई एमएल मास लाईन् ,टिकेपी एमएल (कम्युनिष्ट पार्टी अफ टर्की माक्र्सिस्ट लेनिनिष्ट ) र पि बि एस पी बंगलादेशका प्रतिनिधिहरुले एक वक्तव्य जारी गरेका छन् । डिसेम्बर ३ ,२०२४ मा जारी एक वक्तव्यमा गोरखा भर्तीको नाममा नेपाली युवाहरुलाई अनेक असमान शर्तहरु मान्न बाध्य पारिएको ,तलब तथा पेन्सनमा विभेद रहेको र साम्राज्यवादीहरुले नेपाली युवाहरुलाई शोषणमा पारिरहेको भन्दै गोरखा भर्ती बन्द हुनुपर्ने र साम्राज्यवादी शोषण रोकिनु पर्ने कुरा उल्ल्ेख छ । वक्तव्यमा भूतपूर्व गोरखा सैनिक संगठन बिगेसोले चलाएको अभयानप्रति ऐक्यबद्धता…
Read More
स्टालिनको योगदानलाई आत्मसात गराैँ (स्टालिन दिवस )

स्टालिनको योगदानलाई आत्मसात गराैँ (स्टालिन दिवस )

काठमाडौ : डिसेम्बर १८ स्टालिनको जन्म दिन हो । जोसेफ स्टालिन विश्व कम्युनिस्ट आन्दोलनका महान नेता हुन् । उनी लेनिनका साथी थिए ।सोभियत सङ्घको राजनैतिक नेता थिए। सन् १८९८ देखि रसियाली सामाजिक–जनवादी मजदुर पार्टीका सदस्य बनेका उनी एक सिद्धान्तनिष्ठ व्यक्ति थिए ।उनले पछि मजदुर किसान नियन्त्रण कमिसारयाटको नेतृत्व गरे । सन् १९२२ देखि १९५२ सम्म सोभियत संघ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव रहे ।डिसेम्बर १८, १८७८ मा जर्जियाको “गोरी“ मा उनको जन्म भएको थियो र ५ मार्च १९५३ मा उनको मृत्यु भएको थियो । उनले समाजवादको निर्माण र संरक्षणको नेतृत्व गरेका थिए । सोभियय संघ माथि विदेशी आक्रमणकारीको आक्रमणलाई परास्त…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको समसामयिक प्रस्ताव

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको समसामयिक प्रस्ताव

(क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन यही २०८१ साल मंसिर १३ देखि २३ गते सम्म काठमाण्डौंको किर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको सभाकक्षमा सम्पन्न भएको छ । राष्ट्रिय एकता महाधिवेशनमा आयोजक समितिका कार्यालय सदस्य क. परी थापाद्वारा प्रस्तुत तथा पारित समसामयिक प्रस्ताव )मस्यौदाराष्ट्रिय सन्दर्भः१. नेपाल–भारतबीचको सैन्य भाईचाराबारे ।सन १९५० देखि नेपाल र भारतका नवनियुक्त स्थलसेनाका प्रधानसेनापतिलाई एकअर्का देशका राष्ट्रिय सेनाका मानार्थ प्रधान सेनापतिको दर्जा प्रदान गर्ने प्रचलन कायम हुँदै आएको छ । देश, राष्ट्र तथा राज्यहरुका बीचमा सैनिक गठबन्धन निर्माण गर्ने प्रचलन कायम रहेको छ, तर स्वाधिन एवम् सार्वभौमसत्ता सम्पन्न देशहरुका राष्ट्रिय सेनाहरुका बीचमा भाईचारा (ँचबतभचलब)ि सम्बन्ध कायम गरेर मानार्थ सेनाधिपतिको…
Read More