काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको काठमाण्डौ जिल्ला सदस्यहरु राजेन्द्र कोईराला र दीपेन्द्र शाहीलाई पार्टी कार्यक्रममा रहेको अवस्थामा न्यूरोडको मखन गल्लीबाट बिनाकारण असोज ७ गते सादा पोशाकमा रहेका प्रहरीहरुले गिरफ्तार गरेकाले गिरफ्तारहरुलाई बिनाशर्त तुरुन्त रिहाई गर्न माग गरिएको छ ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका काठमाण्डौ जिल्ला सचिव प्रकाशले असोज ८ गते एक प्रेस वक्तव्य जारी गर्दै सो माग गरेका हुन् । वक्तव्यमा बिनाकारण गिरफ्तारीप्रति पार्टीको गम्भीर ध्यानआकर्षण भएको जनाउँदै राजनीतिक प्रतिशोधको कारण पक्राउ गरिएको प्रति घोर भत्सर्ना गर्दै तत्काल रिहाई गर्न जोडदार माग गरिएको छ ।
