धैर्यता र दृढताका साथ पार्टी एकताको पक्षमा लाग्ने ५ नं. प्रदेश पार्टीको निर्णय
काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल पाँच नम्बर संगठन समितिको दोस्रो पुर्ण बैठक शनिवार दाङको भालुवाङस्थित राप्ती उद्योग बाणिज्य संघको सभाहलमा भब्यताका साथ सम्पन्न भएको छ । शुक्रवार प्रदेश कार्यालयको बैठक र शनिवार सम्पन्न पुर्ण बैठकले पार्टी सहसंयोजक कमरेड कंचन पक्षले अप्रत्यासित रुपले पार्टी एकता भंगको घोषणा गरेको ठहर गर्दै उच्च साहस, धैर्यता र दृढताका साथ पार्टी एकताको पक्षमा लाग्ने निर्णय गरेको छ । बैठकले महाधिबेशनका लागि बैचारिक बहसको प्रारम्भ भई सकेको अवस्थामा एकता भंगको कुरा आउनु दुःखद रहेको उल्लेख गर्दै उक्त पक्षबाट भम्रहरु सिर्जना गर्न खोजिएकोे र जनतामा अन्य एकता बिरोधीहरुले समेत भम्र दिएको हुदाँ भ्रमबाट मुक्त भई क्रान्तिकारी…