अनेरास्ववियु (क्रान्तिकारी) र अखिल (छैटौं)बीच ६ नं. प्रदेशको एकता भेला भव्य, संयाेजकमा तपेन्द्र न्यौपाने

सुर्खेत : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट हाम्रो गौरवशाली संगठन अनेरास्ववियु (क्रान्तिकारी) र (अखिल छैटौं) बीच ६ नं. प्रदेश को एकता भेला बिरेन्द्रनगर नगरपालिका, सुर्खेतमा भव्य रुपमा २०८१ साउन २१ गते सम्पन्न भएको छ । उक्त भेलाले तपेन्द्र न्यौपाने को संयोजकत्वमा १९ सदस्यीय प्रदेश कमिटी चयन गरेको छ ।

Oplus_0

उक्त कार्यक्रम मा बोल्दै संयोजक समेत रहेका तपेन्द्र न्यौपाने ले हाम्रो संगठन यो दलाल संसदीय व्यवस्था विरुद्ध जस्तोसुकै संघर्ष गर्न प्रतिबद्धता गर्दछ। नयाँ जनवादी शिक्षा प्रणाली स्थापना गर्नको लागि अबको विद्यार्थी आन्दोलन सशक्त रुपमा संघर्ष गर्ने पनि शैक्षिक दलाल हरुलाई जानकारी गराउदछ ।

जनयुद्ध र जनआन्दोलन को सच्चा उत्तराअधिकारी संगठन अखिल (क्रान्तिकारी) मात्रै हो । त्याग, तपस्या, समर्पण, वलिदानीका अनमोल गाथाहरुले सजिएको हाम्रो इतिहासको श्रेय मात्र होइन । वर्तमान समयमा दलाल पुँजीवादी संसदीय पार्टीहरु उनीहरुको विद्यार्थी संगठन यथास्थिति, प्रतिगमन र प्रतिक्रान्तिको गलत मार्गमा लिक्त भएपछि नेपाली समाजमा रहेका विद्यमान विकृति विसंगति, जनताको जनतन्त्र र जनजिविकालाई प्रभावित पार्ने सरकारी तथा गैरसरकारी कदम, नेपालको शिक्षा क्षेत्रमा मौलाएको नीजिकरण, व्यपारिकरण, माफियाकरण, दलालीकरण, भ्रष्टीकरण, जनताको मौलिक हकका विरुद्ध हुने सवै खाले प्रतिक्रियावादीका विरुद्ध प्रतिपक्ष र सडकवादको भुमिकामा रही नेपाली विद्यार्थी आन्दोलन र समग्र राजनैतिक, सामाजिक, आर्थिक तथा साँस्कृतिक परिवर्तनका खातीर नेतृत्वदायि भुमिका निर्वाह गर्नुपर्ने युगिन अभिभारा अखिल (क्रान्तिकारी) लाई आएको छ ।

अब हामी संगठनलाई मजबुत बनाउदै र ६ नं. प्रदेश का १० वटा जिल्ला बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट,डोल्पा,कालिकोट,जुम्ला,हुम्ला र मुगू मा जिल्ला सम्मेलन को तयारीमा अघि बढ्नेछौ। अब यो देशको नेतृत्व सच्चा क्रान्तिकारी युवा विद्यार्थी को काधमा आएको छ र हामीले यसलाई सहि ट्र्याक मार्फत अगाडि बढाउनु पर्छ ।

उक्त कार्यक्र का प्रमुख अथिती क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल का केन्द्रिय सचिवालय सदस्य तथा ६ नं. प्रदेश संयोजक दिपक शाही, विशेष अथिती क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल का केन्द्रिय महाधिवेशन आयोजक समिति सदस्य नारायण न्यौपाने,पुर्ण पौडेल,श्याम कार्की, र सुर्खेत जिल्ला संयोजक प्रकाश आचार्य,बर्दिया जिल्ला संयोजक प्रेम थापा, हुम्ला जिल्ला संयोजक मदन राज देवकोटा (मोज) अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य गंगालाल न्यौपाने लगाएत को उपस्थिति रहेको थियोे ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?