समाचार

युएई नेपाली एकता समाजको पाँचौ केन्द्रीय भेला सम्पन्न

युएई नेपाली एकता समाजको पाँचौ केन्द्रीय भेला सम्पन्न

दुवई,युएई : युएई नेपाली एकता समाजको पाँचौ भेला ४ अगस्त २०२४ का दिन दुवईको सिल्भर स्पून रेस्टुरेन्टमा सम्पन्न भएको छ । भेलाको अध्यक्षता चन्दनी रेग्मीले गर्नु भएको थियो। अतिथिको आसन ग्रहण पछि सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो। उपस्थित जनमानसलाई शब्दबाट उपेन्द्र नेपाली र संगितबाट रक्तिम साँस्कृतिक अभियानद्वारा स्वागत गरिएको थियो। प्रमुख अतिथि अन्तर्राष्ट्रिय नेपाली एकता समाजका प्रतिनिधि तथा आयोजक समितिका संयोजक बाबुराम रेग्मीले मैनबत्ती प्रज्वलन गरेर तालीको गडगडाहटमा पाँचौ केन्द्रीय भेलाको उद्घाटन गर्नु भएको थियो। उहाँले भेलाको औचित्यताबारे प्रस्ट पार्दै उपल्लो समितिमा रहेका केही अराजक, अनुशासन विहीन तत्वहरुले आफ्नो दक्षिणपंथी अभिष्ट पुरा गर्नको लागि विभिन्न बहानामा विधान विपरीत…
Read More
जनताको मुक्तिको एकमात्र बाटो नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवाद हो : संयाेजक किरण

जनताको मुक्तिको एकमात्र बाटो नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवाद हो : संयाेजक किरण

काठमाडाैँ : गत २०२२ को श्रीलंकाको जनविद्रोहलाई स्मरण गराउने गरी बांग्लादेश विद्यार्थी आन्दोलनले देशव्यापी जनविद्रोहका रुपमा विकसित भएपछि त्यहाँको सरकारका प्रधानमन्त्री शेख हसिना वाजेदले राजीनामा दिएर सेनाकै हेलिकप्टरमा भारत पलायन भएकी छन् र त्यहाँ तत्कालका लागि सेनाले सत्ता आफ्नो हातमा लिएको छ । सेना प्रमुखले विद्यार्थीका मागलाई संबोधन गर्ने, सर्वदलीय सरकार गठन गर्ने र त्यसैको नेतृत्वमा निर्वाचित हुने सरकारलाई सत्ता हस्तान्तरण गर्ने घोषणा गरेका छन् । हुनत आन्दोलनको सुरुआत बंगलादेशको १९७१ का “स्वतन्त्रता” सेनानीका सन्तानलाई सरकारी सेवामा ३० प्रतिशत आरक्षण दिने संवैधानिक व्यवस्थाका विरुद्ध भएको थियो तर आन्दोलनमाथि सरकारको दमनका कारण भडकिएको विद्यार्थी आन्दोलनले देशव्यापी जनविद्रोहको रुपधारण गर्न पुग्यो ।…
Read More
‘दक्षिण एसियाका शासकलाई बंगलादेशको सन्देश : जनतालाई तुच्छ र मूर्ख नठान्नुस’

‘दक्षिण एसियाका शासकलाई बंगलादेशको सन्देश : जनतालाई तुच्छ र मूर्ख नठान्नुस’

‘विद्यार्थीले परिपक्व व्यवहार गरेका छन । हसिनाजस्ता शक्तिशाली व्यक्तिलाई त यसरी बाहिर निकाल्न सकिन्छ भने यो त भविष्यका सबै शासकहरूका लागि समेत एउटा पाठ हुनुपर्छ ।’ शाहिदुल आलमकाठमाडौँ : शाहिदुल आलम बंगलादेशका प्रख्यात फोटोपत्रकार तथा सामाजिक अभियन्ता हुन । उनलाई सन् २०१८ मा शेख हसिना नेतृत्वको सरकारले झुटो आरोपमा गिरफ्तार गरेको थियो । सडक सुरक्षाको सवालमा भएको विद्यार्थी आन्दोलनमा सरकार निर्मम रूपमा प्रस्तुत भएको आरोप लगाउँदै उनले अल जजिरा टीभीमा अन्तर्वार्ता दिनुका साथै फेसबुकमार्फत सरकारको विरोध गरेका थिए । त्यही निहुँमा उनलाई गिरफ्तार गरिएको थियो । उनै शाहिदुल आलमसँग बंगलादेशको पछिल्लो राजनीतिक अवस्थाबारे गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएकाे छ । तपाईंहरू बंगलादेशमा लोकतन्त्र, प्रेस…
Read More
मंगलबारदेखि देशभरि फेरि अत्यधिक पानी पर्ने सम्भावना

मंगलबारदेखि देशभरि फेरि अत्यधिक पानी पर्ने सम्भावना

काठमाडौं : मंगलबारदेखि देशभरि फेरि अत्यधिक पानी पर्ने सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागले सोमबार विशेष मौसम बुलेटिन जारी गरी २२ र २३ साउनमा देशभरि मनसुन सक्रिय हुन लागेको जानकारी दिएको हो। अहिले पूर्वमा सरदर स्थानको उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ रहेको मनसुन न्यूनचापीय रेखा मंगलबारबाट नेपाल नजिक सर्ने सम्भावना देखिएको विभागले जनाएको छ। न्यूनचापीय रेखा नेपालतिर सरेसँगै वायुको चापका कारण जलवाष्प बोकेका बादल नेपालतिर सोहरिन्छन्, जसले गर्दा पानी पर्छ। विभागले ३५ जिल्लामा अत्यधिक पानी पर्न सक्ने भएकाले जोखिमको सम्भावना औंल्याएको छ। ती जिल्लामा प्रतिकार्यका लागि तयार रहन भनिएको छ।ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ,…
Read More
अनेरास्ववियु (क्रान्तिकारी) र अखिल (छैटौं)बीच ६ नं. प्रदेशको एकता भेला भव्य, संयाेजकमा तपेन्द्र न्यौपाने

