समाचार

साँस्कृतिक प्रतिरोध दिवसको सन्देश

साँस्कृतिक प्रतिरोध दिवसको सन्देश

२०५५ साल चैत्र ५ गते काभ्रेको अनेकोटमा भएको बीभत्स हत्याकाण्ड हो । र, राज्यको फासिवादी दमनको साहस, सौर्य र बलिदानीपूर्वक निःशस्त्र जनकलाकारहरुले प्रतिरोध गरेको एउटा रक्तरञ्जित इतहास हो । विचारको तागत कति हुन्छ भन्ने कुरा ती जनकलाकारहरुहरुले सान्दार रुपमा प्रस्तुत गरे, जो बरु गोली खान र जिउँदै आगोमा जल्न तयार भए तर वर्गवैरीसँग आत्मसमर्पण गर्न र झुक्न कदापि तयार भएनन् । अनेकोटमा जनकालाकारहरुले देखाएको यी वीरता, सौर्यता र उच्च क्रान्तिकारी आदर्शलाई ‘साँस्कृतिक प्रतिरोध दिवस’को रुपमा जनयुद्ध कालदेखि नै माओवादी तथा कम्युनिस्ट क्रान्तिकारीहरुले मनाउँदै आएका छन् । र, यसपटक पनि मनाए । विशेषगरी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता कार्यकतारुले घटनास्थलमै गएर–…
Read More
क्रान्तिकारी वाम तथा जात व्यवस्था विरोधी संगठनहरुको  संयुक्त बैठक सम्पन्न

क्रान्तिकारी वाम तथा जात व्यवस्था विरोधी संगठनहरुको संयुक्त बैठक सम्पन्न

काठमाडौं : मार्च २१ को दिन अन्तरराष्ट्रिय नस्लभेद तथा जातिभेद विरोधी दिवसको अवसरमा नेपाल र भारतका क्रान्तिकारी वाम तथा जात व्यवस्था विरोधी संगठनहरुको एक महत्वपूर्ण अनलाइन संयुक्त बैठक आयोजना गरिएको थियो । बैठक पछि क्रान्तिकारी दलित मुक्ति मोर्चा नेपाल,एकीकृत दलित मुक्ति मोर्चा नेपाल र जाति उन्मूलन आन्दोलन CAM भारत व गुरु घासीदास सेवादार संघ GSS भारत , यी चार संगठनहरुद्वारा संयुक्त प्रेस विज्ञप्ति जारी गरिएको थियो । प्रेस विज्ञप्तिमा क्रूर मनुस्मृति आधारित हिन्दुराष्ट्र को सोचको विरोध गर्दै , अमानवीय जात व्यवस्थाको उन्मूलन , साम्राज्यवाद ,प्रतिक्रियावाद तथा संघी मनुवादी फासीवादी शक्तिको विरुद्ध नेपाल र भारतका मेहनतकश र दलित, उत्पीड़ित जनताको संयुक्त…
Read More
६१औँ जातिभेद उन्मुलन दिवस सम्पन्न

६१औँ जातिभेद उन्मुलन दिवस सम्पन्न

काठमाडौं । २०८२ चैत्र ७ गते ( २०२६ मार्च २१ ) मा चार दलित संगठनहरूले एक अन्तरक्रियाको आयोजना गरी ६१औँ जातिभेद उन्मुलन दिवस मनाएकाछन् । “वर्तमान राजनीतिक परिस्थितिमा दलित मुक्तिको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम गरी दलित संगठनहरुले जातिभेद उन्मुलन दिवस मनाएकाहुन् । चार दलित संगठनहरू क्रान्तिकारी दलित मुक्तिमोर्चा नेपाल,एकीकृत दलित मुक्ति मोर्चा नेपाल, जातव्यवस्था उन्मूलन मोर्चा नेपाल, संयुक्त दलित अधिकार मञ्च आयोजक रहेका थिए । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य सन्तबहादुर नेपालीले मन्तव्य राख्दै भन्नुभयो,“ नेपालमा राजनीतिक रूपले मात्रै प्रतिगमन नभएर सामाजिक तथा सांस्कृतिक रूपले पनि प्रतिगमन भएको छ। समाजलाई अग्रगामी र प्रगतिशील विचारले नेतृत्व गरेर अगाडि…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी महोत्तरीका सेक्रेटरी उपेन्द्र यादवको निधन

