क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल माडी नगरपालिकाको भेला सम्पन्न
चितवन : महाधिवेशनको तयारीमा जुटेको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले चितवनमा पनि महाधिवेशनलाई केन्द्रित गरेर आफ्नो साङ्गठनिक कार्यक्रमहरू अधि बढाएको छ । पार्टीको सेल, वडा कमिटीहरू गठन पुनर्गठन गर्दै नगर स्तरीय भेला सम्मेलनहरूको चरणमा प्रवेश गरेको छ । यसैक्रममा शनिबार माडी नगरपालिकाको भेला बसन्तपुर बजारमा सम्पन्न गरेको छ । सिपी सुबेदीको अध्यक्षतामा सम्पन्न भेलाको प्रमुख अतिथि पार्टी केन्द्रीय सचिवालय सदस्य एवम् क्रान्तिकारी महिला सङ्गठन नेपालकी अध्यक्ष अम्बिका मुडभरी रहेकी थिइन् । पार्टीका केन्द्रीय सदस्य एवम् चितवन जिल्ला इन्चार्ज घननाथ सापकोटा ‘बिकास’, जिल्ला संयोजक कुलप्रसाद रिजाल ‘जगत’ को आतिथ्यमा सम्पन्न कार्यक्रमको सञ्चालन तोरण परियारले गरेका थिए भने स्वागत देवीलाल पौडेलले गरेका थिए…