समाचार

कोइलाखानी हत्याकाण्डको अखिल भारत नेपाली एकता समाजले गर्याे विरोध

कोइलाखानी हत्याकाण्डको अखिल भारत नेपाली एकता समाजले गर्याे विरोध

काठमाण्डौ : अखिल भारत नेपाली एकता समाजले भारतको पूर्वोत्तर मेघालयस्थित कोईलाखानीमा भएको मजदुरहरुको हत्याकाण्डको एकता समाजले विरोध गर्नुका साथै सत्य तथ्य छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सभापति आनन्द थापाले २०२४ जुलाई ८का दिन एक प्रेस विज्ञप्ति जारी गरी सो माग गरेका हुन् । २०२४ जुलाई ५ का दिन मेघालयस्थिित सतुंगाा जयन्तीया हिल्सस्थित उम्प्लेङ गाउँमा स्थानीय कोईलाखानीमा काम गर्दै आएका ४ जना मजदुरहरुको हत्या भएको थियो । हत्या भएकाहरुमा नेपालको इलामका २३ वर्षीय रवि राई ,धरान फुस्रेका २३ वर्षीय राजेश राई र भारतीय नागरिक नसर डाकियाको पहिचान खुलेको छ भने एक…
Read More
भाषिक–सांस्कृतिक बढ्दो अतिक्रमण र मातृभाषाहरुको भविष्य

भाषिक–सांस्कृतिक बढ्दो अतिक्रमण र मातृभाषाहरुको भविष्य

मातृभाषा त्याग्नेहरुले किन गर्वसाथ भन्दछन्, ‘हाम्रा बालबच्चालाई त मातृभाषा नै आउँदैन !’ बिश्व मानव समाजको कुनै पनि मातृभाषा वास्तवमा आफ्ना माता–पिताबाट प्राप्त भाषा नै हो । त्यसका जरा हुन्छन्, स्मृतिहरु र विम्ब पनि हुन्छन् । मातृभाषाले एउटा बेग्लै प्रकारको सांस्कृतिक आचरण प्रदान गर्दछ । तर अरु कुनै आयातित भाषाबाट त्यस्तो सम्भव हुँदैन । मातृभाषासँग केही यस्ता तत्व जोडिएका हुन्छन् जसले गर्दा यसको सम्प्रेषणीयता त्यो भाषा बोल्नेहरुका लागि अधिक मार्मिक हुन्छ । यो प्रश्न इतिहास तथा संस्कृतिको बहनसँग पनि सम्बद्ध छ, जुन कुरा सम्प्रेषणको क्रममा निर्मित हुन्छ । यद्यपि संस्कृतिको कार्य विश्वलाई केवल विम्बहरुमा व्यक्त गर्नु मात्रै होइन । बरु ती…
Read More
ग्लोबल आइएमई बैंक र नास–आईटी बिच दिगो साझेदारीसम्बन्धी सम्झौता

ग्लोबल आइएमई बैंक र नास–आईटी बिच दिगो साझेदारीसम्बन्धी सम्झौता

काठमाडाैँ : ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) बिच दिगोसाझेदारी सम्बन्धी सम्झौतामा मिति २०८१/०३/२४गते हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा नास–आईटीका अध्यक्ष रिचन श्रेष्ठको उपस्थितिमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत दिलिप पोखरेल र नास–आईटीको तर्फबाट संस्थाका कोषाध्यक्ष अभय पौडेलले हस्ताक्षर गर्नुभएको छ ।नेपाल सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को बजेटमा आगामी वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षको रुपमा मनाउने गरी यस क्षेत्रलाई ग्लोबल आई.एम. इ बैंकले प्राथमिकतामा राखेको छ । राज्यको प्राथमिकतामा रहेको यस क्षेत्र अर्थतन्त्रको सम्बाहकको रुपमा रहेको र ग्लोबल आइएमई बैंक पनि सदैव…
Read More
बाढी, पहिरो, चट्याङलगायत विपद्‌बाट ६२ जनाको मृत्यु