क्रान्तिकारी कम्युनिस्ट पार्टी महोत्तरीका सेक्रेटरी उपेन्द्र यादवको निधन

महोत्तरी : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महोत्तरी जिल्ला सेक्रेटरी उपेन्द्र यादवको निधन भएको छ। २०८२ चैत्र ६ गते चितवन स्थित क्यान्सर अस्पतालमा उपचारका क्रममा यादवको मृत्यु भएको हो। पार्टीभित्र उहाँ कमरेड विशालको नामबाट परिचित हुनुहुन्थ्यो।महोत्तरी जिल्ला , रामगोपालपुर नगरपालिका वडा नम्बर ५ उहाँको स्थायी ठेगाना हो। २०५९ सालमा उहाँले पार्टी सदस्यता प्राप्त गर्नुभएको थियो। उहाँले पार्टीका विभिन्न मोर्चाहरूमा काम गर्नुभएको थियो। उहाँले पार्टीका मोर्चाहरु जस्तै मधेसी राष्ट्रिय मुक्तिमोर्चा नेपाल र किसान मोर्चामा काम गर्नुभएको थियो। उहाँको जन्म २०२५ साल मङ्सिरमा भएको थियो। उहाँको परिवारमा बुवा देवनारायण यादव ,श्रीमती जीलेखा यादव ,छोरीहरू रविना, साजन र मनिषा तथा छोराहरु बादल र आकाश…
Read More
संयुक्त विद्यार्थी संगठनद्वारा साम्राज्यवादी युद्धको विरोधमा प्रदर्शन

संयुक्त विद्यार्थी संगठनद्वारा साम्राज्यवादी युद्धको विरोधमा प्रदर्शन

काठमाडौँ : साम्राज्यवादी युद्धको विरोधमा विद्यार्थी संगठनहरुले विरोध प्रदर्शन गरेकाछन् । २०८२ चैत्र ६ गते काठमाडौं माइतीघरमा दिउँसो १ बजे जम्मा भएर विद्यार्थी संगठनहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले अमेरिका –इजरायल र इरान युद्धको प्रभाव परेका देशहरुबाट नेपालीहरुको जीवन सुरक्षा गर्न तथा उनीहरुको उद्धार गर्न माग गरेका छन् । इरानमाथि भएको अमेरिकी–इजरायली आक्रमणको विरोध तथा मध्यपूर्वमा कार्यरत नेपाली नागरिकहरूको सुरक्षाको सुनिश्चितताका लागि युद्ध तथा हिंसात्मक हस्तक्षेपको विरुद्ध आवाज उठाएकाछन्। उनीहरुले सुर्खेतमा इनिशा बि.क.को हत्या प्रकरणमा पीडित पक्षले न्याय पाउनुपर्ने, महंगी नियन्त्रण हुन पर्ने लगायतका मागहरु राखेका छन् । त्यस सन्दर्भमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सम्बद्ध अ.ने.रा.स्व.वि.यु.(क्रान्तिकारी)का अध्यक्ष महेश श्रेष्ठ, नेपाल…
Read More
चितवनमा मनाइयाे साँस्कृतिक प्रतिरोध दिवश

चितवनमा मनाइयाे साँस्कृतिक प्रतिरोध दिवश

चितवन : अखिल नेपाल जनसाँस्कृतिक महासंघ , जिल्ला समिति चितवनको आयोजनामा सम्पन्न साँस्कृतिक प्रतिरोध दिवश सम्पन्न गरिएको छ । उक्त कार्यक्रमको अध्यक्षता रविकिरण निर्जीवले गर्नु भएको थियो । विरेन्द्र बहुमुखी क्याम्पसमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालकापोलिटव्यूरो सदस्य तथा ११ नं. ब्युराे इञ्चार्ज अटल र अतिथि क्रान्तिकारी महिला संगठन नेपालका संयोजक अम्बिका मुडभरी हुनुहुन्थ्यो । मन्तव्य अटलले राख्नुु भएको थियो,अनुभुति फणिन्द्र आचार्य अनलर अम्बिका मुडभरीले राख्नुभएको थियो । कविता वाचन इश्वरी ओझा, प्रकाश बाबू खनाल ,अशोक शर्मा , बाबुराम पाण्डे, हरिकृष्ण खनाल , रविकिरण निर्जीव , नारायण शर्मा बिपिनले गर्नु भएको थियो ।
Read More
साम्राज्यवादी युद्धको विरोधमा संयुक्त विद्यार्थी संगठनले प्रदर्शन गर्ने

साम्राज्यवादी युद्धको विरोधमा संयुक्त विद्यार्थी संगठनले प्रदर्शन गर्ने

काठमाडौं : साम्राज्यवादी युद्धको विरोधमा विद्यार्थी संगठनहरुले प्रदर्शन गर्ने भएकाछन् । २०८२ चैत्र ६ गते काठमाडौं माइतीघरमा दिउँसो १ बजे जम्मा भएर विद्यार्थी संगठनहरुले प्रदर्शन गर्न थालेका हुन् । उनीहरुले अमेरिका –इजरायल र इरान युद्धको प्रभाव परेका देशहरुबाट नेपालीहरुको जीवन सुरक्षा गर्न तथा उनीहरुको उद्धार गर्न माग गरेका छन् ।
Read More
‘प्रचण्डले हल नगरेको टिआरसी, अब रवि–बालेनको काँधमा’

