क्रान्तिकारी युवा संघ नेपाल बाँकेको संयाेजकमा सुरज विक

काठमाडौं : क्रान्तिकारी युवा संघ नेपाल बाँकेको जिल्ला भेला साउन ७ गते नेपालगञ्जमा सम्पन्न भएको छ । भेलाका प्रमुख अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालक बैकल्पिक पि.बि.एम. तथा ३ नं. व्यूरो सचिव दिपक शाही हुनुहुन्थ्यो ।

भेलाले सुरज बि.क.को संयोजकत्वमा क्रान्तिकारी युवा संघ नेपाल बाँकेको जिल्ला समिति गठन गरेको छ । भेलामा क्रान्तिकारी युवा संघ नेपालका ३ नं. क्षेत्रीय समन्वय समिति ईन्चार्ज संगिन भीउ थापा मगर विशेष अतिथि हुनुहुन्थ्यो ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य प्रेम थापा, जिल्ला सदस्य भविष्य लगायतले मन्तव्य राख्नु भएको थियो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?