समाचार

एमाले माओवादीका कार्यकर्ता बैद्यको पार्टी प्रवेश ‘जनसम्बन्ध विस्तार अभियान शुक्लाफाँटामा’

एमाले माओवादीका कार्यकर्ता बैद्यको पार्टी प्रवेश ‘जनसम्बन्ध विस्तार अभियान शुक्लाफाँटामा’

झनक श्रेष्ठ/ कन्चनपुर शुक्लाफाँटा‘जनसम्बन्ध विस्तार अभियान’ लिएर कन्चनपुरको गड्डा चौकी पुगेको क्रान्तिकारी कम्युनिस्ट पार्टी जनताका घरहरुमा पुगिरहेको छ । अभियान टोलीले बिहिबार एक कोणसभा गर्दै एमाले माओवादी केन्द्र र स्वतन्त्रका कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गराएको छ । कन्चनपुरको शुक्लाफाटा ८ मणिकाधाममा आयोजीत उक्त सभाबाट नेकपा(एमाले)का सन्जु जप्रेल, नेकपा(माओवादी केन्द्र)का गगन कामी, झुसे कामी र स्वतन्त्रबाट दिनेश सिहं भाट लगायतका विभिन्न पार्टीका कार्यकर्ता क्रान्तिकारी कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई अभियान टोली प्रमुख कृष्णराज पौडेल, १ नम्बर व्युरो इन्चार्ज शेरबहादुर देउवा लगायतले स्वागत गरेका छन् । उक्त कार्यक्रममा बोल्दै १ नम्बर व्युरो इन्चार्ज शेरबहादुर देउवा‘शिखर’ले जनयद्धका कमान्डर संसदवादमा पतन भएकोले…
Read More
‘शहिदलाई श्रद्धान्जली परिवारलाई सम्मान’ सुदुरपश्चिम विरयोद्धाहरु जम्माउने भूमि हो – सुदर्शन

‘शहिदलाई श्रद्धान्जली परिवारलाई सम्मान’ सुदुरपश्चिम विरयोद्धाहरु जम्माउने भूमि हो – सुदर्शन

डडेलधुराबाट प्रतिबिम्बको सहयोगमा, जनबिहानी न्युजडेस्क,काठमाडौँ क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको ‘जनसम्वन्ध विस्तार अभियान’ अन्तर्गत बैतडिकाे झुलाघाटबाट अभियान शुरु गरेको अभियान टोलीले डडेल्धुराको अजयमेरु गाउँपालिका ४ चिपुरमा रहेको जयराज भट्ट ‘विनय’ र गौतम बोहोराको शालीकमा श्रद्धाञ्जली अर्पण गर्नुको साथै शहिद परिवारलाई अभिनन्दन गरेको छ । अभियान टोलीले चिपुरमा विनयकी जीवन संगीनी नन्द भट्ट र शहिद गौतम वोहराकी आमालाई सम्मान गरेको हो । पार्टीका स्थायी समिति सदस्य तथा टोली प्रमुख हेमन्त प्रकाश ओली ‘सुर्दशन’ले शहिद परिवारलाई दोसल्ला ओडाएर पार्टीकाे तर्फवाट सम्मान प्रकट गरेका हुन् । शहिद प्रति श्रद्धाञ्जली व्यक्त गर्द अभियान टोली प्रमुख सुदर्शनले सुदूर पश्चिम विर योद्धाहरु जम्माउने भुमी भएको भन्दै सुदुरपश्चिमले…
Read More
‘‘जन सम्बन्ध विस्तार अभियान”

‘‘जन सम्बन्ध विस्तार अभियान”

आज कहाँ के हुँदैछ ? जनविहानी न्युज डेस्क/काठमाडौँ,चैत्र ६ क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियानका लागि गठन गरेको ४ वटै टोलीले आज तेस्रो दिन पनि विभिन्न कार्यक्रम गर्दै छ ।चियोभञ्ज्याङपार्टीका स्थायी समिति सदस्य रामसिंह श्रीसले नेतृत्व गरेको जन सम्बन्ध विस्तार अभियान टोली भारतको सिमाना पांचथरको चियोभन्ज्याङबाट अगाडि बढेको छ । याे टोली तमोर नदी तरेर तेहथुमको आठराई सक्रान्ति बजार पुगेको छ । यो टोलीले आज सक्रान्ति बजारमा कार्यक्रम गर्ने छ । काँकडभिट्टापार्टीका स्थायी समिति सदस्य हरिभक्त कँडेलले नेतृत्व गरेको जन सम्बन्ध विस्तार अभियान टोली भारतको सिमाना झापाको काँकडभिट्टाबाट अगाडि बढेको छ । याे टोलीले आज खुदुनावारीमा कार्यक्रम गर्ने छ…
Read More
नेपालमा जनवाद–बैज्ञानिक समाजवाद आवश्यक छ–सुदर्शन / जनसम्बन्ध विस्तार अभियानमा बैतडिका २ स्थानमा सभा