‘प्रचण्डले हल नगरेको टिआरसी, अब रवि–बालेनको काँधमा’

काठमाडौं : जनयुद्धकालीन मुद्धाहरुलाई सत्य निरुपण तथा मेतलमिलाप आयोग(टिआरसी)मार्फत हल गर्न प्रचण्डसहितका पुरान दलहरु चुकेको र त्यसको जिम्मा रबि–बानेलको काँदमा आएको वक्ताहरुले बताएका छन् । बिहिबार राजधानीको संवाद डबलीमा अखिल नेपाल जनसांस्कृतिक महासंघले आयोजना गरेको कार्यक्रममा वक्तहरुले रास्वपा नेतृतव सरकारका राम्रा कार्यमा साथ दिनेसमेत बताएका छन् । वरिष्ठ अधिवक्ता एकराज भण्डारीले विस्तृत शान्ति सम्झौतालाई तार्किक निकष्कर्षमा पुर्याउनुको सट्टा पुराना दलहरु शत्ता र शक्तिको खेलमै समय विताएको आरोप लगाएका छन् । भण्डारीले जनयुद्धको मुख्य नेतृत्व माओवादी र प्रचण्डनै गैर जिम्मेवार बन्दा आजको अवस्था आएको जिकिर गरेका छन् । जनयुद्ध हाँकेर आएको नेतृत्व गैरजिम्मेवार बन्दा दूई दशकमै देशमा ठूलो विद्रोह भएको र…
Read More
प्रचण्ड लक्षित प्रवक्ता सुदर्शनले भने-‘गुलामी गरेर बचिन्न, मर्न तयार भएर मात्रै बाँच्न सकिन्छ’

प्रचण्ड लक्षित प्रवक्ता सुदर्शनले भने-‘गुलामी गरेर बचिन्न, मर्न तयार भएर मात्रै बाँच्न सकिन्छ’

काठमाडौँ : बिहीबार काभ्रेको अनेकोटमा आयोजित २८ औं साँस्कृतिक प्रतिरोध दिवसलाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता हेमन्तप्रकाश ओली सुदर्शनले प्रचण्डले हालै रास्वपाको अभिभावक बन्ने भनेर दिएको अभिव्यक्तिमाथि टिप्पणी गर्दै उहाँले प्रचण्डको त्यस्तो भाष्यलाई रास्वपाको गुलामी अर्थात् प्रकारान्तरले साम्राज्यवादी शक्तिहरुको अझ बढी गुलामी हुन जाने बताउनु भयो । दशवर्षको जनयुद्धमार्फत् पुरानो राज्यसत्ता बदलेर नयाँ जनवादी राज्यसत्ता स्थापना गर्ने घोषित लक्ष्य उद्देश्य छाडेर पुरानै सत्तामा जानु प्रचण्डको सबैभन्दा ठूलो कमजोरी भएको चर्चा गर्दै प्रवक्ता सुदर्शनले जेनजी विद्रोहको बेला सेनाको हिरासतमा बस्दा जनमुक्ति सेना र हतियारको झल्झली सम्झना आएको हुन सक्ने पनि टिप्पणी गर्नुभयो । सेना…
Read More
२८औं सांस्कृतिक प्रतिरोध दिवस अनेकोटमा भव्य रुपमा सम्पन्न

२८औं सांस्कृतिक प्रतिरोध दिवस अनेकोटमा भव्य रुपमा सम्पन्न

काभ्रे : अखिल नेपाल जनसांस्कृतिक महासंघ, केन्द्रीय समितिको आयोजनामा काभ्रेको अनेकोटमा बिहीबार साँस्कृतिक प्रतिरोध दिवस भव्य रुपमा सम्पन्न भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य एवम् प्रवक्ता हेमन्तप्रकाश ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा पार्टीका पोलिटब्यूरो सदस्य चक्रपाणी शर्मा, १० नं ब्यूरोका सचिव सोमान तामाङले मन्तव्य राख्नुभएको थियो भने प्रा.डा. जगदीशचन्द्र भण्डारी, धनेश्वर पोखरेल, प्रा.डा. नन्दीश अधिकारी, मित्रलाल पंज्ञानी, आस्था घिमिरे, कमला नेपाली लगायतले क्रान्तिकारी कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा रक्तिम सांस्कृतिक परिवारका अध्यक्ष नारायण शर्माले गीति अभिनय प्रस्तुत गर्नुभएको थियो । काभ्रेको अनेकोटका सहिदहरु चाङवा लामा, चिनिमाया लामा, गुम्बासिंह तामाङ, निर्मला देवकोटा, डम्बर श्रेष्ठ, शुभद्रा…
Read More