बाढी, पहिरो, चट्याङलगायत विपद्‌बाट ६२ जनाको मृत्यु

काठमाडौं : मनसुन भित्रिएयता बाढी, पहिरो, चट्याङ लगायत विपद्‌बाट ६२ जनाको ज्यान गइसकेको छ। गत जेठ २८ गते पूर्वी भेगबाट मनसुन भित्रिएको थियो। लगत्तै पूर्वी पहाडमा बाढी र पहिरोले धनजनको क्षति गरेको थियो। पछिल्लो पटक दुई दिनयता देशभर मनसुनी विपद्ले जनधनको क्षति भएको छ। अहिलेसम्म ६२ जनाको मृत्यु भएको छ भने चार जना हराइरहेको राष्ट्रिय आपत्‌कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ। त्यस्तै, मनसुनजन्य विपद्‌मा परी ९० जना घाइते छन्। केन्द्रका अनुसार बाढीबाट नौ जनाको ज्यान गएको छ। मोरङमा एक, दाङमा तीन, कैलालीमा एक, काभ्रेमा दुई, उदयपुरमा एक र पाल्पामा एक जनाको मृत्यु भएको छ। बाढीमा बगेर दुई जना हराइरहेका छन्।…
Read More
भारतमा क्रियाशील दुई प्रवासी नेपाली एकता समाजबीच एकता सम्पन्न

भारतमा क्रियाशील दुई प्रवासी नेपाली एकता समाजबीच एकता सम्पन्न

हैदराबाद : अखिल भारत नेपाली एकता समाज र अखिल भारत प्रवासी नेपाली एकता समाज बीच ७ जुलाई २०२४ का दिन हैदराबादमा एकता अधिवेशन सम्पन्न भएको छ। एकता अधिवेशनको अध्यक्षता आनन्द थापाले गर्नु भयो। अतिथिहरूको आशन ग्रहण पछि सहिदहरूको सम्झनमा १ मिनेट मौनधारण गरिएको थियो । उपस्थित जनमानसलार्इशब्दबाट गोविंद पान्डेले र संगीतबाट रक्तिमका कलाकारहरूले आउ है एकताका हातहरूले तिमीलार्इ स्वागत छ भन्ने गितद्धारा स्वागत गर्नु भएको थियो। त्यस पछि प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य तथा भारत प्रदेश ईन्चार्ज कृष्ण धमला (गंभीर) ले मैन बत्ती प्रज्वलित गरेर तालीको गडगडाहटमा एकता अधिवेशनको उद्घाटन गर्नु भएको थियो। उहाँले मन्तव्यको क्रममा एकता…
Read More
श्रीनाथ अधिकारी (श्याम) को पाँचौं बार्षिक स्मृति दिवस कार्यक्रम पोखरामा सम्पन्न

श्रीनाथ अधिकारी (श्याम) को पाँचौं बार्षिक स्मृति दिवस कार्यक्रम पोखरामा सम्पन्न

बिक्रम थापामगर/पोखरा : कमरेड श्रीनाथ अधिकारी (श्याम) को आज पाँचौ बार्षिक स्मृति कार्यक्रम क्रान्तिकारी कम्यनिस्ट पार्टी नेपाल,४ नम्बर प्रदेशको आयोजनामा प्रदेश पार्टी कार्यलय सृजना चोक, पोखरामा सम्पन्न भएको छ । कार्यक्रममा कमरेड श्यामले अवलम्बन गर्दै आउनु भएको क्रान्तिकारी बिचार र आदर्शलाई सबैले पछ्याउनु पर्ने कुरामा सबै वक्ताहरुले जोड दिंदै कमरेड श्रीनाथ अधिकारी (श्याम) प्रति उच्च सम्मानका साथ हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नु भएको थियो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, एकता महाधिवेशन आयोजक समिति सदस्य क.भिम बहादुर श्रीसको अध्यक्षतामा सम्पन्न उक्त स्मृति कार्यक्रममा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टी,नेपालका केन्द्रिय कार्यालय सदस्य एवं प्रदेश संयोजक क. चिन्तामणि पौडेल ,अतिथिहरु एकता महाधिवेशन आयोजक समिति…
Read More
भारतमा ४ जना नेपाली मजदुरको घाँटी रेटेर हत्या

भारतमा ४ जना नेपाली मजदुरको घाँटी रेटेर हत्या

काठमाडौँ : भारतको मेघालयमा ४ जना नेपाली मजदुरको घाँटी रेटेर हत्या भएको खबर आएको छ । मेघालयको कोइलाखानीमा काम गर्न गएका ४ जना नेपाली मजदुरको हत्या भएको हो । सो बीभत्स घटना मेघालय राज्य अन्तर्गत सुतंगा जयन्तिया हिल्समा भएको हो । भारतीय सञ्चारमाध्यमहरूले पहिला बाँधेर त्यसपछि धारिलो हतियार प्रयोग गरेर उनीहरूको हत्या गरे जस्तो देखिएको जनाएका छन् । घटना भएको स्थान मेघालयको राजधानी शिलोङबाट १३० किलोमिटर टाढा भएको बताइएको छ । मारिने ४ जना धरान र भोजपुरका नेपाली भएको प्रारम्भिक सूचना छ । ४ जना नै स्थानीय कोइला खानीमा काम गर्दै आएका बताइएको छ । यो घटनाबारे दिल्लीस्थित नेपाली दूतावासलाई…
Read More
अविरल वर्षासँगै पहिरो र बाढीमा परेर एकै दिन १० जनाको मृत्यु