नेपालमा जनवाद–बैज्ञानिक समाजवाद आवश्यक छ–सुदर्शन / जनसम्बन्ध विस्तार अभियानमा बैतडिका २ स्थानमा सभा

जनबिहानी न्युज डेस्क काठमाडौँ / क्रान्तिकारी कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले नेपाली जनताका समस्याहरुप्रति सरकार मुखदर्शक भएर वसेको र यो शासन व्यवस्था जनताको शासन व्यवस्था नभएकोले यसको बदलामा जनवाद–बैज्ञानिक समाजवाद आवश्यक भएको बताए ।पार्टी केन्द्रले आयोजना गरेको ‘जनसम्बन्ध विस्तार’ अभियानको दोस्रो दिन आज बैतडिको झुलाघाटमा आयोजीत कार्यक्रममा आयोजीत कोणसभामा बोल्दै सुदर्शनले भने ‘आज नेपाली भुभाग कालापानीमा सेना बसेको छ तर सरकार मौन छ । आज नेपाली बजारमा विदेशी सामानको रजगज छ,तर सरकार उदासीन छ,त्यसकारण जनताको व्यवस्था स्थापनागर्नको लागि हामीले कम्युनिस्ट आन्दोलनको धारलाई अगाडि बढाईरहेका छौ ।’नेपाली अनुहारका विदेशीदलालहरुले देशलाई कङकाल बनाउदै गईरहेकोले आजको अवस्था जनवाद–बैज्ञानिक समाजवाद उत्तम…
Read More
जनतासँग मितेरी लगाउँदै क्रान्तिकारी कम्युनिस्ट पार्टी/चार ठाउँबाट एकैसाथ गरियो जनसम्बन्ध बिस्तार अभियान उद्घाटन

जनतासँग मितेरी लगाउँदै क्रान्तिकारी कम्युनिस्ट पार्टी/चार ठाउँबाट एकैसाथ गरियो जनसम्बन्ध बिस्तार अभियान उद्घाटन

जनबिहानी न्युज डेस्क / काठमाडौँक्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले देशका ४ वटा सिमाक्षेत्रबाट एकैसाथ देशव्यापी “जनसम्बन्ध विस्तार अभियान” उद्घाटन गरेको छ । देशका ४ वटा महत्वपूर्ण स्थानहरु पाँचथरको चियोभन्ज्याङ, झापाको काँकडभित्ता, बैतडीको झुलाघाटबाट र कन्चनपुरको गड्डाचौकीबाट अभियानको सोमबार एकैसाथ उद्घाटन गरिएको हो । सोमबारै क्रान्तिकारी कम्युनिस्ट पार्टीले देशैभरी अभियानको उदघाटन सभाहरु गरेको छ ।सुदुर पश्चिममा भारतिय सिमाक्षेत्र बैतडिको झुलाघाट अभियानको उद्घाटन गरिएको छ । झुलाघाटमा पुगेको ४ नम्बर अभियान टोलीका प्रमुख हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले जनसम्वन्ध विस्तार अभियान जनतासँग आफ्नो पार्टीको मितेरी गाँस्ने अभियान भएको बताउँदै सँसदीय व्यवस्थाको गद्दीमा वसेर जनताको रगत पसिना चुस्ने शासकहरुको भण्डाफोर गर्नु पनि अभियानको उदेश्य भएको बताए…
Read More
राजावादी र यथास्थितिवादीहरुको भ्रमबाट मुक्त बनौं,  जनगणतन्त्रले मात्र समाधान गर्छ : सीपी गजुरेल

राजावादी र यथास्थितिवादीहरुको भ्रमबाट मुक्त बनौं, जनगणतन्त्रले मात्र समाधान गर्छ : सीपी गजुरेल

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव सीपी गजुरेल गौरवले राजावादी र यथास्थितिवादीबाट मुक्त हुन जनसमुदायमा अपील गर्नुभएको छ । उहाँले राजावादी र यथास्थितिवादीबाट देशमा विद्यमान समस्याको हल नहुने भन्दै जनगणतन्त्रले मात्रै समस्याको वास्तविक समाधान दिने भएकोले आम नेपाली श्रमजीवी जनता नेपालमा अब संघीय जनगणतान्त्रिक व्यवस्था ल्याउन जुट्नुपर्ने बताउनु भयो । उहाँले अहिलेको लोकतान्त्रिक गणतन्त्र र पश्चगामी राजावादीहरुबाट समस्याको समाधान नहुने इतिहासमा पटक पटक साबित भइसकेको स्पष्ट पार्दै अग्रगामी परिवर्तन अर्थात् क्रान्तिकारी परिवर्तनबाट मात्रै समस्याको समाधान दिने बताउनु भयो । ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा क्रान्तिकारी महिला संगठन केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालमा रहेका तीनथरि…
Read More
दाङमा ११५औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