अनेरास्ववियु (क्रान्तिकारी) र अखिल (छैटौं)बीच ६ नं. प्रदेशको एकता भेला भव्य, संयाेजकमा तपेन्द्र न्यौपाने

सुर्खेत : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट हाम्रो गौरवशाली संगठन अनेरास्ववियु (क्रान्तिकारी) र (अखिल छैटौं) बीच ६ नं. प्रदेश को एकता भेला बिरेन्द्रनगर नगरपालिका, सुर्खेतमा भव्य रुपमा २०८१ साउन २१ गते सम्पन्न भएको छ । उक्त भेलाले तपेन्द्र न्यौपाने को संयोजकत्वमा १९ सदस्यीय प्रदेश कमिटी चयन गरेको छ । Oplus_0 उक्त कार्यक्रम मा बोल्दै संयोजक समेत रहेका तपेन्द्र न्यौपाने ले हाम्रो संगठन यो दलाल संसदीय व्यवस्था विरुद्ध जस्तोसुकै संघर्ष गर्न प्रतिबद्धता गर्दछ। नयाँ जनवादी शिक्षा प्रणाली स्थापना गर्नको लागि अबको विद्यार्थी आन्दोलन सशक्त रुपमा संघर्ष गर्ने पनि शैक्षिक दलाल हरुलाई जानकारी गराउदछ । जनयुद्ध र जनआन्दोलन को सच्चा उत्तराअधिकारी संगठन…
Read More
मान्छे आक्रमण गर्ने बाघ १६ घण्टापछि नियन्त्रणमा

मान्छे आक्रमण गर्ने बाघ १६ घण्टापछि नियन्त्रणमा

चितवन : चितवनको नारायणगढ बजार नजिकै शनिबार विहान एक ब्यक्तिलाई आक्रमण गरी घाइते बनाउने बाघलाई १७ घण्टापछि डार्ट गरेर नियन्त्रणमा लिइएको छ । चितवन महोत्सव हुने प्रर्दशनी मैदानको माथिल्लो भेगमा विहान मर्निङवाक गर्न गएका भरतपुर-२ बेलटाडीका ६० बर्षीय पशुपति श्रेष्ठलाई बाघले आक्रमण गरेर घाइते बनाएको थियो । चितवन मेडिकल कलेजमा उपचार गराइरहेका श्रेष्ठको हात, घाँटीमा चोट लागेको छ । बाघलाई चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकहरुले हात्तीको सहयोगमा दिनभर नियन्त्रणमा लिने प्रयास गरे पनि सकेका थिएनन् । नजिकैको नरकटको घना झाडीमा लुकेर बसेको बाघले पटकपटक हात्तीलाईसमेत तर्साउने गरेको थियो । बाघसँग बिच्किएका हात्तीहरु माहुतेलाई छाडेर बजार क्षेत्रबाट भागेका…
Read More
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना

आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको उत्तर तर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । ती क्षेत्रमा हुन सक्ने गेग्रान…
Read More
यी ६ प्रदेशमा आज भारी वर्षाकाे सम्भावना

यी ६ प्रदेशमा आज भारी वर्षाकाे सम्भावना

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाकारी दिएको छ । जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। देशभर केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ। देशभर केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र…
Read More
आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

काठमाडौँ : वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो (आज) आइतबार देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छिन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले जानकारी दिए । भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ । भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता नलागेको उनले बताए । मच्छिन्द्रनाथको यात्रा भने करिब एक हजार तीन सय वर्षअघि नै सुरु भएको हो । किंवदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको…
Read More
अनिलकृत पुस्तक माथि चर्चा गर्दै सिर्जना र संवादकाे पाँचौ श्रृङखला सम्पन्न

अनिलकृत पुस्तक माथि चर्चा गर्दै सिर्जना र संवादकाे पाँचौ श्रृङखला सम्पन्न

काठमाडौं : सिर्जना, विषय र विचारमाथि विमर्श गर्ने उद्देश्यले सञ्चालित ‘सिर्जना र संवाद’को पँचौँ शृङ्खलामा प्रगतिवादी स्रष्टा अनिल श्रेष्ठको निबन्धसङ्ग्रहमाथि गम्भीर विमर्श गर्दै शनिवार सम्पन्न भएको छ । इच्छुक सांस्कृतिक प्रतिष्ठानको आयोजना र ‘सिर्जना र संवाद’को संयोजनमा सम्पन्न कार्यक्रममा प्रा.डा. जगदीशचन्द्र भण्डारी, डा अमर गिरी, प्रतिष्ठानका अध्यक्ष मित्रलाल पंज्ञानी, प्रा.डा नन्दीश अधिकारी, समीक्षक तेजविलास अधिकारी र कार्यक्रम संयोजक गौरी देवकोटाले निबन्धसङ्ग्रहका सबल र कमजोर पक्षका बारेमा आ आफ्ना धारणा राख्नु भएको थियो । पुस्तकमा लेखकले विवेचना गरेका विषयहरू मध्ये योग र आध्यात्मबारे निकै राम्रो बहस भएको थियो भने यसै सन्दर्भमा प्रा.डा. जगदीशचन्द्र भण्डारी र डा. अमर गिरीले मार्क्सवादी दृष्टिकोणबाट विश्लेषणात्मक…
Read More