अविरल वर्षासँगै पहिरो र बाढीमा परेर एकै दिन १० जनाको मृत्यु

काठमाडौं : अविरल वर्षासँगै आएको पहिरो र बाढीमा परेर शनिबार एकै दिन १० जनाको ज्यान गएको छ। पहिरोमा पुरिएर ८ जना र बाढीमा बगेर २ जनाको मृत्यु भएको हो। बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा शनिबार अधिक वर्षा भएको थियो। सबैभन्दा बढी मानवीय क्षति गण्डकीमा भएको छ। पहिरोमा परी स्याङ्जामा तीन जना, पर्वतमा २ र तनहुँमा २ जनाको मृत्यु भएको छ। यता काभ्रेमा २ जना र काठमाडौंमा एक जनाको ज्यान गएको छ। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार दिनभरमा देशभर सातजना बेपत्ता भएका छन् भने १४ जना घाइते भएका छन्। अविरल वर्षाका कारण उपत्यकाका अधिकांश भाग जलमग्न भएका थिए…
Read More
स्पेन र जर्मनीबिच सेमिफाइनलमा पुग्न रोचक भिडन्त  शुक्रबारदेखि सुरु हुँदै

स्पेन र जर्मनीबिच सेमिफाइनलमा पुग्न रोचक भिडन्त शुक्रबारदेखि सुरु हुँदै

एजेन्सी/काठमाडौँ : १७औँ युरोकप फुटबलको क्वार्टरफाइनल चरणको खेल शुक्रबारदेखि सुरु हुँदै छ । पहिलो क्वार्टरफाइनल खेलमा स्पेनले आयोजक राष्ट्र जर्मनीको सामना गर्दै छ । उक्त खेल नेपाली समय अनुसार, राति २१ः४५ बजे सुरु हुनेछ । युरोकपको इतिहासमा यी दुई राष्ट्रबिच धेरै कुरामा समानता देखिन्छ । जारी संस्करणमा पनि स्पेन र जर्मनी दुबैलाई उपाधिको बलियो दाबेदारका रूपमा हेरिएको थियो । तर दुर्भाग्य, अन्तिम आठ चरणमै आपसमा भिडन्त गर्नुपर्ने अवस्था सृजना भएपछि यो खेलले एउटा टोलीलाई सेमिफाइनलमा पुर्याउने छ भने अर्को टोलीलाई उपाधि होडबाट बाहिर धकेल्ने छ । जारी युरोकपमा स्पेन हालसम्म पराजित छ । स्पेनले चार खेल जितिसकेको छ । समूहगत…
Read More
अखिल भारत नेपाली एकता समाज र दूतावासका कर्मचारीहरूसंग भेटघाट

अखिल भारत नेपाली एकता समाज र दूतावासका कर्मचारीहरूसंग भेटघाट

चेन्नै : दक्षिण भारतका जेलमा के कति नेपालीहरू छन रु उनीहरूको अवस्था के कस्तो छ रु र कसरी उनीहरूको उद्दार गर्न सकिन्छ रु भन्ने विषयमा अनुगमन गर्नकोलागि नेपाली दूतावास, नई दिल्लीबाट नेपाल प्रहरीका एस. एस. पी .उमा प्रसाद चतुर्वेदी , दूतावास काउन्सिलर, दिपक निरौला तृतीय सचिव, र नवीन जोसी,ईन्डिया, निदेर्शक बेंगलोर हुदै चेन्नै आएको थिए । चेन्नैको सेन्ट्रल जेलमा रहेका नेपालीहरूको अनुगमनपछि चेन्नैमा रहेका नेपाली समाज संगठनसंग पनि भेटघाट भएको छ । २८ जुन २०२४ का दिन चेन्नैको होटल पेन्टागनमा भेटघाट कार्यक्रमको आयोजना सम्पन्न भएको छ। उक्त भेटघाट कार्यक्रममा अखिल भारत नेपाली एकता समाजका तर्फबाट केन्द्रीय महासचिव महेन्द्र बस्याल, केन्द्रीय…
Read More