दाङमा ११५औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

दाङ : २०८१ फागुन २५ मा क्रान्तिकारी महिला संगठन दाङव्दारा ११५ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सम्पन्न गरिएको छ ।क्रान्तिकारी महिला संगठन दाङ जिल्लाको अध्यक्ष हेमन्ता घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्रान्तिकारी महिला संगठन केन्द्रीय सदस्य सुशिला आचार्यले मन्तव्य राख्नु भयो । ११५ बर्ष अगाडि अमेरिकामा महिलाहरुले पुरुष बराबर समान काम ,समान ज्याला, समान समय ,लगाएत मागहरु उठाएर गरिएको आन्दोलनले तत्कालीन शासकले महिला अधिकारका लागि कानुनी ब्यबस्था गर्ने र लागू गर्ने बाध्य भए । तर पनि हाम्रो समाजमा अहिलेसम्म पनि विभेद छ । सरकारले अहिलेसम्म ध्यानदिन सकेको छैन । यो राज्य ब्यवस्थाबाट पुर्ण अधिकार प्राप्त गर्न महिलाहरु बञ्चित भएका छौ ।…
Read More
नवलपरासीमा मनाइयाे ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

नवलपरासीमा मनाइयाे ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

नवलपरासी : २०८१ फागुन २४ गते क्रान्तिकारी महिला संगठन नेपाल नवलपरासीद्वारा बर्दघाट–४ दिब्यनगरमा ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापा, जिल्ला सेक्रेटरी रवि पाण्डेय, सहिद तथा बेपत्ता परिवार समाजकी जिल्ला संयोजक उर्मिला थापा र क्रान्तिकारी महिला संगठन नेपालकी जिल्ला संयोजक मुक्तमाया महतोले सम्बोधन गर्नुभयो । कार्यक्रमको अखिल (क्रान्तिकारी) जिल्ला सदस्य आर्जु ढकालले संचालन गर्नुभएको थियो । कार्यक्रममा क्रान्तिकारी युवा संघ नेपालका संयोजक राम प्रसाद अर्गेजा ,अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला संयोजक बोल्गा नेपाल , सहिद परिवार धनकुमारी सुनार लगायतको आतिथ्यता थियो ।कार्यक्रम…
Read More
बेंगलोरमा ११५ ओं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

बेंगलोरमा ११५ ओं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

भारत : अखिल भारत नेपाली एकता समाज बेंगलोर दक्षिण नगर समिति अन्तरगत महिला बिभागले कब्बन पार्कमा ११५ ओं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भब्य रूपमा मनायो ।कार्यक्रमको संचालन बिभाग कि सचिव मिना बि क ले गर्न भएको थियो भने अध्यक्ष कलावति दयालको रहेको थियो । लक्ष्मि भट्टले शब्दबाट स्वागत गर्नुभयो । एक मिनट मौनधार पछि कार्यक्रममा बोल्दैअखिल भारत नेपाली एकता समाजका उपाध्यक्ष किसन बहादुर बि क ले महिला दिवसबारे स्पस्ट पार्दै अझै महिला मोर्चाका महिलाहरूले सशक्त हुनर अखिल भारत नेपाली एकता समाजको झण्डा मुनि गोलबण्द हुनु अनिवार्य छ भन्नुभयो । हाँकसाप्ताहिक सम्बाददाता कर्नाटकका राज्य इन्चार्ज करन दयाल , केन्द्रीय सदस्यहरू सेर…
Read More
क्रान्तिकारी किसान महासंघ नेपालको केन्द्रीय समितिको बैठक सम्पन्न

क्रान्तिकारी किसान महासंघ नेपालको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौं : क्रान्तिकारी किसान महासंघ नेपालको केन्द्रीय समितिको बैठक फागुन २० र २१ मा बाराको सिमरामा सम्पन्न भएको छ । महासंघका अध्यक्ष सीताराम तामाङको अध्यक्षतामा सम्पन्न बैठकले संगठन विस्तार र संघर्षमा जोड दिएको छ । बैठकले संगठन, संघर्ष, आर्थिक, प्रकाशन लगायतका विषयमा महत्वपूर्ण निर्णयहरु भएका छन् । संगठनमा विशेषगरी सचिवालयको गठन, कार्यविभाजन तथा सदस्यता वितरण र संगठन विस्तारमा जोड दिइएको छ । त्यसैगरी संघर्षको क्षेत्रमा जनसंघर्ष, प्रतिरोध संघर्ष तथा दलाल एवम् भूमाफियाहरुमाथिको कारबाहीलाई अघि बढाउने निर्णय गरेको छ । बैठकले आन्दोलनको तयारीको लागि व्यापक संगठन निर्माण र विस्तारमा जोड दिंदै कृषिविज्ञहरु, किसानका संघसंस्थाहरु, राजनैतिक दल तथा सरोकारवाला व्यक्ति, व्यक्तित्व, कार्यालय…
Read More